Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन

प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । भारतमा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटको नेपालमा आयात, प्रवेश अनुमति तथा बिक्री वितरणमा रोक लगाइएको छ । उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त ब्रान्डका बिस्कुट बजारबाट फिर्ता गर्नसमेत निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको विभागले सूर्या फुड एन्ड एग्रो लिमिटेड, भारतद्वारा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटको पैठारी स्वीकृति स्थगित गर्दै अर्को आदेश नभएसम्म बिक्री वितरण नगर्न सम्बन्धित आयातकर्ता, पैठारीकर्ता तथा खाद्य व्यवसायीलाई निर्देशन दिएको हो । विभागले २०८३ असोज ९ गते जारी गरेको सूचनाअनुसार उत्पादन मिति जुनसुकै भए पनि उक्त ब्रान्डका सबै ब्याचका बिस्कुटको बिक्री रोक्न र बजारमा रहेका उत्पादन फिर्ता गर्नुपर्नेछ । विभागका अनुसार भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई)ले सन् २०२६ अक्टोबर १७ मा जारी गरेको सूचनाका आधारमा प्रियागोल्ड बिस्कुट उत्पादक कम्पनीमाथि प्रश्न उठेको हो । भारतीय नियामक निकायले गरेको निरीक्षणका क्रममा बिस्कुट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, उत्पादन प्रक्रिया, कारखानाको सरसफाइ तथा गुणस्तरसम्बन्धी मापदण्डमा गम्भीर कमजोरी भेटिएको जनाइएको छ । निरीक्षणका क्रममा गाईवस्तुको दानाका रूपमा प्रयोग गरिने चोकर (क्याटल फिड ब्रान)लाई प्रियागोल्ड बिस्कुट उत्पादनमा रेशा वा फाइबरको स्रोतका रूपमा प्रयोग गरिएको पाइएको विभागको सूचनामा उल्लेख छ । उक्त पदार्थ बिस्कुटमा प्रयोग गरिएको विषयमा उपभोक्तालाई स्पष्ट जानकारी नदिइएको पनि जनाइएको छ । त्यस्तै, कारखानाको सरसफाइ, कीट नियन्त्रण, कच्चा पदार्थको भण्डारण, कर्मचारीको व्यक्तिगत स्वच्छता तथा उत्पादनस्थलको मर्मतसम्भारमा समेत कमजोरी भेटिएको सूचनामा उल्लेख छ । यी कमजोरीलाई गम्भीर मापदण्ड उल्लङ्घनका रूपमा लिँदै भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले सम्बन्धित कम्पनीको इजाजतपत्र निलम्बन गरेको र कम्पनीविरुद्ध थप कानुनी प्रक्रिया अघि बढाउन स्वीकृति दिएको विभागले जनाएको छ । भारतीय नियामक निकायबाट प्राप्त जानकारी तथा विभागको उच्च व्यवस्थापन समूह र उत्पादन फिर्ता प्राविधिक समितिको संयुक्त बैठकको सिफारिसका आधारमा नेपालमा पनि प्रतिबन्धात्मक व्यवस्था लागू गरिएको हो । विभागले उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर अर्को निर्णय नभएसम्मका लागि बिस्कुटको आयात, प्रवेश अनुमति र बिक्री वितरण रोक्ने निर्णय गरेको जनाएको छ । विभागले सम्बन्धित खाद्य व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३५ को उपदफा २ र ६ बमोजिम निर्देशन पालना गर्न भनेको छ । बजारमा रहेका उत्पादन तत्काल फिर्ता गरी तिनको सङ्कलन, अभिलेखीकरण तथा उचित व्यवस्थापन गर्न पनि निर्देशन दिइएको छ । बजारबाट फिर्ता गरिएका बिस्कुट नष्ट गर्नुपर्ने वा अन्य उपयुक्त व्यवस्थापन गर्नुपर्ने अवस्थामा स्थानीय तह वा स्थानीय प्रशासनका प्रतिनिधि तथा विभागअन्तर्गतका प्राविधिक कर्मचारीको रोहबरमा आवश्यक प्रक्रिया पूरा गर्न भनिएको छ । निर्देशनको अवज्ञा गरी प्रतिबन्धित बिस्कुट बिक्री वितरण गर्ने वा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही हुने विभागले चेतावनी दिएको छ । यस निर्णयसँगै आयातकर्ता, थोक तथा खुद्रा विक्रेताले आफ्नो मौज्दात जाँच गरी प्रियागोल्ड ब्रान्डका बिस्कुट बिक्रीबाट हटाउनुपर्ने भएको छ । उपभोक्तालाई पनि घरमा रहेका उक्त ब्रान्डका बिस्कुट तत्काल उपभोग नगरी सम्बन्धित विक्रेता वा आधिकारिक निकायसँग आवश्यक जानकारी लिन आग्रह गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

ब्राइटनको फराकिलो जित, क्रिस्टल प्यालेस ५-० गोलले पराजित
ताजा खबरJust now

ब्राइटनको फराकिलो जित, क्रिस्टल प्यालेस ५-० गोलले पराजित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सम्पन्न खेलमा ब्राइटनले क्रिस्टल प्यालेसमाथि ५-० गोलको फराकिलो र सानदार जित निकालेको छ । एकपक्षीय बनेको खेलमा ब्राइटनले खेलको सुरुवाती १० मिनेटभित्रै तीन गोल गर्दै... ...

रातोपाटी
बाढीमा बेपत्ता रामेश्वरको परिवारलाई सहपाठीले जुटाए १ लाख ७५ हजार रुपैयाँ
ताजा खबरJust now

बाढीमा बेपत्ता रामेश्वरको परिवारलाई सहपाठीले जुटाए १ लाख ७५ हजार रुपैयाँ

रसुवाको भोटेकोसीमा आएको बाढीमा परी बेपत्ता भएका मकवानपुरको थाहा नगरपालिका–४ का रामेश्वर लामाको परिवारलाई उनका सहपाठीहरूले आर्थिक सहयोग गरेका छन्। थाहामै रहेको जनकल्याण माध्यमिक विद्यालयबाट २०५९ सालमा एसएलसी परीक्षामा सहभागी भएका साथीहरूले स्वतःस्फूर्त रूपमा रकम संकलन गरी १ लाख ७५ हजार ८ सय ५० रुपैयाँ सहयोग गरेका हुन्। गत भदौ १० गते भोटेकोशीमा आए... ...

नेपालखबर
लिड्स र म्यानचेस्टर युनाइटेडले १-१ गोलको बराबरी खेले
ताजा खबरJust now

लिड्स र म्यानचेस्टर युनाइटेडले १-१ गोलको बराबरी खेले

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सम्पन्न खेलमा लिड्स र म्यानचेस्टर युनाइटेड १–१ गोलको बराबरीमा रोकिएका छन्। दुवै टोलीले बराबरी खेल्दै अङ्क बाँडेका हुन् । प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो अग्रता म्यानचेस्टर... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play