Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/फ्रान्समा सरकारविरुद्ध प्रदर्शन, १३५ जना पक्राउ

फ्रान्समा सरकारविरुद्ध प्रदर्शन, १३५ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्रान्समा सरकारविरुद्ध प्रदर्शन, १३५ जना पक्राउ

काठमाडौं। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको नीति, बढ्दो महँगी र आर्थिक असमानताको विरोध गर्दै शनिबार देशभरका सयभन्दा बढी स्थानमा दशौँ हजार नागरिक सडकमा उत्रिएका छन्। गत साता भएका हिंसात्मक घटनापछि सरकारले सुरक्षा व्यवस्था कडा पारे पनि प्रदर्शन रोकिएको छैन। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार देशभरबाट अशान्ति मच्चाएको आरोपमा १३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउँसोसम्म करिब ३५ हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। पेरिस, मार्सेली, लियोन, बोर्डो र स्ट्रासबर्गलगायतका सहरमा ठूलो संख्यामा नागरिकले र्याली निकालेका छन्। पेरिसमा प्रदर्शन शान्तिपूर्ण रहे पनि नान्टेस र लियोनमा प्रदर्शनकारीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ। पेरिसमा प्रहरीले केही प्रदर्शनकारीबाट ग्यास मास्क र घरेलु हतियार बरामद गरेको जनाएको छ। प्रदर्शनकारीले सरकारले जनताको आवाज नसुनेको, अत्यधिक कर लगाएको र धनी वर्गलाई मात्रै प्राथमिकता दिएको आरोप लगाएका छन्। प्रदर्शनमा वामपन्थी नेता तथा राष्ट्रपतिका पूर्वउम्मेदवार जिन-लुक मेलेनचोन पनि सहभागी भएका छन्। उनले राष्ट्रपति म्याक्रोनलाई जनताको माग सम्बोधन गर्न आग्रह गरेका छन्। गत साता भएका हिंसात्मक प्रदर्शनका क्रममा ऐतिहासिक भवन र पसलमा आगजनी भएको थियो भने दुई हजार सात सयभन्दा बढी मानिस पक्राउ परेका थिए। फ्रान्समा जारी यो आन्दोलनको प्रभाव अन्य युरोपेली मुलुकमा पनि देखिन थालेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

‘पीएचपी’ मा सुरक्षा त्रुटि, हजारौं वेबसाइट बन्द
ताजा खबरJust now

‘पीएचपी’ मा सुरक्षा त्रुटि, हजारौं वेबसाइट बन्द

वेबसाइट निर्माणमा प्रयोग हुने ‘पीएचपी’ मा सुरक्षा जोखिम देखिएपछि पूर्वसावधानीका लागि अफलाइन गराइएका सरकारी तथा बैंकिङ वेबसाइट मंगलबारभित्रै सञ्चालनमा आउने सरकारले जनाएको छ । ...

कान्तिपुर
उत्तर कोरियाली नेता किम जोङ उन आकस्मिक रुपमा चीन पुगेपछि
ताजा खबरJust now

उत्तर कोरियाली नेता किम जोङ उन आकस्मिक रुपमा चीन पुगेपछि

उत्तर कोरियाली नेता किम जोङ उनले आकस्मिक रुपमा चीनको सीमावर्ती सहर भ्रमण गरेका छन्।  किम शनिबार आकस्मिक रुपमा चीनको सीमावर्ती सहर डानडोङमा देखिएका हुन्। चीनको सेन्जेनमा अर्को महिना हुन लागेको एपेक समिटको केही हप्ताअघि यो एक दिने भ्रमण भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितलाई चीनका राष्ट्रपति सी चिनफिङले सेन्जेन एपेक सम... ...

नेपालखबर
दाङमा सराय नाच मेलाको सुरुआत
ताजा खबरJust now

दाङमा सराय नाच मेलाको सुरुआत

घोराही (दाङ), कात्तिक ७ गते । दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिको आयोजनामा आज सराय नाच मेलाको... ...

गोरखापत्र
प्रश्नलाई षड्यन्त्र देख्ने राजनीति
ताजा खबरJust now

प्रश्नलाई षड्यन्त्र देख्ने राजनीति

लोकतन्त्रमा नागरिक पाँच वर्षमा एक पटक मात्र जाग्ने प्राणी होइनन्, उनीहरूलाई सरकार वा सांसदसँग प्रश्न गर्ने, सूचना माग्ने र गलत सूचना फैलिँदा सत्यता खोज्ने अधिकार पनि छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play