फूल आयतमा रोक लगाएपछि व्यावसायिक फूलखेतीमा किसानको आकर्षण बढ्दै

बाँके। भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको आकर्षण बढ्दै गएको छ। नेपालगन्ज, कोहलपुर, खजुरा र जानकी गाउँपालिकामा किसानले यो वर्ष व्यावसायिक फूल खेती गरेको फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरले बताइन्। नेपालगन्ज उपमहानगरपालिका–२० निवासी विन्दुले व्यावसायिक फूलखेती गर्न थालेको करिब एक दशक भयो। अन्य समयको तुलनामा तिहारमा फूलको माग धान्नै नसकिने उनको अनुभव छ। जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या वर्सेनि बढ्दै गएको छ। मौसमी बाहेक विवाहमा सजाउन, उपहार दिन, विभिन्न सभा तथा गोष्ठीलगायतमा फूलको प्रयोग बढेपछि फूलको माग बढेको उनले बताइन्। “फूलसँग खेल्ने मेरो सानैदेखिको सौख थियो, जिल्लामा फूलको माग धेरै भएकाले मेरो आकर्षण बढ्यो”, बिन्दुले भनिन्, “यो व्यवसाय सुरु गर्दा कम लगानीले पुग्ने र बजार पनि राम्रो भएकाले सुरु गरेँ, आम्दानी सन्तोषजनक छ।” विन्दुले १० कट्ठा क्षेत्रफलबाट सुरु गरेको फूलखेती हाल दुई बिघा क्षेत्रफलमा फैलिएको छ। सयपत्रीअन्तर्गत टेनिस बल, कलकत्ते र ग्ल्याडोलस जातका फूल लगाएको चर्तिमगरले बताइन्। स्वेदशी उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट आउने प्लास्टिकका फूल तथा मालालाई बन्देज लगाउनुपर्ने उनको भनाइ छ। नेपालगञ्जका तीन युवा सुभाषजङ्ग शाह, कीर्तीराज दीक्षित र सुशीलकुमार मौर्यले बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा दुई बिघा क्षेत्रफलमा यो वर्षदेखि सयपत्री फूलको व्यावसायिक खेती सुरु गरेका छन्। फरक–फरक पेसा तथा व्यवसायमा आबद्ध उनीहरूले सामूहिक रूपमा गरेको व्यावसायिक फूलखेतीमा अहिले सयपत्री फूल फुलेर ढकमक्क भएको छ। तिहारलाई लक्षित गरी उत्पादन गरिएको सयपत्री फूलको बिक्री सुरु भइसकेको सुभाषजङ्ग शाहले बताए। “नेपालगन्जमा फूलको मागलाई लक्षित गरी खेती सुरु गरेका हौँ, चाँडै सहरका मुख्य चोकमा स्टल राखेर फूल तथा माला बिक्री गर्ने तयारी गरिरहेका छौँ,” शाहले भने, “फूल तयार भइसकेको छ, ग्राहकको सुविधाका लागि होम डेलिभरी सेवा पनि दिइरहेका छौँ।” स्थानीयस्तर मै फूल उत्पादन गरी बजारमा बिक्री गर्ने प्रयासले तिहारमा बाहिरबाट आउने फूलको विकल्प तयार हुँदै गएको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले बताइन्। निर्वाहमुखी फूल लगाउँदै आएकोमा पछिल्लो केही वर्षयता बाँकेमा व्यावसायिक रूपमा फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको उनले जानकारी दिइन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

सिर्जनाको साझा मञ्च बन्यो दमक
काठमाडौँ, कात्तिक १५ गते । पूर्वी नेपालको व्यावसायिक सहर दमक पछिल्लो समय साहित्य, कला र संगीतको साझा मञ्चका रूपमा पनि स्थापित हुन थालेको छ । यही सिर्जनात्मक पहिचानलाई थप विस्तार गर... ...
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने तयारी
• कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया सुरु गरिएको छ। • यसले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र स्थानीय समुदायलाई सचेत गराउन मद्दत गर्नेछ। • रेडियो कलर जडानको काम वरिष्ठ संरक्षण अधिकृतको सुपरिवेक्षणमा प्राविधिक टोलीले गर्नेछ। ...

१५ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७२,०००, चाँदी रु ३,६५०
सुनको भाउ तोलामा रु २७२,००० र चाँदीको भाउ रु ३,६५० — आजको भाउ सार्वजनिक। ...
_RW4OXpTHiS.jpg)
देश ठुलो सङ्कटतर्फ उन्मुख भएको सङ्केत देखिँदैछ : डा. बाबुराम भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले देश ठुलो सङ्कटतर्फ उन्मुख भइरहेको सङ्केत गरेको बताएका छन् । आइतबार सामाजिक... ...


