Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

प्रहरी महानिरीक्षकमा एआईजी मनोज केसी नियुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरी महानिरीक्षकमा एआईजी मनोज केसी नियुक्त
Photo / Coverage: पर्दाफास

सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. केसीलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम सोही दिनदेखि लागू हुने गरी आईजीपी पदमा बढुवा तथा नियुक्ति गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको ‘प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार’ पद सिर्जना गरिएको छ। उक्त सिर्जित विशेष सुरक्षा सल्लाहकार पदमा निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई खटाइएको छ। कार्की सल्लाहकार पदमा स्थानान्तरण भएसँगै रिक्त भएको आईजीपी पदमा डा. केसीलाई जिम्मेवारी दिइएको मन्त्री पोखरेलले जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा
OthersJust now

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई) क्षेत्रलाई लक्षित गर्दै ‘ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६’ घोषणा गरेको छ । आधुनिक समयमा वित्तीय क्षेत्रमा एआईको तीव्र प्रयोग बढिरहेका बेला उत्पन्न नयाँ प्रकृतिका साइबर जोखिम, डेटा गोपनीयताका जटिल चुनौती तथा नियमनकारी मापदण्डको पालनालाई व्यवस्थित र न्यूनीकरण गर्ने ...

पर्दाफास
आईजीपी हटाएकोबारे रास्वपा प्रवक्ताले भने- पार्टीले सरकारलाई कुनै व्यक्ति राख वा हटाऊ भनेको छैन
OthersJust now

आईजीपी हटाएकोबारे रास्वपा प्रवक्ताले भने- पार्टीले सरकारलाई कुनै व्यक्ति राख वा हटाऊ भनेको छैन

सत्तारुढ दल रास्वपाका प्रवक्ता जगदीश खरेलले सरकारलाई कुनै व्यक्ति हटाउ वा राख भनेर कुनै निर्देशन दिएको बताएका छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले आइजीपी दानबहादुर कार्कीलाई पार्टीको निर्देशन अनुसार पनि जिम्मेवारी फेरिएको बताएका थिए । ...

अनलाइन खबर
कामना सेवा विकास बैंकको रक्तदान कार्यक्रममा ४०४ पिन्ट रगत संकलन
OthersJust now

कामना सेवा विकास बैंकको रक्तदान कार्यक्रममा ४०४ पिन्ट रगत संकलन

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न शाखामा आयोजना गरेको कार्यक्रममा कुल ४०४ पिन्ट रगत संकलन भएको जनाएको छ । कार्यक्रममा बैंकका प्रमुख व्यवसाय अधिकृत दीपेन्द्र सुवेदीले दुर्लभ नेगेटिभ रक्त समूहको रगतसहित ६१औँ पटक रक्तदान गरेका छन् । […] ...

लोकपथ
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा चार सदस्यीय समिति गठन
OthersJust now

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा चार सदस्यीय समिति गठन

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय समिति गठन गरेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play