Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बडादसैंको टीका आज पनि लगाइँदै

बडादसैंको टीका आज पनि लगाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
बडादसैंको टीका आज पनि लगाइँदै

काठमाडौं।विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि टीका र जमरा लगाएर दसैं मनाइँदैछ । आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैं मनाइएको छ । बुधबार बडादसैंको मुख्य दिन अर्थात् बिजया दशमी हो भने आज एकादशी हो। त्यसैले हिजो टीका थाप्न नभ्याएकाहरुले आज पनि आफन्त तथा मान्यजनहरुकामा पुगेर बिजया दशमीको टीका थापिरहेका छन्। हिजो घरैमा टीका लगाएका कतिपय सर्वसाधारण आज काठमाडौं बाहिर रहेका आफन्त र मान्यजनकहाँ गइरहेका छन्। काठमाडौंबाट लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेकाले कतिपय नागरिक आफन्त र मान्यजनहरुकहाँ टीका थाप्नका लागि बाहिरिएका हुन् । त्यस्तै मानिसहरु बाहिरबाट पनि काठमाडौं आइरहेका छन्। बडादसैंको टीकाको मुख्य दिन बुधबार भए पनि कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन रही आएको छ। त्यसैले आज पनि बडादसैंको टीका लगाउने र लगाइदिने एवम् आशीर्वाद लिने दिने क्रम जारी नै रहेकाले काठमाडौंमा चहलपहल केही बढेको देखिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
ताजा खबरJust now

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ । भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता... ...

रातोपाटी
दूषित पानीका कारण दक्षिण अफ्रिकामा ५०० भन्दा बढी बिरामी
ताजा खबरJust now

दूषित पानीका कारण दक्षिण अफ्रिकामा ५०० भन्दा बढी बिरामी

दक्षिण अफ्रिकाका दुई सहरमा दूषित पानीका कारण ५०० भन्दा बढी व्यक्ति बिरामी परेका छन् । प्रभावितमध्ये अधिकांश चार वर्षमुनिका बालबालिका छन् । अधिकारीहरूले सुरक्षित पानी मात्र प्रयोग गर्न आग्रह गरेका... ...

रातोपाटी
महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीहरूलाई लगाइदिए दसैँको टीका (तस्बिर)
ताजा खबरJust now

महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीहरूलाई लगाइदिए दसैँको टीका (तस्बिर)

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बडादसैँ २०८३ को अवसरमा बिहीबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित प्रहरी तथा उनीहरू परिवारका सदस्यलाई प्रहरी महानिरीक्षक कार्कीले टीका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरे।  उक्त अवसरमा ... ...

नेपालखबर
टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ
ताजा खबरJust now

टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

अर्घाखाँची । सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ, ‘मोबाइलमा झुण्डिने युवा बिग्रिन्छन् ।’ फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play