बडादशैँ नजिकिँदै गर्दा उपत्यका छाड्नेको लर्को, मुख्य नाकामा यात्रुको चाप

काठमाडौं । बडादशैँ नजिकिएसँगै काठमाडौं उपत्यका छाडेर आफ्नो थातथलो फर्कने यात्रुको सङ्ख्या बढ्न थालेको छ । चाडपर्व मनाउन गाउँघर फर्किने सर्वसाधारणको चाप बढेपछि उपत्यकाका प्रमुख नाका तथा बसपार्क क्षेत्रमा चहलपहल बढेको छ । काठमाडौंका कलङ्की, कोटेश्वर, बालाजु, नयाँ बसपार्कलगायत क्षेत्रमा घर फर्किने यात्रुको बाक्लो उपस्थिति देखिएको छ । अध्ययन, रोजगारी तथा व्यवसायका सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका सर्वसाधारण दशैँ, तिहार र छठ मनाउन गाउँ फर्किन थालेका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्ला दिनमा उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पूर्वतर्फ जाने यात्रुको चाप कोटेश्वर, जडीबुटी तथा भक्तपुर क्षेत्रमा बढी देखिएको छ भने पश्चिम तथा तराईतर्फ जाने यात्रुको भीड कलङ्की, बल्खु र थानकोट क्षेत्रमा केन्द्रित छ । लामो तथा मध्यम दूरीका सवारीसाधनमा अग्रिम टिकट बुकिङ गरेका यात्रु गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् । अग्रिम टिकट नलिएका कतिपय यात्रु भने टिकट व्यवस्थापनका लागि बस टिकट काउन्टरमा लामबद्ध हुने गरेका छन् । चाडपर्वका बेला यात्रु ठगिने, निर्धारितभन्दा बढी भाडा असुलिने तथा सडक दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले ट्राफिक प्रहरी र नेपाल प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेका छन् । प्रहरीले निर्धारित भाडादरभन्दा बढी असुल्ने र सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनमाथि कारबाही गरिने जनाएको छ । विभिन्न राजमार्गमा पहिरो, सडकका खाल्डाखुल्डी तथा अन्य अवरोधका कारण यात्रा असहज हुन सक्ने भए पनि चाडपर्व मनाउन उपत्यका छाड्ने क्रम जारी छ ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली
काठमाडौँ। दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार... ...

लागूऔषधसहित नौ जना पक्राउ
काठमाडौं। बारा, मकवानपुर, मोरङ र कञ्चनपुरका विभिन्न स्थानबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार बाराबाट शनिबार चार किलो ५०० ग्राम गाँजासहित १८ वर्षीय युवक पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोस्ट चरमोहनाबाट खटिएको टोलीले मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१०, भुटनदेवीबाट २७ वर्षीय उज्वल चौलागाईं पक्राउ परेका छन्। हेटौंडा–११, डाङडुङेका उनलाई शनिबार साँझ मोटरसाइकलमा सवार रहेका बेला ...

यमननजिकै साउदी विमान दुर्घटना, गोली हानेर खसालिएको दाबी
साउदी नेतृत्वको सैन्य गठबन्धनले हुथी विद्रोहीसँग लडाइँका बिच आफ्नो विमान दुर्घटना भएको र दुई पाइलटको मृत्यु भएको बताएको छ। बीबीसी न्युज अरबीका अनुसार यमन सरकारलाई समर्थन गर्ने साउदी नेतृत्वको सैन्य गठबन्धनले आइतबार प्राविधिक खराबीका कारण सीमानजिकै एक जासुसी हेलिकप्टर दुर्घटना भएको बताएको हो। हुथीसँग द्वन्द्व बढेपछि साउदीले आफ्नो सैन्य कर्मच... ...

बेपत्ता बालबालिकाको खोजीमा एआई
काठमाडाैँ। मेक्सिकोमा एक लाख ३४ हजारभन्दा बढी बेपत्ता व्यक्तिको खोजीमा सघाउन कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग थालिएको छ। लामो समयदेखि बेपत्ता आफन्तको खोजीमा भौँतारिएका परिवारलाई सहयोग गर्ने उद्देश्यले दुईवटा एआई... ...


