Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/World/फिलिपिन्समा दुई ट्रेनिङ विमान आकाशमै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान आकाशमै ठोक्किए, चारै पाइलटको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
फिलिपिन्समा दुई ट्रेनिङ विमान आकाशमै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं, कात्तिक ७ । फिलिपिन्समा तालिमका क्रममा वायुसेनाका दुईवटा विमान आकाशमै ठोक्किँदा चारै पाइलटको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३:५१ बजे राजधानी मनिलाको दक्षिणमा पर्ने लिपा सहरस्थित फर्नान्डो एयर बेसनजिक दुर्घटना भएको हो । दुवै एसएफ–२६० विमान कम उचाइमा उडिरहेका बेला एकआपसमा ठोक्किएका थिए । एउटा विमानको भग्नावशेष सैन्य ब्यारेकनजिक खसेको जनाइएको छ । दुर्घटनापछि फिलिपिन्स वायुसेनाले एसएफ–२६० विमानको उडानमा रोक लगाएको छ । दुर्घटनाको अनुसन्धान पूरा नभएसम्म यी विमान नउडाइने वायुसेनाले जनाएको छ । एसएफ–२६० इटालीमा निर्मित तालिम विमान हुन् । फिलिपिन्सले सन् २०१०–११ को अवधिमा इटालीको कम्पनीबाट यस्ता १८ वटा विमान खरिद गरेको थियो । यी विमान वायुसेनाका पाइलटलाई उडान तालिम दिन प्रयोग गरिन्छन् । फिलिपिन्सले लामो समयदेखि सैन्य उपकरणको आधुनिकीकरण गर्ने प्रयास गर्दै आएको छ । तर, त्यसका लागि आवश्यक बजेट जुटाउनु चुनौतीपूर्ण बन्दै गएको छ । वायुसेनाका विमानसँगै नौसेना र थलसेनाको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता पनि रहेको छ । दक्षिण चीन सागरमा चीनसँग बढ्दो क्षेत्रीय तनावका कारण फिलिपिन्सका लागि सैन्य क्षमता विस्तार झन् महत्त्वपूर्ण बनेको छ । यद्यपि, बजेट अभाव र योजनाहरू कार्यान्वयनमा भइरहेको ढिलाइले सैन्य आधुनिकीकरणका प्रयास प्रभावित हुँदै आएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play