Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बडादसैँले राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउनेछ : मुख्यमन्त्री भट्ट

बडादसैँले राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउनेछ : मुख्यमन्त्री भट्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
बडादसैँले राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउनेछ : मुख्यमन्त्री भट्ट

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडादसैँले सत्य, सदाचार, आपसी सद्भाव, सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। बुधबार बडादसैँका अवसरमा शुभकामना दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशवासी, दिदीबहिनी, दाजुभाइ तथा आम नागरिकमा सुस्वास्थ्य, दीर्घायु र सुखमय जीवनको कामना गरेका हुन्। मुख्यमन्त्री भट्टले मौलिक कला, संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण तथा प्रवर्द्धन गर्दै समुन्नत, समृद्ध र आत्मनिर्भर सुदूरपश्चिम प्रदेश निर्माण गर्ने साझा सङ्कल्पलाई चाडपर्वले थप ऊर्जा प्रदान गर्ने उल्लेख गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

ठमेलमा विदेशी पर्यटकले पनि लगाए दसैँको टीका
ताजा खबरJust now

ठमेलमा विदेशी पर्यटकले पनि लगाए दसैँको टीका

काठमाडौँ। नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादसैँको टीका र जमरा लगाएका छन् । नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले ठमेलस्थित काठमाडौँ... ...

रातोपाटी
एमाले वरिष्ठ नेता भण्डारी चीन जाँदै, ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने
ताजा खबरJust now

एमाले वरिष्ठ नेता भण्डारी चीन जाँदै, ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने

पूर्वराष्ट्रपति एवं नेकपा एमालेका वरिष्ठ नेता विद्यदेवी भण्डारी बिहीबार चीन जाने तय भएको छ। एमालेको वरिष्ठ नेता भएर सक्रिय राजनीतिमा फर्किएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो। भण्डारीले अक्टोबर २३–२५ मा चीनको हेबेई प्रान्तस्थित सियोङआनमा आयोजना हुने ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ। भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार फोरममा ... ...

नेपालखबर
क्यासिनो खेल्ने पाँच जना प्रहरीको नियन्त्रणमा
ताजा खबरJust now

क्यासिनो खेल्ने पाँच जना प्रहरीको नियन्त्रणमा

वीरगन्ज (पर्सा), कात्तिक ४ गते । क्यासिनोभित्र प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका –१४ गण्डकस्थित गोल्डेन... ...

गोरखापत्र
नवदुर्गासँग जोड्दै नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नख:
ताजा खबरJust now

नवदुर्गासँग जोड्दै नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नख:

भक्तपुर – भक्तपुरका नेवार समुदायले बुधबार मोहनी नख: मनाएका छन् । विजयादशमीको दिन बुधबार मान्यजनको हातबाट मोहनी सि: न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरी मोहनी न:ख मनाएका हुन् । यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पूजा गर्ने क्रममा महानवमीको दिनमा घरघरमा पालामा दियो बालेर त्यसको माथिवाट अर्को पालाले छोपेर पालामा जम्मा भएको कालो […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play