Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

प्रि–ओपन सेसनमा नेप्से ०.७५ अंक घट्यो, ५० स्टकको कारोबार

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रि–ओपन सेसनमा नेप्से ०.७५ अंक घट्यो, ५० स्टकको कारोबार
Photo / Coverage: विश्वखबर

काठमाडौं – साताको कारोबारको अन्तिम दिन बिहीबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । यस सेसनमा नेप्से परिसूचक ०.७५ अंक घटेर २ हजार ६२४.२९ विन्दुमा झरेको हो । अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ११.०५ अंक घटेर २ हजार ६२५.०५ विन्दुमा बन्द भएको थियो । बुधबारको बन्द विन्दुबाट बिहीबार प्रि–ओपन सेसनमा बजार थप सामान्य अंकले ओरालो लागेको हो । यस अवधिमा सेन्सेटिभ इण्डेक्स भने ०.१२ अंकले बढेको छ । बिहीबारको प्रि–ओपन सेसनमा ५० वटा स्टकको कारोबार भएको छ । उक्त अवधिमा १०१ पटकको कारोबारमार्फत ४३ हजार ४१७ कित्ता सेयर खरिदबिक्री भएको छ । यसबाट २ करोड ७७ लाख ३ हजार ६९१ रुपैयाँ ५० पैसाको कारोबार भएको छ । कारोबारमा आएका स्टकमध्ये १३ वटाको मूल्य बढेको छ भने २७ वटाको मूल्य घटेको छ । बाँकी १० वटा स्टकको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बागमती सिँचाइ आयोजनामा आन्दोलन जारी
Latest NewsJust now

बागमती सिँचाइ आयोजनामा आन्दोलन जारी

सर्लाही । बागमती सिँचाइ आयोजनाको कार्यालयमा ज्यालादारी कर्मचारीहरूको आन्दोलन जारी छ । आन्दोलन परिचालन कमिटीले गत मंगलबार सर्लाहीको कर्मैयास्थित कार्यालयमा तालाबन्दी समेत गरेको थियो । उमेर हदका आधारमा दैनिक ज्यालादारी कर्मचारीलाई हटाउने... ...

रातोपाटी
दशौं राष्ट्रिय खेलकुद : विभागीय टोली सम्पर्कमा नआउँदा आवास व्यवस्थापनमा अन्योल
Latest NewsJust now

दशौं राष्ट्रिय खेलकुद : विभागीय टोली सम्पर्कमा नआउँदा आवास व्यवस्थापनमा अन्योल

प्रतियोगिता सुरु हुन दुई साताभन्दा कम समय बाँकी रहँदा पनि टोलीको संख्या, आवासको आवश्यकता र आगमनको समयबारे स्पष्ट विवरण नआएको आयोजकको भनाइ छ । ...

कान्तिपुर
नेतान्याहूलाई हटाउन इजरायली विपक्षी दलका पाँच नेता एकताबद्ध
Latest NewsJust now

नेतान्याहूलाई हटाउन इजरायली विपक्षी दलका पाँच नेता एकताबद्ध

• इजरायलका पाँच विपक्षी नेता प्रधानमन्त्री नेतान्याहूलाई सत्ताबाट हटाउन एकजुट भएका छन् र 'राष्ट्रिय आपत्कालीन सरकार' गठन गर्न आह्वान गरेका छन्। • नेताहरूले इजरायलमा सुरक्षा, सामाजिक र अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएका चुनौतीहरूको सामना गर्न नयाँ सरकार गठन गर्ने लक्ष्य राखेका छन्। • बेनेट र नेतान्याहूबीचको भेटवार्ता पछि विपक्षी गठबन्धनले एकता सरकारमा सामेल नहुने निर्णय गरेको छ। ...

नेपालबहस
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ : वरिष्ठ नेता भण्डारी
Latest NewsJust now

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ : वरिष्ठ नेता भण्डारी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता विद्यादेवी भण्डारीले गत निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको हार अस्थायी भएकाले यसबबाट सुधार गर्नुपर्ने पाठ सिकेर अघि बढ्न नेता, कार्यकर्तालाई आह्वान गरेकी छन्। पार्टीको राष्ट्रिय भेलाको आज दोस्रो दिन उनले अगुवा नेता तथा कार्यकर्तालाई निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरिन्। एघार वर्षपछि पार्टी जीवनको सक्रिय राजनीतिमा फर्किएकी नेत्री भण्डारीले सम्बोधन गर्दै ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play