Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/फ्रान्समा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक

फ्रान्समा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक

Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्रान्समा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक

पेरिस।बढ्दो महँगीविरुद्ध फ्रान्सभर भएको प्रदर्शन शनिबार हिंसात्मक बनेपछि प्रहरीसँग झडप, आगजनी र व्यापक लुटपाट भएको छ। घटनामा करिब ४०० जना पक्राउ परेका छन् भने सेन्ट–एटिनेमा भिड नियन्त्रण गर्ने ग्रेनेड लागेर १७ वर्षीय किशोरको दाहिने हात गुमेको छ। गृह मन्त्रालयका अनुसार प्रदर्शनमा पाँच लाख ५० हजार मानिस सहभागी भएका थिए। श्रमिक संगठन सीजीटीले भने आठ लाख मानिसले सहभागिता जनाएको दाबी गरेको छ। मास्क लगाएका युवाहरूले पेरिससहित मार्सेइ, बोर्डो, लिल र अन्य सहरमा पसल लुट्नुका साथै गाडी र सरकारी भवनमा आगजनी तथा तोडफोड गरेका थिए। लिमोजमा १४० वर्षभन्दा पुरानो भवनमा आगलागी हुँदा ठूलो क्षति पुगेको छ। प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले हिंसाको निन्दा गरेका छन् भने राष्ट्रपति इमानुएल म्याक्रोनले तोडफोड र लुटपाटमा संलग्नलाई कारबाही गर्ने बताएका छन्। आगामी राष्ट्रपति निर्वाचनको तयारी भइरहेका बेला महँगी, राजनीतिक असन्तुष्टि र विद्यार्थी आन्दोलनले अशान्ति थप चर्काएको छ। मध्यपूर्वको युद्धले युरोपमा मुद्रास्फीति बढाउन योगदान गरेको प्रदर्शनकारीहरूको भनाइ छ। आठ वर्षअघि इन्धन कर वृद्धिविरुद्ध आन्दोलन गरेको ‘यल्लो भेस्ट’ समूहले यस पटक ‘यल्लो एन्ड युथ’ प्रदर्शनको आह्वान गरेको थियो। राष्ट्रपति निर्वाचनका प्रतिस्पर्धी नेतृ मरिन ले पेनले हिंसाको निन्दा गर्दै अति वामपन्थी नेता जिन–लुक मेलेनचोनको दलले हिंसालाई वैधता दिएको आरोप लगाएका छन्। प्रदर्शनलाई समर्थन गर्दै आएका मेलेनचोनले भने लुटपाट आफ्नो आन्दोलनको विधि विपरीत भएको बताउँदै त्यसबाट टाढा रहन आग्रह गरेका छन्। पेरिसमा प्रदर्शनकारीले म्याक्रोनको राजीनामा माग्दै नारा लगाएका थिए। केहीले सन् १७८९ को फ्रान्सेली क्रान्तिसँग वर्तमान आन्दोलनको तुलना गरेका छन्। विद्यार्थी प्रतिनिधि निकायका प्रमुख रियाद रानीले सरकार दबाबमा परेको बताउँदै असन्तुष्ट फ्रान्सेली जनता आफ्ना मागबाट पछि नहट्ने धारणा व्यक्त गरेका छन्। –रासस / एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

आन्द्रे रसेल विराटनगर किंग्समा
ताजा खबरJust now

आन्द्रे रसेल विराटनगर किंग्समा

काठमाडौं।वेस्ट इन्डिजका विस्फोटक अलराउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सबाट खेल्ने भएका छन्। विराटनगर किंग्सले आइतबार ३८ वर्षीय रसेललाई अनुबन्ध गरेको जनाएको हो। यसअघि टोलीले श्रीलंकाका कप्तान चरित असलंकालाई पनि अनुबन्ध गरिसकेको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) सहित विश्वका विभिन्न फ्रेन्चाइज टी–२० लिगमा आफ्नो क्षमता देखाइसकेका रसेल आक्रामक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित छन्। उनले हालसम्म ...

नेपालन्युज
बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गृहमन्त्री
ताजा खबरJust now

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गृहमन्त्री

शनिबार र आइतबार गृहमन्त्री सुधन गुरुङ बाढीले भत्काएका सडक र पुलको निरीक्षणमा व्यस्त रहे । चुमनुब्री, आरुघाट र धार्चे क्षेत्रका बाढी प्रभावितले गृहमन्त्रीलाई झोलुंगे पुल पुनर्निर्माणदेखि सडक सञ्चालन गर्नुपर्ने माग राखेका थिए । ...

कान्तिपुर
रसेलले भने– विराटनगर किंग्सलाई उपाधि जिताउन योगदान गर्नु नै मेरो मुख्य लक्ष्य
ताजा खबरJust now

रसेलले भने– विराटनगर किंग्सलाई उपाधि जिताउन योगदान गर्नु नै मेरो मुख्य लक्ष्य

तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा विराटनगर किंग्समा आबद्ध भएका वेस्ट इन्डियन आन्द्रे रसेलले टोलीलाई उपाधि जिताउन योगदान गर्ने बताएका छन्।  विराटनगर किंग्ससँग आबद्ध भएपछि उनले उत्साहित रहेको बताउँदै समर्थकलाई खेल मनोरञ्जनका लागि आतुर रहेको टिप्पणी गरेका हुन्।  ‘एनपीएल सिजन–३ का लागि विराटनगर किंग्ससँग आबद्ध हुन पाउँदा म निकै उत्साहित छ... ...

नेपालखबर
एनपीएलमा नेपाल टेलिकमको प्रायोजन, व्यावसायिक प्रवद्र्धनसँगै क्रिकेट विकासमा सहयोग गर्ने उद्देश्य
ताजा खबरJust now

एनपीएलमा नेपाल टेलिकमको प्रायोजन, व्यावसायिक प्रवद्र्धनसँगै क्रिकेट विकासमा सहयोग गर्ने उद्देश्य

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजन गर्ने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौतापछि बोल्दै नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्ली अधिकारीले एनपीएलमा सहभागिताको मुख्य उद्देश्य कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्नुका साथै नेपाली क्रिकेटको विकासमा संस्थागत सहयोग पुर्याउनु रहेको बताएका छन् । अधिकारीका अनुसार नेपाल टेलिकमले यसअघि पनि विभिन्न चरणमा नेपाल क्रिकेट संघ (क्यान) तथा संघले आयोजना गर्ने क्रिकेट प्रतियोगितामा प्रायोजन ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play