बङ्गलादेशमा ट्रककाे ठक्करबाट पाँच जनाको मृत्यु

ढाका । बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र गतिमा आएको ट्रकले बसबाट ओर्लिएर सडक किनारमा पर्खिरहेका यात्रुलाई ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । स्थानीय प्रहरीका वरिष्ठ अधिकारी इस्लामका अनुसार ढाका–चट्टोग्राम राजमार्गअन्तर्गत सिताकुन्डामा एउटा बसमा प्राविधिक खराबी आएपछि यात्रुहरू गाडीबाट ओर्लिएर सडक किनारमा पर्खिरहेका थिए । सोही क्रममा मङ्गलबार बिहान करिब १ः३० बजे दुर्घटना भएको हो । “तीव्र गतिमा आएको ट्रकका चालकले नियन्त्रण गुमाउँदा यात्रुहरूको समूहलाई ठक्कर दिएको थियो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भयो,” उनले भने । उनका अनुसार अन्य दुई जनाको अस्पताल लैजाने क्रममा वा अस्पताल पुगेपछि मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बसका अन्य चार यात्रुको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा दमौलीमा
तनहुँ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट सुरु भएको मेची महाकाली गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा मंगलबार तनहुँको सदरमुकाम दमौली आइपुगेको छ । सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार र धार्मिक जागरण अभिवृद्धि... ...

कर्नाटकमा मतदाता सूची पुनरीक्षणपछि ७२ लाख मतदाता घटे, एक जना ‘पाकिस्तानी नागरिक’ पनि भेटिए
काठमाडौँ । भारतको कर्नाटक राज्यमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया सम्पन्न भएपछि कुल मतदाताको सङ्ख्यामा करिब ७२ लाखले कमी आएको छ । विवादका बिच सम्पन्न भएको यस पुनरीक्षणपछि राज्यमा... ...

कञ्चनपुरका स्थानीय तहलाई रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर । कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले यहाँका स्थानीय तहलाई रासायनिक मलको कोटा निर्धारण गरेको छ । कम्पनीले युरिया र डिएपी मलको कोटा निर्धारण गरिएको महेन्द्रनगर शाखाका प्रबन्धक हेमराज जोशीले... ...

१२ बजे १२ समाचार : सरकार ढाल्ने खेलमा विपक्षी दलहरू, सर्वोच्च अदालतमा पुरानो मुद्दाको जाम
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. आन्दोलन चर्काउने तयारी छठ पर्व लगत्तै विपक्षी दलहरूले सरकार विरोधी आन्दोलन... ...


