बडादशैँ समापन नजिकिएसँगै राजधानी फर्किनेको घुइँचोः मुख्य नाकाहरूमा यात्रु तथा सवारी चाप बढ्यो

काठमाडौं । बडादशैँको बिदा सकिन लागेसँगै दसैँ मनाउन गृहजिल्ला तथा गाउँघर पुगेका सर्वसाधारण काठमाडौं उपत्यका फर्किन थालेका छन्। राजधानी भित्रिने प्रमुख नाकाहरूमा यात्रुवाहक सवारीसाधन र यात्रुको चाप बढेको छ। काठमाडौं भित्रिने प्रमुख नाका कलङ्की, कोटेश्वर, बालाजु तथा भक्तपुरको जगाती क्षेत्रमा आइतबारदेखि सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था र व्यापार व्यवसाय खुल्न थालेसँगै राजधानी फर्किनेको चाप बढेको हो। विजयादशमीका दिनदेखि मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न गाउँघर पुगेका सर्वसाधारण सार्वजनिक बिदा सकिन लागेपछि आफ्नो नियमित कर्मथलो फर्किन थालेका हुन्। लामो दूरीबाट उपत्यका भित्रिने बस, माइक्रोबस तथा निजी सवारीसाधनको बाक्लो आगमनले प्रमुख नाकाहरू व्यस्त बनेका छन्। विशेषगरी पश्चिमी नाका कलङ्की–नागढुङ्गा खण्ड तथा पूर्वी नाका भक्तपुरको जगाती हुँदै कोटेश्वरतर्फ आउने सडकमा सवारीसाधनको चाप बढेको छ। यात्रु तथा सवारीसाधनको आवागमन बढेसँगै उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रमुख नाकाहरूमा अतिरिक्त जनशक्ति परिचालन गरी ट्राफिक व्यवस्थापनलाई तीव्र बनाएको जनाएको छ। सवारी आवागमन सहज बनाउन तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न निगरानी र जाँच प्रक्रियालाई समेत कडा पारिएको छ। लामो बिदा मनाएर काठमाडौं फर्किने यात्रुले कतिपय स्थानमा सडक जाम तथा सार्वजनिक सवारीसाधनमा तोकिएकोभन्दा बढी भाडा असुल्ने समस्या भोग्नुपरेको गुनासो गरेका छन्। ट्राफिक प्रहरीले भने बढी भाडा असुल्ने सवारीसाधनमाथि निगरानी बढाइएको र यात्रुको सहायताका लागि सहायता कक्षहरू सक्रिय राखिएको जनाएको छ। दशैँका अवसरमा काठमाडौं उपत्यकाबाट करिब १५ लाखभन्दा बढी नागरिक बाहिरिएको अनुमान गरिएको थियो। कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा रहे पनि नियमित कामकाजमा फर्किनुपर्ने भएकाले राजधानी फर्किनेको चाप बढेको हो। आगामी दुई–तीन दिनसम्म काठमाडौं उपत्यका भित्रिने प्रमुख नाकाहरूमा यात्रु तथा सवारीसाधनको चाप उच्च रहने अनुमान गरिएको छ। – न्युज एजेन्सी नेपाल
Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News

मदन बुढा : ‘कारागारमा पुस्तकालय’ अभियान चलाइरहेका जेनजी
काठमाडौँ । गत वर्ष भदौ २३ गतेको जेनजी आन्दोलनको अग्रपंक्तिमा देखिएका अनुहारमध्ये कोही सांसद–मन्त्री बनेका छन् । कतिपय अहिले पनि सडकमै छन् र सरकारलाई विभिन्न विषयमा खबरदारी गरिरहेका छन् । यी... ...

सलमान खानको प्रशंसा गर्दा टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरी अनुसन्धानको खुलासा
मुम्बई । बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार गर्नुको पछाडि अभिनेता सलमान खानको प्रशंसा गरेको विषय पनि जोडिएको हुन सक्ने प्रहरी अनुसन्धानबाट खुलेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, पक्राउ परेका... ...

सवारी दुर्घटना: ६ जनाको मृत्यु, २२९ घाइते
गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन्। यसअवधिमा गाडी दुर्घटनामा परेर २ सय २९ जना घाइते भएका प्रहरीले जनाएको छ। दुर्घटनामा परेर रुपन्देही, नवलपरासी, कास्की, स्याङ्जा, कैलाली र काभ्रेमा गरेर ८ जनाको मृत्यु भएको हो। दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा १९ जना घाइते भएका छन्। त्यसैगरी बागमती प्रदेशका ब... ...

ट्रम्पद्वारा क्यानाडाली उत्पादनमा लगाइएको ५० प्रतिशत भन्सार महसुलको दायरा हेरफेर
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा लगाइएको ५० प्रतिशत अतिरिक्त भन्सार महसुलको दायरा परिवर्तन गरेका छन् । शुक्रबार हस्ताक्षर गरिएको घोषणापत्रअनुसार केही वस्तुलाई महसुलको सूचीबाट हटाइएको छ भने केही नयाँ वस्तु थपिएका छन् । नयाँ व्यवस्था अक्टोबर ३० देखि लागू हुनेछ । ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित घोषणापत्रअनुसार, क्यानाडाबाट अमेरिकामा आयात गरिने प्लाइवुडका पाता, केही कागजजन्य उत्पादन, निश्चित ...


