फ्रान्समा पुनः देशव्यापी प्रदर्शन, ७० हजार सुरक्षाकर्मी परिचालनको तयारी

काठमाडौं, कात्तिक ७ । महँगी र बढ्दो जीवनयापन खर्चविरुद्ध फ्रान्समा शनिबार पुनः देशव्यापी प्रदर्शन हुँदै छ । गत साता भएका हिंसा र लुटपाटका घटनालाई ध्यानमा राख्दै सरकारले सम्भावित हिंसा नियन्त्रणका लागि करिब ७० हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । प्रदर्शन नियन्त्रणका लागि २० वटा बख्तरबन्द सवारीसाधन र पानीको फोहोरा प्रहार गर्ने १५ वटा सवारीसाधनसमेत परिचालन गरिने जनाइएको छ । गत शनिबार पाँच लाखभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएका थिए । त्यसक्रममा पसलमा तोडफोड र लुटपाट हुनुका साथै सवारीसाधनमा आगजनी भएको थियो । हालसम्म दुई हजार ७०० भन्दा बढी मानिस पक्राउ परिसकेका छन् । गत सप्ताहान्तमा कम्तीमा तीन हजार पसलमा क्षति पुगेको र व्यवसायीले करोडौँ डलर बराबरको आर्थिक नोक्सानी व्यहोरेको जनाएका छन् । हिंसाको जोखिमलाई ध्यानमा राख्दै विभिन्न सहरमा रात्रिकालीन कर्फ्यु र भेला हुन प्रतिबन्ध लगाइएको छ । पेरिसको लुभ्र संग्रहालय बन्द रहनेछ भने पेरिस सेन्ट–जर्मेन र लियोनबीचको फुटबल खेल स्थगित गरिएको छ । पेरिसमा कर्फ्यु सोमबारसम्म बढाइएको छ । मार्सेई र लियोनमा शनिबार भेला हुन रोक लगाइएको छ भने बोर्दो, नीस र उत्तरी फ्रान्सका विभिन्न सहरमा पनि कर्फ्यु जारी छ । केही क्षेत्रमा बालबालिका तथा किशोरकिशोरीलाई राति बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । विद्यालयको दयनीय अवस्थालाई लिएर सुरु भएको आन्दोलन अहिले महँगी, बढ्दो जीवनयापन खर्च र सरकारी सेवासुविधामा गरिएको कटौतीविरुद्ध फैलिएको छ । राष्ट्रपति इम्यानुएल माक्रोंले शुक्रबार छात्र संगठनका प्रतिनिधिसँग भेटवार्ता गर्नुभएको थियो । प्रदर्शन सुरु भएयता छात्र संगठनका प्रतिनिधिसँग उहाँको यो पहिलो प्रत्यक्ष भेट हो । माक्रोंले यसअघि सप्ताहान्तमा मजदुर संगठनका प्रदर्शनलाई मात्र अनुमति दिने बताउनुभएको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै प्रमुख छात्र संगठन यूएनईएफले प्रतिबन्धका बाबजुद शनिबार र्याली निकाल्ने घोषणा गरेको छ । संगठनले सरकारले प्रदर्शन गर्ने अधिकार खोस्न खोजेको आरोप लगाएको छ । वामपन्थी दल ‘फ्रान्स अनबाउड’का नेता जाँ–लुक मेलँसोंले प्रदर्शनमाथिको प्रतिबन्धको आलोचना गर्नुभएको छ । उहाँले सरकार र प्रहरीको कार्यशैलीले परिस्थिति थप बिगारेको आरोप लगाउनुभएको छ । यसअघि पेरिसमा सुपरमार्केट, विद्युतीय सामग्रीका पसल, बैंक र महँगा ब्रान्डका बिक्रीकक्षमा तोडफोड तथा लुटपाट भएको थियो । प्रदर्शनकारीले सवारीसाधनमा आगजनी गर्नुका साथै सडक अवरुद्ध पारेका र सार्वजनिक पूर्वाधारमा क्षति पुर्याएका थिए । मध्य फ्रान्सको लिमोज सहरस्थित १९औँ शताब्दीको ऐतिहासिक नगर भवनमा समेत क्षति पुगेको थियो । प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले हिंसाबाट प्रभावित व्यवसायीलाई कर छुट र आर्थिक राहत उपलब्ध गराउने घोषणा गर्नुभएको छ । छात्र संगठन र ‘येलो भेस्ट’ आन्दोलनका सहभागीले शनिबार पुनः प्रदर्शन गर्ने तयारी गरेका छन् । मजदुर संगठनहरूले भने नोभेम्बर ५ मा आमहडताल गर्ने घोषणा गरेका छन् । हिंसा दोहोरिए अन्य क्षेत्रमा पनि कर्फ्यु लगाउन सकिने सरकारले चेतावनी दिएको छ । राष्ट्रपति माक्रोंले हिंसाका लागि कट्टरपन्थी वामपन्थी समूह र लुटपाटमा संलग्नलाई जिम्मेवार ठहर गर्नुभएको छ । प्रधानमन्त्री लेकोर्नुले पनि केही समूहले जानाजानी प्रहरी, सरकारी भवन र अन्य सम्पत्तिलाई निशाना बनाएको आरोप लगाउनुभएको छ । मुख्य विपक्षी दलकी नेतृ मरिन लेपेनले भने सरकार कानुनव्यवस्था कायम राख्न असफल भएको आरोप लगाउनुभएको छ । उहाँले हिंसाले लोकतन्त्रसमेत खतरामा पार्न सक्ने चेतावनी दिनुभएको छ । स्रोत : फ्रान्स २४
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

Cadillac could change its F1 2027 line-up as Marcin Budkowski refuses to rule it out - PlanetF1
Cadillac could change its F1 2027 line-up as Marcin Budkowski refuses to rule it out PlanetF1

MLS playoff picture: LAFC, Philadelphia Union among teams that can clinch
Los Angeles FC, which faces the El Tráfico rival Galaxy on Sunday, is one of four teams that can clinch a berth in the 2026 MLS Cup Playoffs.

Senator probes Tether’s reported $6 million payments to ex-White House crypto adviser’s firm
Tether faces US Senate scrutiny over multimillion-dollar payments to a consulting firm co-owned by a former White House crypto adviser. On Oct. 22, Senator Richard Blumenthal, the ranking Democrat on the Senate Permanent Subcommittee on Investigations, demanded records on the stablecoin issuer's reported payments to Nxum, a consulting firm co-founded by Bo Hines, who helped… Read the full story on CryptoSlate Understand the crypto stories that matter and what to watch next. Get The Catalyst in y


