Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Others/प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियो : मुख्यमन्त्री थापा मगर

प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियो : मुख्यमन्त्री थापा मगर

10/16/2026, 7:02:04 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियो : मुख्यमन्त्री थापा मगर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रहरी समायोजन हुन नसक्दा संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा चुनौती उत्पन्न भएको बताएका छन् । संविधानले प्रदेशलाई प्रदान गरेको अधिकार र जिम्मेवारी कार्यान्वयनका लागि प्रहरी समायोजन अपरिहार्य भए पनि प्रक्रिया टुंगिन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ७१ औँ प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले शुक्रवार हेटौँडामा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले प्रदेश सरकारलाई आफ्नो क्षेत्राधिकारभित्र शान्ति सुरक्षा व्यवस्थापन र प्रहरी प्रशासन सञ्चालनमा प्रभावकारी भूमिका निर्वाह गर्न सहज वातावरण बनाउनुपर्ने बताए । प्रदेशको भौगोलिक अवस्था, स्थानीय आवश्यकता र सुरक्षा चुनौतीलाई नजिकबाट बुझ्ने प्रदेश सरकारले प्रहरी परिचालन, जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहमा प्रभावकारी भूमिका खेल्न सक्ने उनको भनाइ छ । प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई संविधानप्रदत्त अधिकार प्रयोग गर्नसमेत व्यावहारिक कठिनाइ भइरहेको उनले उल्लेख गरे । मुख्यमन्त्री थापाले तीनै तहका सरकारबीच आवश्यक समन्वय, सहकार्य र संवाद कायम गरी प्रहरी समायोजनको प्रक्रिया यथाशीघ्र टुंग्याउन आग्रह गरे । त्यसैगरी मुख्यमन्त्री थापाले प्रदेशभित्र शान्ति सुरक्षा सुदृढ बनाउने, विपद् जोखिम न्यूनीकरण गर्ने तथा उद्धार र राहत कार्यलाई व्यवस्थित बनाउने विषयमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताए। नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउन प्रहरी संगठनलाई आवश्यक स्रोतसाधन, प्रविधि र तालिमको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । उनले महिला तथा बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रविधिमा आधारित अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउनुपर्ने बताए। प्रहरी संगठनलाई सक्षम, आधुनिक, व्यावसायिक र उत्तरदायी बनाउन प्रदेश सरकारका तर्फबाट आवश्यक समन्वय र सहकार्य गरिने प्रतिवद्धता पनि उनले व्यक्त गरे । प्रहरी सेवा निष्पक्ष, पारदर्शी, संवेदनशील र नागरिकमैत्री हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री थापाले कानुनको निष्पक्ष कार्यान्वयन र नागरिकको अधिकार संरक्षण प्रहरी संगठनको महत्त्वपूर्ण जिम्मेवारी भएको बताए । प्रहरीप्रतिको जनविश्वास नै संगठनको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै उनले प्रहरीको काम र व्यवहारबाट कानून सबैका लागि समान रहेको अनुभूति नागरिकले गर्न पाउनुपर्ने धारणा राखे । पहुँच, प्रभाव र व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर कानुनअनुसार काम गर्ने संस्कार विकास गर्न सके प्रहरीप्रतिको जनविश्वास थप बलियो हुने उनको भनाइ छ । कार्यक्रममा कर्तव्यपालनका क्रममा सहादत प्राप्त अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी, ‘प्रहरी दर्पण’ कार्यक्रममार्फत सुरक्षित समाज निर्माणमा योगदान पुर्‍याएको भन्दै टिम टेलिभिजन र नेशनल गोल्ड टेलिभिजनलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । दिवसकै अवसरमा वरिष्ठ पत्रकार प्रताप विष्टसहित उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पनि सम्मान गरिएको थियो । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

नेपालका लागि भारतको नयाँ राजदूतमा सुधाकर दलेला नियुक्त
OthersJust now

नेपालका लागि भारतको नयाँ राजदूतमा सुधाकर दलेला नियुक्त

नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला नियुक्त भएका छन्। भारतीय विदेश मन्त्रालयले दलेला नेपालका लागि राजदूत नियुक्त भएको शुक्रबार जनाएको हो। ‘सुधाकर दलेला जो मन्त्रालयमा सचिव हुनुहुन्छ, नेपालका लागि भारतको आगामी राजदूत नियुक्त हुनुभएको छ,’ विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ। उनले चाँडै आफ्नो पदभार ग्रहण गर्ने विदेश मन्त्रालयले जनाएको छ। यसअघि राजदूत रहेका नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्किएपछि उनको ठाउँमा भारतले दलेलालाई ...

पर्दाफास
दसैंमा युरिक एसिड भएका बिरामीले के खाने, के नखाने ?
OthersJust now

दसैंमा युरिक एसिड भएका बिरामीले के खाने, के नखाने ?

दसैं भन्नेबित्तिकै मासुका परिकार, मिठोमसिनो र आफन्तसँगको जमघट सम्झिन्छौं । वर्षभरि जे–जस्तो खाए पनि दसैंमा त मीठो खाने, रमाइलो गर्ने भन्ने धेरैको सोच हुन्छ । यो समय अरू बेलाभन्दा बढी मासुसँगै बियर वा अन्य मदिरा पिउनेहरू पनि हुन्छन् । सामान्य दिनमा खानपानमा विशेष ध्यान दिनेहरू समेत दसैंको बेला अलि बढी नै खान्छन् । आखिर, चाडपर्वमा… ...

अनलाइन खबर
गहनाका ग्राहक र व्यवसायी जोड्ने जेजे लाइट
OthersJust now

गहनाका ग्राहक र व्यवसायी जोड्ने जेजे लाइट

३० असोज, काठमाडौं । आईटी कम्पनी मात्रिका टेक्नोलोजिजले गहनाका ग्राहक र व्यवासायीलाई प्लेटफर्म जेजे लाइट सार्वजनिक गरेको छ । नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै कारोबार, लेखा व्यवस्थापन, कालिगढको हिसाब र ग्राहक सेवासम्मका कामलाई एउटै प्रणालीबाट व्यवस्थित गर्ने उद्देश्यले जेजे लाइट सार्वजनिक गरेको जनाएको छ । गहना व्यवसाय विस्तार हुँदै जाँदा बिक्री तथा… ...

अनलाइन खबर
स्कटल्यान्डका पेस बलर ब्राड्ली व्हीलले ३० वर्षको उमेरमै लिए सन्यास
OthersJust now

स्कटल्यान्डका पेस बलर ब्राड्ली व्हीलले ३० वर्षको उमेरमै लिए सन्यास

३० असोज, काठमाडौं । स्कटल्यान्डका पेस बलर ब्राड ह्‍वीलले व्यावसायिक क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। ३० वर्षीय ह्‍वीलले लगातारको चोटका कारण खेलाडी जीवन टुंग्याउने निर्णय लिएका हुन्। दायाँहाते तीव्र गतिका बलर ह्‍वीलले सन् २०१६ मा हङकङविरुद्ध खेल्दै स्कटल्यान्डको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए। त्यसयता एक दशकको अवधिमा उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play