बजाज वेगोमा अफर

काठमाडौं । बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपाली ग्राहकका लागि नयाँ बजाज वेगो विद्युतीय तीनपांग्रे सवारीसाधनमा आकर्षक चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । ‘चाडपर्वको बहार, वेगोमा ५० हजार’ नारासहित ल्याइएको योजनाअन्तर्गत ग्राहकले बजाज वेगो खरिदमा ५० हजार रुपैयाँ छुट पाउन सक्ने बताइएको छ । कम्पनीले योजनालाई थप आकर्षक बनाउँदै पुरानो सवारीसाधन साटेर नयाँ बजाज वेगो खरिद गर्ने ग्राहकका लागि ३० हजार रुपैयाँसम्मको थप मूल्यांकन सुविधा पनि उपलब्ध गराएको छ । ग्राहकको दीर्घकालीन विश्वास र सन्तुष्टिलाई प्राथमिकता दिँदै बजाज वेगोमा छ वर्ष वा एक लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी सुविधा प्रदान गरिएको छ । खरिद प्रक्रिया सहज र पहुँचयोग्य बनाउन कम्पनीले हुलास फिनसर्भ हायर पर्चेजलाई वित्तीय साझेदारका रूपमा प्रस्तुत गरेको छ । सहज वित्तीय सुविधासँगै ३६ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न सकिने व्यवस्थाले ग्राहकलाई थप सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ बजाज वेगो विद्युतीय तीनपांग्रे सवारीसाधनमा आधुनिक डिजाइन, शक्तिशाली विद्युतीय मोटर, लिथियम आयन फस्फेट ब्याट्री प्रविधि, आरामदायी यात्रा तथा कम सञ्चालन खर्च प्रमुख विशेषताका रूपमा रहेका छन् । पूर्ण चार्जमा एक सय ३० देखि एक सय ४० किलोमिटरसम्मको यात्रा दूरी प्रदान गर्ने कम्पनीको दाबी छ । इको तथा पावर राइडिङ मोड, पुनः ऊर्जा सञ्चय गर्ने ब्रेकिङ प्रणाली र उकालोमा सवारीसाधन रोकिराख्न सहयोग गर्ने प्रविधिसमेत रहेको बताइएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

हामीले जे बोल्यौँ त्यो नै हुकुम हो भन्ने सरकारको साेच चिन्ताजनक : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि देखाएको पछिल्लो व्यवहार निकै चिन्ताजनक रहेको बताएका छन्। पार्टी कार्यालय सानेपामा आइतबार पत्रकार सम्मेलन गरी उनले मिडिया हाउसमा... ...

सर्वोच्चका प्रस्तावित ४ न्यायाधीशविरुद्ध ८ उजुरी
संसदीय सुनुवाइ समितिले कात्तिक ९ गते प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । उजुरी दिने समय कात्तिक १९ गतेसम्म रहेको छ । ...

विराटनगरमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट, दुई घाइते
विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट हुँदा दुईजना घाइते भएका छन्। आइतबार बिहान भएको विस्फोटमा स्थानीय ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका हुन्। प्रहरीका अनुसार विस्फोटबाट खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ। अलीको भने बायाँ हात र दाहिने खुट्टामा चोट लागेको छ। घटनाको ...

लगातारको वर्षापछि खुल्दै काठमाडौंको मौसम, तस्बिरमा हेर्नुहोस्
काठमाडौं । लगातारको वर्षापछि काठमाडौं उपत्यकाको मौसम क्रमशः खुल्दै गएको छ। बङ्गालको खाडीमा विकसित चक्रवातको प्रभावका कारण पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको थियो। शनिबार साँझदेखि वर्षा... ...


