Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

फूलखेतीमा तस्करीको छाया

Share:WhatsAppFacebookX (Twitter)Telegram
फूलखेतीमा तस्करीको छाया
Photo / Coverage: नेपालन्युज

विराटनगर। मोरङको कटहरी-४, नयाँ बजारका रामकुमार राजवंशीलाई यतिबेला सयपत्री फूल टिप्न र बजार पुर्‍याउन भ्याइनभ्याइ छ। चार बिघा जमिनमा लगाएको फूल टिप्न दैनिक २० देखि २५ जना कामदार खटिएका छन्। बिहानदेखि साँझसम्म बारीमा फूल टिप्ने र रातिसम्म धागोमा उनेर माला बनाउने काम चल्छ। टिपिएका फूल र तयार माला तिहारको बजारलाई लक्षित गर्दै शीतभण्डारमा राख्ने गरिएको छ। चार बिघा जमिनमा फूलखेती गर्न राजवंशीले करिब १२ लाख रुपैयाँ लगानी गरेका छन्। मल, औषधि, सिँचाइ र कामदारको खर्च जोड्दा लगानी कम छैन। उत्पादन र बिक्री राम्रो भए यस वर्ष आम्दानी पनि बढ्ने उनको अपेक्षा छ। तर, वर्षभरि गरेको मिहिनेतको प्रतिफल पाउनेमा उनी ढुक्क छैनन्। कारण हो- भारतबाट अवैध रूपमा भित्रिने सस्तो सयपत्री फूल। मोरङको कटहरी-४, नयाँ बजारमा रामकुमार राजवंशीले चार बिघा जमिनमा गरेको सयपत्री फूलखेती। तस्बिर : दिपेन्द्र साह “हामीले ऋण खोजेर खेती गरेका छौँ। मल, औषधि, सिँचाइ र कामदारमा ठूलो खर्च हुन्छ,” राजवंशीले भने, “भारतबाट चोरीतस्करी गरेर फूल ल्याइयो भने हाम्रो उत्पादनले बजार पाउँदैन। सीमामा कडाइ गरेर अवैध फूल भित्रिन रोक्नुपर्छ।” राजवंशीले दुई वर्षदेखि व्यावसायिक रूपमा सयपत्री फूलखेती गर्दै आएका छन्। गत वर्ष दुई बिघामा खेती गरेका उनले यस वर्ष उत्पादन बढाउने उद्देश्यले क्षेत्रफल दोब्बर बनाएका हुन्। गत वर्ष लगानी उठ्ने गरी आम्दानी नभए पनि घाटा बेहोर्नु नपरेको उनको अनुभव छ। यस वर्ष फूलको अवस्था राम्रो भएकाले आम्दानी बढ्ने आशा गरेका थिए। प्राकृतिक विपत्तिसँग जुधेर बाँकी उत्पादन जोगाउने प्रयासमा रहेका किसानलाई बजारमा भारतीय फूलसँगको प्रतिस्पर्धाले चिन्तित बनाएको छ। तर, केही दिनअघि परेको वर्षाले उनको आशामा धक्का पुर्‍यायो। खेतमा फुलिसकेका फूलमध्ये करिब एक हजार किलो वर्षाका कारण नष्ट भएको उनले बताए। प्राकृतिक विपत्तिसँग जुधेर बाँकी उत्पादन जोगाउने प्रयासमा रहेका उनलाई अब बजारमा भारतीय फूलको प्रतिस्पर्धाले थप चिन्तित बनाएको छ। राजवंशीको बारीमा उत्पादित फूल विराटनगरसँगै मोरङ, सुनसरी र झापाका बजारमा पुग्छ। मागअनुसार काठमाडौँसम्म पनि फूल पठाउने गरिएको छ। तिहारमा काग तिहारदेखि बिक्री बढ्ने भएकाले अहिले टिपिएका फूल शीतभण्डारमा राखिँदै छन्। तिहार र छठसम्म बिक्री हुने गरी उत्पादन व्यवस्थापन गरिएको उनले बताए। सरकारले आयातमा प्रतिबन्ध लगाएको छ भने त्यसको कार्यान्वयन पनि कडाइका साथ गर्नुपर्छ। विराटनगरमा उनको आफ्नै फूल बिक्री गर्ने पसल पनि छ। वर्षभरि सजावटका लागि फूलको माग हुने भएकाले गाउँमा खेती विस्तार गरेको उनी बताउँछन्। सयपत्रीसँगै अन्य प्रजातिका फूल र तरकारीसमेत लगाउने गरेका छन्। “हामीले उत्पादन गरेको फूल बजारमा बिक्री होस् भन्ने चाहना हो। तर, भारतबाट अवैध रूपमा सस्तो फूल आएपछि स्वदेशी उत्पादनले उचित मूल्य पाउँदैन,” उनले भने, “सरकारले आयातमा प्रतिबन्ध लगाएको छ भने त्यसको कार्यान्वयन पनि कडाइका साथ गर्नुपर्छ।” सशस्त्र प्रहरीले मोरङबाट बरामद गरेको भारतबाट अवैध रूपमा भित्र्याइएको सयपत्री फूल। तस्बिर: अनिल श्रेष्ठ गाउँमै रोजगारी, बजारमा प्रतिस्पर्धा राजवंशीको जस्तै चिन्ता झापाको शिवसताक्षी नगरपालिका-१० मा सामूहिक रूपमा सयपत्री फूलखेती गरिरहेका महिलाको पनि छ। स्थानीय कविता बस्नेतको संयोजकत्वमा रहेको समूहले करिब छ कठ्ठा जमिनमा १० हजार सयपत्रीका बिरुवा हुर्काएको छ। समूहका महिलाका लागि फूलखेती तिहारमा माला बिक्री गर्ने व्यवसाय मात्र होइन, आफ्नै गाउँमा रोजगारी सिर्जना गर्ने माध्यम पनि बनेको छ। घरायसी कामसँगै खेतीमा संलग्न उनीहरू अहिले फूल टिप्ने, माला गाँस्ने र बजारसम्म पुर्‍याउने तयारीमा जुटेका छन्। किसानहरू तिहारको बजार पर्खेर फूल टिप्न र माला बनाउन व्यस्त भइरहेका बेला सीमापारिबाट भने अवैध रूपमा सयपत्री फूल भित्र्याउने समूह सक्रिय देखिएको छ। यस वर्ष फूलको उत्पादन राम्रो भएकाले बिक्रीबाट करिब तीन लाख रुपैयाँ आम्दानी गर्ने उनीहरूको लक्ष्य छ। एउटा सयपत्री माला एक सयदेखि एक सय ५० रुपैयाँसम्ममा बिक्री हुने अपेक्षा समूहको छ । तर, भारतबाट अवैध रूपमा आउने फूलले बजार बिगार्ने चिन्ता उनीहरूलाई पनि छ। “फूलखेतीबाट राम्रो आम्दानी हुने अपेक्षा गरेका छौँ,” बस्नेतले भनिन्, “त्यसका लागि भारतबाट अवैध रूपमा हुने फूलको चोरीतस्करीमा स्थानीय प्रशासनले पूर्ण रोक लगाउनुपर्छ।” उनका अनुसार भारतीय फूल सस्तो मूल्यमा बजारमा आउने भएकाले स्थानीय किसानले उत्पादन गरेको फूल बिक्री गर्न कठिन हुने गरेको छ। स्वदेशी उत्पादनले उचित मूल्य पाउन सके मात्रै किसानले आगामी वर्ष पनि खेती विस्तार गर्न सक्ने उनी बताउँछिन्। बरामद गरिएको फूल नष्ट गर्न गाडीमा लोड गर्दै सशस्त्र प्रहरी। तस्बिर: अनिल श्रेष्ठ शीतभण्डारसम्म तस्करीको जालो किसानहरू तिहारको बजार पर्खेर फूल टिप्न र माला बनाउन व्यस्त भइरहेका बेला सीमापारिबाट भने अवैध रूपमा सयपत्री फूल भित्र्याउने समूह सक्रिय देखिएको छ। भारतबाट फूल ल्याएर सिधै बजारमा बिक्री गर्नुको सट्टा शीतभण्डारमा राख्ने र तिहारको मुख्य समयमा महँगो मूल्यमा बिक्री गर्ने योजनासहित तस्करी भइरहेको सुरक्षा निकायको अनुसन्धानबाट खुलेको छ। मोरङ र झापामा पछिल्ला दिनमा भएका बरामदले फूल तस्करीको सञ्जाल कति संगठित रूपमा सञ्चालन भइरहेको छ भन्ने देखाएको छ। झापाको दमकबाट पनि भारतबाट तस्करी गरेर ल्याइएको ११ लाख २५ हजार रुपैयाँ बराबरको सयपत्री फूलका माला बरामद गरिएको थियो। कात्तिक १४ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनी, मोरङबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट करिब २५ लाख रुपैयाँ मूल्य बराबरको अवैध सयपत्री फूल बरामद गर्‍यो। भारतबाट ल्याइएको उक्त फूल बुढीगंगास्थित ग्लोबल कोल्ड स्टोर र विराटनगर-४ मा रहेको राधाकृष्ण कोल्ड स्टोरमा भण्डारण गर्न लैजाँदै गर्दा नियन्त्रणमा लिइएको थियो। त्यसको दुई दिनपछि कात्तिक १६ गते सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका-५, गोग्राहास्थित स्टन कोल्ड स्टोर प्रालिमा खानतलासी गर्‍यो। त्यहाँ अवैध रूपमा भण्डारण गरिएका सयपत्री फूलका ३०५ पोका तयारी माला बरामद भए। ती मालाको मूल्य २३ लाख २० हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ। यसअघि झापाको दमकबाट पनि भारतबाट तस्करी गरेर ल्याइएको ११ लाख २५ हजार रुपैयाँ बराबरको सयपत्री फूलका माला बरामद गरिएको थियो। मोरङको कटहरी–४ मा गरिएको सयपत्री फूल खेती। मोरङ र झापाका यी तीन घटनामा मात्रै ५९ लाख ४५ हजार रुपैयाँ बराबरको अवैध फूल तथा माला बरामद भएको छ। तिहार नजिकिँदै गर्दा ठूलो परिमाणमा फूल बरामद हुनुले सीमावर्ती क्षेत्रमा तस्करीको सञ्जाल सक्रिय रहेको देखाउँछ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनी, मोरङका प्रमुख प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीका अनुसार कुनै पनि भन्सार प्रक्रिया पूरा नगरी र बिलबिजकबिनै भारतबाट फूल भित्र्याइएको पाइएको छ। “तिहारका बेला अत्यधिक माग हुने भएकाले भारतबाट अवैध रूपमा सयपत्री फूल ल्याएर शीतभण्डारमा राख्न लागिएको गोप्य सूचना पाएका थियौँ,” एसपी भण्डारीले भने, “सोही आधारमा कोल्ड स्टोरमा लैजाने क्रममा फूल नियन्त्रणमा लिएका हौँ। सरकारले आयातमा बन्देज लगाएकाले बरामद गरिएको सम्पूर्ण फूल कानुनबमोजिम नष्ट गरिनेछ।” तस्कर समूहले सीमावर्ती क्षेत्रबाट थोरैथोरै परिमाणमा फूल ल्याएर विभिन्न स्थानमा जम्मा गर्ने र त्यसपछि शीतभण्डारमा पुर्‍याउने गरेको अनुसन्धानबाट खुलेको छ। सशस्त्र प्रहरीको अनुसन्धानअनुसार फूल तस्करीका लागि सीमावर्ती खुला नाकाको प्रयोग हुने गरेको छ । जोगबनी र सुनसरीका विभिन्न नाकाबाट साना सवारीसाधन तथा सिटी सफारी (ई-रिक्सा) प्रयोग गरी फूल नेपाल भित्र्याउने गरिएको पाइएको छ। तस्कर समूहले सीमावर्ती क्षेत्रबाट थोरैथोरै परिमाणमा फूल ल्याएर विभिन्न स्थानमा जम्मा गर्ने र त्यसपछि शीतभण्डारमा पुर्‍याउने गरेको अनुसन्धानबाट खुलेको छ। यसरी ल्याइएको फूल तिहारको मुख्य समयमा बजारमा बिक्री गर्ने उद्देश्यले भण्डारण गरिने गरेको थियो। भारतबाट तिहार सुरु हुनुभन्दा करिब एक साताअघि नै फूल ल्याएर राख्ने र माग उच्च हुने समयमा महँगो मूल्यमा बिक्री गर्ने उनीहरूको योजना देखिन्छ। त्यसका लागि स्थानीय शीतभण्डारसँग समेत भण्डारणको व्यवस्था मिलाइएको पाइएको छ। सीमाबाट साना सवारीमा फूल भित्र्याउने, विभिन्न ठाउँमा संकलन गर्ने, शीतभण्डारमा राख्ने र तिहारमा माग बढेपछि बजारमा पुर्‍याउने यस्तो योजनाले स्वदेशी किसानका लागि थप चुनौती खडा गरेको छ। तस्कर समूहले १० वटा माला भण्डारण गरेबापत १५ रुपैयाँका दरले शीतभण्डारलाई भाडा तिर्ने गरी सम्झौता गरेको अनुसन्धानमा खुलेको छ। यसले फूल तस्करी सीमामा ओसारपसार गर्ने गतिविधिमा मात्रै सीमित नभई भण्डारण र बजार व्यवस्थापनसम्म फैलिएको संकेत गर्छ। सीमाबाट साना सवारीमा फूल भित्र्याउने, विभिन्न ठाउँमा संकलन गर्ने, शीतभण्डारमा राख्ने र तिहारमा माग बढेपछि बजारमा पुर्‍याउने यस्तो योजनाले स्वदेशी किसानका लागि थप चुनौती खडा गरेको छ। तिहारलाई लक्षित गरेर मोरङको कटहरी-४ मा सयपत्री फूल टिप्दै किसान। तस्बिर: अनिल श्रेष्ठ जैविक सुरक्षाका लागि आयातमा सर्त भारतबाट सयपत्री फूलको आयातमा विभिन्न सर्त राखेर प्रतिबन्ध लगाइनुको उद्देश्य स्वदेशी पुष्प व्यवसायको संरक्षण गर्नु र जैविक सुरक्षाको जोखिम न्यूनीकरण गर्नु हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय प्लान्ट क्वारेन्टिन तथा बायोसेक्युरिटी केन्द्रले दुई वर्षअघिदेखि भारतबाट आयात हुने सयपत्री फूलमा अतिरिक्त सर्त लागू गरेको छ। केन्द्रका प्रवक्ता तथा वरिष्ठ बाली संरक्षण अधिकृत रोशन अधिकारीका अनुसार भारतबाट आउने फूलमा हुन सक्ने रोग, जीवाणु तथा कीराको जोखिमलाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको हो। “जैविक सुरक्षालाई ध्यानमा राखेर दुई वर्षअघि यो निर्णय गरिएको हो,” अधिकारीले भने, “बाहिरबाट आउने फूलमा रोग, जीवाणु तथा कीरा हुन सक्छन्। तिनले नेपालको जैविक विविधता र कृषि क्षेत्रमा असर पुर्‍याउन सक्ने भएकाले अतिरिक्त सर्त राखिएको हो।” वैधानिक आयातमा कडा सर्त लागू भए पनि खुला सीमाको फाइदा उठाएर अवैध रूपमा फूल भित्रिने क्रम रोकिएको छैन। उनका अनुसार आयातमा लगाइएका सर्तको उद्देश्य स्वदेशी उत्पादनलाई संरक्षण गर्नु मात्रै नभई भविष्यमा आउन सक्ने जैविक जोखिमसमेत रोक्नु हो। तर, वैधानिक आयातमा कडा सर्त लागू भए पनि खुला सीमाको फाइदा उठाएर अवैध रूपमा फूल भित्रिने क्रम रोकिएको छैन। यसले प्रतिबन्ध र आयातसम्बन्धी सर्तको प्रभावकारी कार्यान्वयनमाथि प्रश्न उठाएको छ। सीमामा निगरानी र बजारमा अनुगमन प्रभावकारी नहुँदा तस्कर समूहले प्रतिबन्धित वस्तु भित्र्याउने बाटो खोजिरहेका छन्। शीतभण्डारसम्म फूल पुग्नुले सीमामा मात्रै नभई भण्डारण गर्ने व्यावसायिक प्रतिष्ठानहरूको भूमिकामाथि पनि अनुसन्धान आवश्यक देखिएको पुष्प व्यवसायी राजकुमार राजवंशीले बताए। ८० देखि ८५ प्रतिशत माग स्वदेशी उत्पादनबाटै नेपालमा तिहारका बेला सयपत्री फूलको माग उच्च हुने गर्छ। घर, मठमन्दिर, कार्यालय तथा सार्वजनिक स्थल सजाउन र माला लगाउन सयपत्री फूलको प्रयोग व्यापक हुन्छ। यही मागलाई लक्षित गरेर पछिल्ला वर्षमा मोरङ, सुनसरी र झापासहित देशका विभिन्न जिल्लामा व्यावसायिक फूलखेती विस्तार भइरहेको छ। मागको ठूलो हिस्सा स्वदेशी उत्पादनले धान्न सक्ने अवस्थामा समेत अवैध रूपमा भारतीय फूल भित्रिनुले किसानको लगानी जोखिममा परेको छ। चालू वर्ष तिहारका लागि स्वदेशी उत्पादनले नै बजारको करिब ८० देखि ८५ प्रतिशत माग धान्ने अनुमान गरिएको छ । यसले स्वदेशी पुष्प व्यवसायको विस्तार र किसानको लगानी बढ्दै गएको देखाउँछ। तर, मागको ठूलो हिस्सा स्वदेशी उत्पादनले धान्न सक्ने अवस्थामा समेत अवैध रूपमा भारतीय फूल भित्रिनुले किसानको लगानी जोखिममा परेको छ। “किसानले जमिन भाडामा लिने, बीउ तथा बिरुवा खरिद गर्ने, मल र औषधि प्रयोग गर्ने, सिँचाइ गर्ने र कामदार लगाउनेसम्मका खर्च बेहोरेर फूल उत्पादन गर्छन्। उत्पादन राम्रो भए पनि बजारमा मूल्य नपाए उनीहरूको लगानी डुब्ने जोखिम रहन्छ,” कृषक राजवंशीले भने, “त्यसैले किसानका लागि फूलखेतीको सफलता उत्पादनमा मात्रै होइन, बजारको सुनिश्चिततामा पनि निर्भर छ।”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दिएको रिट दर्ता भएन
Latest NewsJust now

सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दिएको रिट दर्ता भएन

काठमाडौँ। नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी)बाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्कीले दिएको रिट सर्वोच्च प्रशासनले अध्ययनका लागि राखेको छ। बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा.मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय... ...

रातोपाटी
रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
Latest NewsJust now

रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौं । विश्वका चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बिहीबार एक भिडियो सन्देश जारी गर्दै ४१ वर्षीय रोनाल्डोले सन्यासको घोषणा गरेका हुन् । रोनाल्डोले पोर्चुगलका लागि २३२ खेल खेल्दै १४६ गोल गर्न सफल भएका थिए । पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत रोनाल्डो हुन् । रोनाल्डोको यो घोषणाले […] ...

लोकपथ
जग्गा नामसारी गरिदिने भन्दै १ लाख घुस लिने नायब सुब्बा पक्राउ
Latest NewsJust now

जग्गा नामसारी गरिदिने भन्दै १ लाख घुस लिने नायब सुब्बा पक्राउ

काठमाडौं । मोही कायम भएका जग्गा नामसारी गरिदिने भन्दै एक लाख रुपैयाँ घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय, मलंगवा सर्लाहीका नायब सुब्बा निर्मल तिमल्सिना पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार जग्गा नामसारी गराउने प्रयोजनका लागि घुस मागेको र एक लाख रुपैयाँ लिइसकेको अवस्थामा आयोगको टोलीले तिमल्सिनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका तिमल्सिनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतको बिहीबारको ...

केन्द्रबिन्दु
उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको भेट
Latest NewsJust now

उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको भेट

काठमाडौं।उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, ब्रिटिश गोर्खा, जलवायु परिवर्तन, सामाजिक तथा आर्थिक विकासका साथै साझा चासोका विविध विषयमा कुराकानी भएको उपराष्ट्रपति यादवको सचिवालयले जानकारी दिएको छ। उक्त अवसरमा उपराष्ट्रपति यादवले नेपाल र बेलायतबीच सन् १८१६ देखि स्थापित कूटनीतिक सम्बन्ध परम्परागत मित्रता, आपसी सम्मान र ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play