Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Others/बडादशैंको टीका सुरु, दिनभर लगाउन साइत नचाहिने

बडादशैंको टीका सुरु, दिनभर लगाउन साइत नचाहिने

10/21/2026, 11:34:26 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बडादशैंको टीका सुरु, दिनभर लगाउन साइत नचाहिने

विजया दशमीको मुख्य दिन आज बडादसैँको टीका केहीबेर अघिबाट सुरु भएको छ । दुर्गा पक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ । बिहान १०:२६ बजेको उत्तम साइतमा टीका सुरु भएको हो । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहानको उक्त साइत निकालेको हो । विजया दशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउनका लागि साइत खोज्नु नपर्ने र आज बिहानदेखि दिनभर नै बडा दसैँको टीका ग्रहण गर्न सकिने बताइएको छ । बिहान १०:२६ बजेको साइत भए पनि टीका थाप्नका लागि टाढा टाढा जानुपर्ने नागरिकले बिहान दुर्गा विसर्जन गरेपछि नै टीका लगाउन सुरु गरेका थिए । घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएकी देवीलाई विसर्जनको साइत आज बिहान ०८:४९ बजेका लागि समितिले तय गरेको थियो । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । घरमा टीका लगाएर कतिपय सर्वसाधारण काठमाडौँ बाहिर जानका लागि पनि निस्किएका छन् । टीकापछि काठमाडौँबाट लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेका देखिएको छ । टीकाको मुख्य दिन आज भएपनि आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन पनि छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
OthersJust now

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

४ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको बडादसैँको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत बिहान १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् । आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला… ...

अनलाइन खबर
बिक्दैन भनेको एक डोको रुख टमाटर, जसले फेरिदियो लक्ष्मीको दैनिकी
OthersJust now

बिक्दैन भनेको एक डोको रुख टमाटर, जसले फेरिदियो लक्ष्मीको दैनिकी

लक्ष्मीले १४-१५ रोपनी जग्गामा करिब १ हजार ५ सय रुख टमाटरका बिरुवा रोपेकी छिन् । रुख टमाटर रोपेपछि आम्दानी मात्रै बढेको छैन, वन्यजन्तुको आतंक पनि रोकिएको छ । ...

अनलाइन खबर
गुल्मीको धरमपानीमा फर्कियो लिङ्गे पिङको रौनक, परम्परा जोगाउँदै युवा
OthersJust now

गुल्मीको धरमपानीमा फर्कियो लिङ्गे पिङको रौनक, परम्परा जोगाउँदै युवा

४ कात्तिक, गुल्मी । पछिल्लो समय गाउँघरमा दसैँमा लिङ्गे पिङ हाल्ने परम्परा हराउँदै गएको छ । सहरीकरण, सडक विस्तार, बसाइँसराइ र बदलिँदो जीवनशैलीका कारण ओझेलमा पर्दै गएको यही परम्परा जोगाउन गुल्मीको छत्रकोट गाउँपालिका–३, धरमपानीका युवा जुटेका छन् । नवप्रगतिशील युवा क्लबको पहलमा धरमपानीमा लिङ्गे पिङ निर्माण गरिएको छ । पिङ निर्माणसँगै स्थानीयवासीमा दसैँको रौनक र… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play