फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ । गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए । त्यस्ता घटना पुनः दोहोरिन नदिन अधिकारीहरूले सुरक्षा तयारी तीव्र पारेका छन् । फ्रान्स२४ का अनुसार, आन्तरिकमन्त्री लरेन नुनेजले शुक्रबार (स्थानीय समयअनुसार) सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै सामाजिक सञ्जालमा हिंसा र लुटपाटका लागि आह्वान भइरहेकाले सरकारले सार्वजनिक व्यवस्था कायम राख्न आवश्यक तयारी गरिरहेको बताए । बढ्दो संकटका बीच राष्ट्रपति इम्यानुएल म्याक्रोंले वरिष्ठ मन्त्री तथा अधिकारीहरू सम्मिलित रक्षा परिषद्को बैठक बोलाएका थिए । फ्रान्स२४ का अनुसार, उनले सप्ताहान्तमा हुने प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा तयारी तीव्र पारिएका बेला सुरक्षाकर्मीहरूसँग पनि भेट गर्ने कार्यक्रम थियो । खस्कँदो शैक्षिक वातावरणको विरोधमा माध्यमिक विद्यालयका विद्यार्थीहरूले सुरु गरेको प्रदर्शन अहिले देशव्यापी बनेको छ । बढ्दो महँगी र जीवनयापनको लागतले सर्वसाधारणमा बढाएको असन्तुष्टिले पनि प्रदर्शनलाई थप चर्काएको छ । प्रदर्शनले उग्र रूप लिएपछि म्याक्रोंले पहिलोपटक माध्यमिक विद्यालयका विद्यार्थी प्रतिनिधिहरूसँग भेट गरेका छन् । तर, विद्यार्थी प्रतिनिधिहरूले आफ्ना माग सम्बोधन गर्ने ठोस प्रस्ताव सरकारले अघि नसारेको भन्दै सहपाठीहरूलाई प्रदर्शन जारी राख्न आग्रह गरेका छन् । अभियान समूह ‘हाई स्कुल रिन्युयल’का अध्यक्ष नाथानेल कोम्बारीले म्याक्रोंले भेटका क्रममा आफूहरूका कुरा ध्यानपूर्वक सुनेको बताए । यद्यपि, सोमबार प्रधानमन्त्रीसँग हुने छलफलका क्रममा सरकारले ठोस प्रस्ताव अघि सार्ने अपेक्षा विद्यार्थीहरूले गरेको उनले बताए । ‘हामी सन्तुष्ट छैनौँ,’ कोम्बारीले भने । उनले सरकारमाथि दबाब कायम राख्न विद्यार्थीहरूलाई आन्दोलन जारी राख्न आग्रह गरे । फ्रान्स सरकारले प्रदर्शनकारीहरूका जायज गुनासा र शान्तिपूर्ण प्रदर्शनलाई लुटपाट, आगजनी तथा तोडफोडका घटनाबाट अलग राख्ने प्रयास गरिरहेको छ । गत शनिबारको प्रदर्शनका क्रममा यस्ता हिंसात्मक घटना भएका थिए । फ्रान्स२४ का अनुसार, न्यायमन्त्री जेराल्ड डार्मानिनले हिंसासम्बन्धी घटनामा अदालतहरूले हालसम्म २१७ जनालाई जेल सजाय सुनाइसकेको बताए । सजाय पाउनेमध्ये करिब आधा पहिलोपटक अपराधमा संलग्न भएका व्यक्ति रहेको उनले जानकारी दिए । बिहीबार म्याक्रोंले आपराधिक गतिविधिमा संलग्न हुनेहरूमाथि ‘अधिकतम कडाइ’ गर्न आह्वान गरेका थिए । उनले गत सप्ताहन्तको अशान्तिका क्रममा अतिवामपन्थी समूहहरूले गणतन्त्रलाई कमजोर पार्ने प्रयास गरेको आरोपसमेत लगाएका थिए । यी प्रदर्शनले सन् २०२७ मा हुने फ्रान्सको राष्ट्रपति निर्वाचनअघि राजनीतिक तनावसमेत बढाएको छ । फ्रान्स२४ ले उल्लेख गरेको हालैको एक जनमत सर्वेक्षणअनुसार, अतिदक्षिणपन्थी उम्मेदवार मरिनले पेन अझै अग्रस्थानमा रहेकी छन् । पछिल्ला घटनाक्रमले उनको राजनीतिक स्थिति थप बलियो बनाएको बताइएको छ । ले पेनको पार्टी ‘नेसनल र्याली’ले यसै सप्ताहन्तमा पेरिसको दक्षिणमा पर्ने ओरलियँ सहरमा महाधिवेशन आयोजना गर्दैछ । उक्त कार्यक्रममा हजारौँ समर्थक सहभागी हुने अपेक्षा गरिएको छ । यसैबीच, सोही सहरमा प्रदर्शनको विरोधमा उत्रिने समूहहरूले पनि भेला आयोजना गर्ने योजना बनाएपछि स्थानीय अधिकारीहरूले दुवै पक्षबीच सम्भावित झडपलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

फेरि मौसम बदलीको संकेत : मंगलबारभित्र धानबाली भित्र्याउन सुझाव, एनपीएल समेत प्रभावित हुनसक्ने
जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुनः बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भए पनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले जनाएको छ । हाललाई देशको मौसम स्थिर ...

पूर्वराष्ट्रपति भण्डारीको आग्रह– जलवायु न्यायबारे विश्व समुदाय गम्भीर बनोस्
७ कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुन: उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा लिन विश्व समुदायसमक्ष आग्रह गरेकी छिन् । चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई आज सम्बोधन गर्दै उनले नेपालले प्राप्त गर्नुपर्ने… ...

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, ६ जनाको मृत्युु
७ कात्तिक, बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन् । यस अवधिमा दुर्घटनाबाट छ जनाको मृत्युु हुनाका साथै ७८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा प्रहरीद्वारा ५० जनाको उद्धार गरिएको छ । यस अवधिमा सवारी दुुर्घटनातर्फ कूल ८५५ कारबाही भएकोमा… ...

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा
काठमाण्डु– काठमाण्डु उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३ सय बढी सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सिसी क्यामरामार्फत ३९, रातो […] ...


