फ्रान्समा महँगी र सार्वजनिक सेवाविरुद्ध प्रदर्शन उग्र, पेरिससहित ठूला सहरमा हिंसा

काठमाडौं, कात्तिक १ । बढ्दो महँगी, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा आएको गिरावटविरुद्ध फ्रान्समा भएको प्रदर्शन हिंसात्मक बनेको छ । राजधानी पेरिससहित मार्से, टुलोन र ल्योनजस्ता ठूला सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, तोडफोड तथा आगजनीका घटना भएका छन् । फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार प्रदर्शनमा युवा, विद्यार्थी र सर्वसाधारण सहभागी भएका छन् । सीजीटी युनियनका अनुसार देशभर करिब पाँच लाख मानिस प्रदर्शनमा सहभागी भएका थिए । प्रदर्शनकारीले राष्ट्रपति इमानुएल म्याक्रोंको राजीनामासमेत माग गरेका छन् । प्रदर्शन उग्र बनेपछि विभिन्न सहरमा पसल, सरकारी कार्यालय, सवारीसाधन, निजी आवास तथा ऐतिहासिक भवनमा तोडफोड र आगजनी भएको खबर छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । घटनाका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् भने सयौँलाई प्रहरीले नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ । राष्ट्रपति म्याक्रोंले हिंसामा संलग्नलाई कारबाही गरिने बताएका छन् । प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले हिंसात्मक गतिविधिबाट सरकार नतर्सिने प्रतिक्रिया दिएका छन् । उनले हिंसामा उग्रवामपन्थी समूह र अपराधीको संलग्नता रहेको आरोपसमेत लगाएका छन् । प्रदर्शन र हिंसात्मक घटनाले फ्रान्समा राजनीतिक तनाव थप बढाएको छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

XRP ETFs Just Ended a 13-Week Inflow Streak. What Broke It? - 24/7 Wall St.
XRP ETFs Just Ended a 13-Week Inflow Streak. What Broke It? 24/7 Wall St.

Both QBs, Travis Hunter shine in wild Texans-Jaguars London game — Here are the key fantasy football takeaways
There's a lot to go over in a wild London game to start Week 6. Here's the key fantasy football takeaways from Texans-Jaguars.

Eagles down to three edge rushers after Nolan Smith exits vs. Panthers
Nolan Smith headed to the locker room after helmet-to-helmet contact against Carolina, further thinning Philadelphia’s edge rotation

Albania’s Leader, Edi Rama, Denounces Violent Protests
Students upset by the cost of education and living costs have revived protests. Prime Minister Edi Rama said they were being used by “outside forces.”

