काठमाडौं । युइएफए नेसन्स लिगअन्तर्गत गएराति भएको खेलमा इटालीले फ्रान्सलाई ३–१ गोलले पराजित गरेको छ । घरेलु मैदान सान सिरोमा इटालीले सुरुवाती अग्रता लिएको फ्रान्सविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । खेलको १०औँ मिनेटमा माइकल ओलिसेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर फ्रान्सको अग्रता लामो समय टिक्न सकेन । इटालीका फ्रान्सेस्को पियो एस्पोसिटोले २६औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा इटालीले थप दुई गोल गर्यो । ६३औँ मिनेटमा डेभिडे फ्राटेसीले गोल गर्दै इटालीलाई २–१ को अग्रता दिलाए । त्यसपछि ७५औँ मिनेटमा प्राप्त पेनाल्टीलाई पियो एस्पोसिटोले गोलमा परिणत गर्दै व्यक्तिगत दोस्रो गोल गरेपछि इटालीले ३–१ को जित सुनिश्चित गर्यो । खेलमा इटालीले एक पेनाल्टी अवसर गुमाएको थियो । इटालीका सेबास्टियानो एस्पोसिटोले ६०औँ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् । यो हार फ्रान्सका प्रशिक्षक जिनेदिन जिदानका लागि पहिलो हार बनेको छ । फ्रान्सले यसअघि उनको प्रशिक्षणमा अपराजित यात्रा कायम राखेको थियो । यस जितसँगै इटाली समूह ‘ए’ को समूह १ मा १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । समान १० अंक रहेको फ्रान्स भने गोल अन्तर नभई आपसी प्रतिस्पर्धाको नतिजाका आधारमा दोस्रो स्थानमा झरेको छ । इटालीले पछिल्लो पटक सन् १९६२ मा घरेलु मैदानमा फ्रान्सलाई पराजित गरेको थियो । ६४ वर्षपछि घरेलु मैदानमा फ्रान्समाथि जित निकाल्दै इटालीले महत्वपूर्ण उपलब्धि हासिल गरेको हो । इटालीले अब अन्तिम खेलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ भने फ्रान्सले टर्कीसँग खेल्नेछ । The post फ्रान्समाथि इटालीको शानदार जित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
फ्रान्समाथि इटालीको शानदार जित

Read Complete Original Article
Published originally on कर्पोरट खबर





