फ्रान्सपछि ग्रीसमा पनि विद्यार्थी र शिक्षकको विशाल प्रदर्शन

काठमाडौं- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौं विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन् । युरोपभर बढ्दो महँगीविरुद्ध विरोध प्रदर्शन भइरहेका बेला ग्रीसका अन्य शहरमा पनि विद्यार्थी र शिक्षकले जुलुस निकालेका छन् । उत्तरी सहर थेसालोनिकी र पश्चिमी बन्दरगाह सहर पात्रासमा समेत प्रदर्शन भएको छ । इन्धनको मूल्यवृद्धि, महँगो आवास, विद्यालयहरूको कमजोर अवस्था र शिक्षामा पर्याप्त सरकारी लगानी नहुँदा विद्यार्थी तथा शिक्षकहरू आन्दोलित भएका हुन् । फ्रान्स, इटाली र अल्बानियालगायतका देशमा पनि यस्तै प्रदर्शन भएका छन्, जहाँ केही स्थानमा हिंसा भड्किएको छ । एथेन्समा प्रदर्शनकारीहरूले ‘ग्रीसदेखि फ्रान्ससम्म, शिक्षामा लगानी बढाऊ’ भन्ने नारासहितका ब्यानर बोकेका थिए । केहीले ‘पढ्ने कि बाँच्ने ?’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । बीस वर्षीय इन्जिनियरिङ विद्यार्थी पानागियोटिस मोस्कोनासले जीवनयापनको बढ्दो लागतबाट प्रभावित विद्यार्थीलाई सरकारले पर्याप्त सहयोग नगरेको भन्दै आलोचना गरे । सरकारले घोषणा गरेको मासिक १२० युरोको भाडा अनुदान आधा भाडा तिर्नसमेत पर्याप्त नहुने र उक्त रकम वर्षको अन्त्यमा मात्र उपलब्ध हुने उनले बताए । प्रदर्शनका क्रममा दङ्गा नियन्त्रण प्रहरी परिचालन गरिएको थियो । प्रहरीले प्रदर्शनस्थलतर्फ जाने व्यक्तिहरूको जाँच तथा झोला खानतलासी गरेको थियो । ग्रीसमा विगतका प्रदर्शन हिंसात्मक बन्ने गरेका कारण जुलुस मार्गमा पर्ने पसल तथा क्याफेहरूले आफ्ना झ्यालको सुरक्षाका लागि स्टिलका सटर बन्द गरेका थिए । यसैबीच शिक्षकहरूले बुधबार हडताल गरेका छन् । हडतालका कारण केही विद्यालय प्रभावित भए पनि केही विद्यालय भने सञ्चालनमा रहेका थिए । शिक्षक इओनिस रोम्पसले परिवारको दैनिक खर्च धान्न कठिन हुँदै गएको र विद्यालयको अवस्था वर्षैपिच्छे बिग्रँदै गएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे । उच्च मूल्यवृद्धि र आर्थिक दबाबका कारण शिक्षकहरू हडतालमा उत्रिन बाध्य भएको उनले बताए । प्रदर्शनकारीहरूले विद्यार्थीका लागि किफायती आवासको व्यवस्था, शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि तथा बढ्दो महँगीबाट राहत दिन प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन् ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

मैथिल परम्पराको रावण वध उत्सव सम्पन्न
महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने रावण वध उत्सव मटिहानीसहित महोत्तरीका कैयौँ ठाउँमा आज (बुधबार) साँझ सम्पन्न भएको छ । त्रेता युगमा असोज शुक्ल दशमीका दिन मर्यादा... ...

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी
काठमाडौँ । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने । काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाई तथा भैँसी पालन गरी... ...

माइतीघर मण्डलमै बित्यो दीपा नेपालीको दसैं
जातीय विभेदविरुद्ध न्याय माग्दै १८६ दिनदेखि ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन थालेकी दीपा नेपालीले यस वर्षको दसैं माइतीघर मण्डलको सडकमा बिताइन् । ...

घट्दै काठका ठेकीको माग, पेसा जोगाउनै चुनौती
दही, मोही र घ्यु राख्न प्रयोग हुने काठका ठेकीको चलन गाउँघरमा विस्तारै हराउँदै गएको छ । प्लास्टिक र धातुका भाँडाकुँडाको प्रयोग बढेसँगै काठका ठेकीको माग घटेको छ भने परम्परागत पेसामा लागेकाहरू विकल्प खोज्न थालेका छन् । ...


