बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ । विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि टीका र जमरा लगाएर दसैँ मनाइँदैछ । आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैँ मनाइएको छ । बुधबार बडादसैँको मुख्य दिन अर्थात् विजया दशमी हो भने आज एकादशी हो । त्यसैले हिजो टीका थाप्न नभ्याएकाले आज पनि आफन्त तथा मान्यजनहरुकामा पुगेर विजया दशमीको टीका थापिरहेका छन् । हिजो घरैमा टीका लगाएका कतिपय सर्वसाधारण आज काठमाडौँ बाहिर रहेका आफन्त र मान्यजनकहाँ गइरहेका छन् । काठमाडौँबाट लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेकाले कतिपय नागरिक आफन्त र मान्यजनहरुकहाँ टीका थाप्नका लागि बाहिरिएका हुन् । त्यस्तै मानिसहरू बाहिरबाट पनि काठमाडौँ आइरहेका छन् । बडादसैँको टीकाको मुख्य दिन बुधबार भएपनि कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन रही आएको छ । त्यसैले आज पनि बडादसैँको टीका लगाउने र लगाइदिने एवम् आशीर्वाद लिने दिने क्रम जारी नै रहेकाले काठमाडौँमा चहलपहल केही बढेको देखिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

‘थुप्रै’मा निःशुल्क पढ्न पाइने दस किताब
दसैँको टीका सकियो, बिदा सकिएको छैन। फुर्सद छ, तर नयाँ किताब किन्न मन छैन? पुस्तक पसल बन्द छन् वा किताब किन्न बजारसम्म पुग्न सक्ने अवस्था छैन? यस्तो बेला मोबाइलमा सामाजिक सञ्जाल चलाएर मात्रै समय बिताउनुपर्दैन। निःशुल्क पढ्न मिल्ने पुस्तकहरू खोज्न सकिन्छ। नेपाली पुस्तकको बिक्री र डिजिटल वितरण गर्दै आएको थुप्रैले आफ्नो वेबसाइटमा निःशुल्क ई-बुकको छुट्टै संग्रह राखेको छ। त्यहाँ नेपाली कविता र दर्शनका ...

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन् । काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक […] ...
.jpg)
दशैँको उल्लासका बीच पनि जारी छ विदेश पलायन, त्रिभुवन विमानस्थलमा युवाहरूको भीड
परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती दशैँकै बीच विदेश प्रस्थान गरिरहेका छन्। ...

आगलागीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति
राँझा (बाँके), कात्तिक ५ गते । बाँकेको जानकी गाउँपालिका –५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयलको ट्याङ्कीमा आगलागी हुँदा एक करोड ५० लाख भन्दाबढीको क्षति भएको... ...


