Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/फापरखेत पहिरोमा वैकल्पिक सडक

फापरखेत पहिरोमा वैकल्पिक सडक

Share:WhatsAppFacebookX (Twitter)Telegram
फापरखेत पहिरोमा वैकल्पिक सडक

म्याग्दी।सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन भएको छ। बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सीमानामा रहेको फापरखेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौरको सडक प्रयोग गरी यातायात सञ्चालन गरिएको हो। मङ्गला गाउँपालिका–३ का वडा सदस्य हरि गिरीले वर्षायाममा अवरुद्ध बनेको बरञ्जा–सातबिसे–बाबियाचौर खण्डको सडक मर्मत गरी आज दिउँसोदेखि मिनिबस, जीप, मोटरसाइकल, स्कुटर, ट्याक्सी र ट्रयाक्टर चलाउन मिल्ने बनाइएको जानकारी दिए। “निरन्तर खसिरहेको पहिरो नरोकिँदासम्म मर्मत गर्न नसकिने भएकाले दशैंको समयमा जन्मथलो जाने नागरिकलाई राहत दिने उद्देश्यले गाउँपालिकाले वैकल्पिक सडक सञ्चालन गरेको हो”, उनले भने। बेनी–दरबाङ सडकलाई, म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने ‘लाइफलाइन’ मानिन्छ। यसैबीच फापरखेतमा पहिरो निरन्तर झरेकाले पन्छाउने काम सुरु गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए। पहिरो र वैकल्पिक सडकको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गैरेले स्थलगत निरिक्षण गरी यातायात सञ्चालन र सडक मर्मतका लागि सहजीकरण गरेका थिए। विसं २०५८ मा सो सडकमार्ग सञ्चालनमा आएदेखि नै पहिरोले दुःख दिने गरेको जानकारी दिँदै सदस्य गिरीले यसअघिभन्दा फरक स्थानमा पहिरोको समस्या देखिएकाले बाध्य भई वैकल्पिक मार्ग खोल्न परेको बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

स्ट्रोकको जोखिम पहिचान गर्न अष्ट्रेलियाली अनुसन्धानकर्ताद्वारा एआई उपकरण विकास
ताजा खबरJust now

स्ट्रोकको जोखिम पहिचान गर्न अष्ट्रेलियाली अनुसन्धानकर्ताद्वारा एआई उपकरण विकास

मेलबर्न । अस्ट्रेलियाका अनुसन्धानकर्ताले डीएनए विश्लेषणमार्फत स्ट्रोकको आनुवंशिक जोखिम पहिचान गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण विकास गरेका छन् । यसले व्यक्तिअनुसार स्ट्रोकको जोखिम मूल्याङ्कन गर्न र रोकथामका उपायलाई थप... ...

रातोपाटी
अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते
ताजा खबरJust now

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन्। आइतबार दिउँसो विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग प्र... ...

रातोपाटी
एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीमको विशेष क्यान
ताजा खबरJust now

एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीमको विशेष क्यान

कम्पनीले क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन व्यक्त गर्ने नयाँ माध्यमका रूपमा स्पेसल एडिसन क्यान बजारमा ल्याएको जनाएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play