Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

प्रोटोन ई.मास ५ लाइ दुई अन्तर्राष्ट्रिय अवार्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रोटोन ई.मास ५ लाइ दुई अन्तर्राष्ट्रिय अवार्ड
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । प्रोटोन ई.मास ५ ले मलेसियामा आयोजित कारलिस्ट डट एमवाई पिपुल्स एण्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६ मा दुई प्रतिष्ठित अवार्ड जित्दै आफ्नो विद्युतीय सवारी यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । उक्त सवारी साधनले उत्कृष्ट सब-कम्प्याक्ट ह्याचब्याक- पिपुल्स च्वाइस र उत्कृष्ट अफोर्डेबल कार–एडिटर्स च्वाइस विधामा अवार्ड जितेको हो । उक्त उपलब्धिले उपभोक्ता तथा अटोमोबाइल क्षेत्रका विज्ञहरूमाझ प्रोटोन ई.मास ५ को बढ्दो लोकप्रियता र आकर्षणलाई थप पुष्टि गरेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार उल्लेखित दुई अवार्डले मलेसियाको प्रतिस्पर्धात्मक विद्युतीय सवारी बजारमा प्रोटोन ई.मास ५ ले प्राप्त गरिरहेको विश्वास र स्वीकार्यतालाई प्रतिबिम्बित गर्छन् । पिपुल्स च्वाइस अवार्डले उपभोक्ताको रोजाइ र विश्वासलाई सम्मान गरेको छ भने एडिटर्स च्वाइस अवार्डले अटोमोबाइल क्षेत्रका विज्ञहरूको मूल्यांकनका आधारमा यसको समग्र गुणस्तर, उपयोगिता र मूल्यलाई मान्यता दिएको छ । आवर्डले आधुनिक डिजाइन, उन्नत प्रविधि, स्मार्ट कनेक्टिभिटी र दैनिक प्रयोगका लागि आवश्यक व्यावहारिक सुविधासहित विद्युतीय सवारीलाई थप सहज र पहुँचयोग्य बनाउने प्रोटोनको प्रतिबद्धता थप बलियो बनाएको छ । नेपालमा पनि विद्युतीय सवारीको बजार विस्तार हुँदै गएको र उपभोक्ताहरूले प्रविधिमैत्री, व्यावहारिक तथा उचित मूल्यका सवारी साधनलाई प्राथमिकता दिन थालेको वर्तमान सन्दर्भमा यो अन्तर्राष्ट्रिय उपलब्धि महत्त्वपूर्ण रहेको छ । जसले नेपाली अटोमोबाइल बजारमा प्रवेश गरिरहेको प्रोटोन ई.मास ५ को विश्वसनीयता र बजारप्रतिको आकर्षणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । नेपालमा प्रोटोन सवारी साधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली ग्राहकका लागि अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका सवारीसाधन तथा नवीनतम् मोबिलिटी समाधान उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ । प्रोटोन मलेसियासँगको सहकार्यमा कम्पनीले बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै ग्राहकलाई भरपर्दो र सहज सवारी स्वामित्वको अनुभव प्रदान गर्ने लक्ष्यसहित नेपालमा प्रोटोनको उपस्थिति थप सुदृढ बनाउँदै आएको छ । प्रोटोन ई.मास ७ को सफल परिचयपछि प्रोटोन ई.मास ५ को आगमन नेपालमा कम्पनीको विद्युतीय मोबिलिटी विस्तारको अर्को महत्त्वपूर्ण कदम हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनआरएनए नवौँ मध्यपूर्व सम्मेलनको अन्तिम तयारी
Latest NewsJust now

एनआरएनए नवौँ मध्यपूर्व सम्मेलनको अन्तिम तयारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पाँच पूर्व-अध्यक्षसहितको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग भेटवार्ता गरेको छ । भेटका क्रममा कतारको दोहामा आगामी डिसेम्बर ११ र १२, २०२६ मा आयोजना हुने ‘नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६’ मा प्रमुख आतिथ्यताका लागि सभामुख अर्याललाई निमन्त्रणा हस्तान्तरण गरिएको छ । प्रतिनिधिमण्डलमा पूर्व- अध्यक्षहरू डा. उपेन्द्र महतो, जीवा लामिछाने, डा. बद्री केसी, आरके ...

हिमालय टाइम्स
एनआरएनए : अप्रिलमा अमेरिकाज सम्मेलन हुने
Latest NewsJust now

एनआरएनए : अप्रिलमा अमेरिकाज सम्मेलन हुने

काठमाडौं । कनेक्टिङ फर प्रोस्पेरेटी भन्ने नाराका साथ क्यानडाको टोरन्टोमा आगामी २०२७ अप्रिल २४ र २५ मा हुने १० औँ क्षेत्रीय सम्मेलन हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनको तयारीको नेतृत्व अमेरिकाज क्षेत्रीय संयोजक (आरसी) भुवन खरेलको टिमले गरिरहेको छ । सम्मेलनलाई केवल औपचारिक भेला वा नियमित ...

हिमालय टाइम्स
युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह
Latest NewsJust now

युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी हुन त्यहाँ पुग्नुभएका अध्यक्ष ढकालले दुबईमा युएईका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता गर्दै यस्तो ...

हिमालय टाइम्स
‘एग्री मेक’को थप सपोर्टिङ पार्टनरमा ग्लोबल र ओविफर्ट
Latest NewsJust now

‘एग्री मेक’को थप सपोर्टिङ पार्टनरमा ग्लोबल र ओविफर्ट

काठमाडौं । कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि भन्ने नाराका साथ हुन गइरहेको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०८३ अर्थात ‘एग्री मेक’को सपोर्टिङ पार्टनरमा ग्लोबल आइएमई बैंक र ओविफर्ट थपिएका छन । आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा दुवै संस्थाले सहकार्य गर्ने भएका हुन् । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)ले सामाजिक सञ्जालमार्फत दुवै ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play