Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बडादशैँको महाष्टमीः भद्रकालीसहित देशभरका शक्तिपीठहरूमा श्रद्धालुको घुइँचो

बडादशैँको महाष्टमीः भद्रकालीसहित देशभरका शक्तिपीठहरूमा श्रद्धालुको घुइँचो

Share:WhatsAppFacebookX (Twitter)Telegram
बडादशैँको महाष्टमीः भद्रकालीसहित देशभरका शक्तिपीठहरूमा श्रद्धालुको घुइँचो

काठमाडौं । अभिनेतृ तथा निर्देशक दीपाश्री निरौलाले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीले उपभोक्तालाई सचेत बनाउनुका साथै राज्यको कर प्रणालीलाई निष्पक्ष र पारदर्शी बनाउन सहयोग पुग्ने बताउनुभएको छ । आइतबार आयोजित ‘करदाता प्रोत्साहन कार्यक्रम’ अन्तर्गतका विजेता घोषणा सभामा बोल्दै निरौलाले प्रत्येक उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा बिल लिन आग्रह गर्नुभएको हो । कार्यक्रममा नियमित रूपमा खरिद बिल लिने उपभोक्तामध्येबाट १६ जना सामान्य विजेता र एक जना मुख्य बम्पर विजेता घोषणा गरिएको थियो । कार्यक्रममा एक उपभोक्ताले ३ हजार रुपैयाँ बराबरको खरिद बिलमार्फत १० लाख रुपैयाँको मुख्य पुरस्कार जित्नुभएको छ । कार्यक्रममा बोल्दै निरौलाले करदाता प्रोत्साहन प्रणालीमा कुनै पनि प्रकारको पक्षपात वा व्यक्तिगत पहुँचले काम नगर्ने बताउनुभयो । उहाँले प्रविधिमा आधारित पारदर्शी प्रणालीमार्फत विजेता छनोट हुने गरेको उल्लेख गर्नुभयो । ‘घोषणा भएका १६ जना विजेता र एक जना अहिलेसम्मकै ठूलो विजेता, जसले ३ हजार रुपैयाँको बिलबाट १० लाख रुपैयाँ जित्नुभएको छ । कति राम्रो ! सायद हामी पनि यो प्रक्रियामा सहभागी भएको भए जित्न सक्ने रहेछौँ,’ उहाँले भन्नुभयो । विजेता छनोटमा व्यक्तिगत चिनजान वा पहुँचभन्दा पनि प्रणालीले काम गर्ने उल्लेख गर्दै निरौलाले यस्तो कार्यक्रममा सहभागी हुन खरिद बिल लिनु आवश्यक रहेको बताउनुभयो । ‘यहाँ कसैलाई हेरेर यो मान्छे मेरो हो, त्यो मान्छे तेरो हो भनेर होइन, व्यवस्थित रूपमा सिस्टमले काम गरिरहेको रहेछ । यो सिस्टममा सहभागी हुनका लागि हामीले बिल लिने काम गर्नुपर्ने रहेछ,’ उहाँले भन्नुभयो । उहाँले आम नागरिकलाई आजैदेखि सचेत भएर खरिद बिल लिने बानी बसाल्न आग्रह गर्दै भन्नुभयो, ‘आज सुनिरहनुभएका सम्पूर्ण महानुभावहरूलाई मेरो आग्रह छ, आजैदेखि तपाईंहरू पनि सचेत हुनुहोस् । बिल लिनुहोस्, पैसा कमाउनुहोस् ।’ निरौलाले दैनिक उपभोग्य वस्तु तथा सेवा खरिद गर्दा बिल माग्ने सामान्य बानीले पनि उपभोक्तालाई पुरस्कार जित्ने अवसर प्रदान गर्नुका साथै कर प्रणालीलाई व्यवस्थित बनाउन योगदान पुर्‍याउने बताउनुभयो । ३ हजार रुपैयाँको सामान्य कारोबारबाटै १० लाख रुपैयाँसम्मको पुरस्कार जित्न सकिने उदाहरणले उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्ने उहाँको भनाइ छ । उहाँले आम नागरिकलाई खरिद बिल लिने संस्कार विकास गरी वित्तीय अनुशासन कायम गर्न र पारदर्शी कर प्रणाली निर्माणमा सहयोग पुर्‍याउन अपिल गर्नुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली
ताजा खबरJust now

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

काठमाडौँ। दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार... ...

रातोपाटी
लागूऔषधसहित नौ जना पक्राउ
ताजा खबरJust now

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौं। बारा, मकवानपुर, मोरङ र कञ्चनपुरका विभिन्न स्थानबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार बाराबाट शनिबार चार किलो ५०० ग्राम गाँजासहित १८ वर्षीय युवक पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोस्ट चरमोहनाबाट खटिएको टोलीले मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१०, भुटनदेवीबाट २७ वर्षीय उज्वल चौलागाईं पक्राउ परेका छन्। हेटौंडा–११, डाङडुङेका उनलाई शनिबार साँझ मोटरसाइकलमा सवार रहेका बेला ...

नेपालन्युज
यमननजिकै साउदी विमान दुर्घटना, गोली हानेर खसालिएको दाबी
ताजा खबरJust now

यमननजिकै साउदी विमान दुर्घटना, गोली हानेर खसालिएको दाबी

साउदी नेतृत्वको सैन्य गठबन्धनले हुथी विद्रोहीसँग लडाइँका बिच आफ्नो विमान दुर्घटना भएको र दुई पाइलटको मृत्यु भएको बताएको छ।  बीबीसी न्युज अरबीका अनुसार यमन सरकारलाई समर्थन गर्ने साउदी नेतृत्वको सैन्य गठबन्धनले आइतबार प्राविधिक खराबीका कारण सीमानजिकै एक जासुसी हेलिकप्टर दुर्घटना भएको बताएको हो। हुथीसँग द्वन्द्व बढेपछि साउदीले आफ्नो सैन्य कर्मच... ...

नेपालखबर
बेपत्ता बालबालिकाको खोजीमा एआई
ताजा खबरJust now

बेपत्ता बालबालिकाको खोजीमा एआई

काठमाडाैँ। मेक्सिकोमा एक लाख ३४ हजारभन्दा बढी बेपत्ता व्यक्तिको खोजीमा सघाउन कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग थालिएको छ। लामो समयदेखि बेपत्ता आफन्तको खोजीमा भौँतारिएका परिवारलाई सहयोग गर्ने उद्देश्यले दुईवटा एआई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play