फ्रान्समा महँगी र विद्यालयको अवस्थाविरुद्ध प्रदर्शन, झण्डै एक हजार पक्राउ

पेरिस । फ्रान्समा जीवनयापनको बढ्दो लागत र विद्यालयको कमजोर अवस्थाविरुद्ध शनिबार भएको प्रदर्शनका क्रममा झण्डै एक हजार जना पक्राउ परेका छन् । देशभर लाखौँ मानिस सडकमा उत्रिएको प्रदर्शनका क्रममा विभिन्न शहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको अधिकारीहरूले बताएका छन् । फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार प्रदर्शनमा करिब ४ लाख १० हजार मानिस सहभागी भएका थिए । तर, श्रमिक संगठनहरूले भने प्रदर्शनमा करिब आठ लाख मानिस सहभागी भएको दाबी गरेका छन् । प्रदर्शनलाई हिंसात्मक बन्न नदिन देशभर करिब ७० हजार प्रहरी परिचालन गरिएको थियो । दिनको अधिकांश समय प्रदर्शन शान्तिपूर्ण रहे पनि साँझपख पेरिससहित विभिन्न शहरमा तनाव उत्पन्न भएको थियो । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । दक्षिणी शहर मार्सेमा सडक अवरोधका लागि बनाइएका ब्यारिकेडमा आगजनी गरिएको थियो । त्यस्तै, बोर्डोमा केही प्रदर्शनकारीले भवन तथा पसलको बाहिरी भागमा जडान गरिएका काठका फल्याक निकालेर सडक अवरोध निर्माण गरेका थिए। लियोँमा पनि निषेधित क्षेत्रमा भेला भएका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो । यद्यपि, गत साताको प्रदर्शनमा देखिएको तोडफोड, लुटपाट र आगजनीको स्तरमा यसपटकको घटना नपुगेको अधिकारीहरूले बताएका छन् । गत साताका घटनालाई फ्रान्सको आधुनिक इतिहासकै गम्भीर अव्यवस्थाका घटनामध्ये एक मानिएको थियो । पेरिसमा प्रहरी र प्रदर्शनकारीबीच झडप शनिबार पेरिसको पोर्ते दितालीदेखि पोर्ते द भिन्सेनसम्म निकालिएको र्यालीको अन्त्यतिर प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। केही प्रदर्शनकारीले अस्थायी ब्यारिकेड खडा गर्नुका साथै प्रहरीमाथि विभिन्न वस्तु प्रहार गरेका थिए । मुख छोपेका केही युवाले कार बिक्री केन्द्रका सिसा फुटाउन थालेपछि प्रहरीले लाठी प्रयोग गर्दै उनीहरूलाई तितरबितर पारेको थियो । फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार आन्तरिकमन्त्री लरेन नुनेजले र्यालीको पछिल्लो भागमा केही हजार कट्टरपन्थी प्रदर्शनकारी जम्मा भएको बताउनुभएको थियो । उहाँले तीमध्ये करिब ५०० जनालाई दङ्गा फैलाउने व्यक्तिका रूपमा पहिचान गरिएको जानकारी दिनुभएको थियो । मार्सेमा फोहोर फाल्ने डब्बाहरूमा आगजनी गरिएको थियो भने सडक बन्द गर्न धातुका पाता प्रयोग गरिएको थियो। फ्रान्सको दोस्रो ठूलो शहरमा एउटा सुरक्षा सवारीसाधन आगो लागेको ब्यारिकेड पार गर्दै अघि बढेको देखिएको थियो । त्यस्तै, लियोँमा प्रदर्शनमा सहभागी एक व्यक्तिका अनुसार त्यहाँ भेला भएका करिब १५० जनामध्ये अधिकांश माध्यमिक विद्यालय तथा विश्वविद्यालयका विद्यार्थी थिए। उनले प्रदर्शन सुरु भएको केही समयमै प्रहरीले अश्रुग्यास प्रयोग गरेको बताएका थिए ।सुरक्षा व्यवस्था कडा प्रदर्शनका क्रममा हिंसा नियन्त्रण गर्न फ्रान्सेली प्रशासनले विभिन्न शहरमा थप सुरक्षा प्रतिबन्ध लागू गरेको थियो। यसअघि भएका प्रदर्शनमा प्रहरीको तुलनामा प्रदर्शनकारीको सङ्ख्या बढी हुँदा सयौँ व्यवसायमा लुटपाट तथा विभिन्न भवनमा आगजनी भएको थियो । राष्ट्रपति इमानुएल म्याक्रोनले यसै साताको सुरुवातमा मान्यताप्राप्त ट्रेड युनियनहरूले आयोजना गरेका प्रदर्शनलाई मात्र अनुमति दिने निर्णय गर्नुभएको थियो। पछिल्ला दिनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा द्रुत सुनुवाइपछि सयौँ मानिसलाई जेल चलान गरिएको छ । जीवनयापनको बढ्दो लागत र विद्यालयको अवस्थालाई लिएर भएको प्रदर्शनले फ्रान्समा सामाजिक असन्तुष्टि चुलिएको देखाएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल चर्चामा (तस्बिरहरु)
ललितपुर । ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल अहिले चर्चामा छ। निर्माण अन्तिम चरणमा पुगेको यस पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यद्यपि,... ...

कोजाग्रत पूर्णिमा र चुमाओनको सांस्कृतिक सन्देश
बडादसैँको समापन हुने दिन र कार्तिक स्नान सुरु हुने अघिल्लो दिन आश्विन पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा हुन्छ । कार्तिक महिनाको पूर्णिमालाई ‘कार्तिक पूर्णिमा’, ‘त्रिपुरारी पूर्णिमा’ वा ‘देव दीपावली’ भनिन्छ ।... ...

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्ध
काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिन बलर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी अनुभवी टी–२० खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा खेलिसकेका छन् । एलेनले वेस्ट […] ...

नागढुंगामा खैरो हेरोइनसहित एक जना पक्राउ
काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले १४.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान करिब ७ः३० बजे चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकपोस्टमा काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको हो। प्र.१–०२–००२ ख १२८२ नम्बरको बसमा प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त टोलीले ...


