काठमाडौं । मोही कायम भएका जग्गा नामसारी गरिदिने भन्दै एक लाख रुपैयाँ घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय, मलंगवा सर्लाहीका नायब सुब्बा निर्मल तिमल्सिना पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार जग्गा नामसारी गराउने प्रयोजनका लागि घुस मागेको र एक लाख रुपैयाँ लिइसकेको अवस्थामा आयोगको टोलीले तिमल्सिनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका तिमल्सिनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतको बिहीबारको आदेशबाट म्याद थप गरिएको छ। आयोगले म्याद थपसँगै उनीमाथिको अनुसन्धान अघि बढाएको जनाएको छ।
जग्गा नामसारी गरिदिने भन्दै १ लाख घुस लिने नायब सुब्बा पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





