Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

प्रहरीले बरामद गरेका मोबाइल प्रधानमन्त्रीका सल्लाहकारको घरमा दुई दिन ! कुमार बेनसहित चार जनाविरुद्ध प्रमाण नष्ट गरेको जाहेरी

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरीले बरामद गरेका मोबाइल प्रधानमन्त्रीका सल्लाहकारको घरमा दुई दिन ! कुमार बेनसहित चार जनाविरुद्ध प्रमाण नष्ट गरेको जाहेरी
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ८ । प्रहरी अनुसन्धानका क्रममा बरामद गरिएका दुईवटा मोबाइल फोन प्रधानमन्त्रीका मुख्य सल्लाहकारको निजी निवासमा दुई दिनसम्म राखिएको र त्यस अवधिमा मोबाइलमा रहेका अनुसन्धानसँग सम्बन्धित डिजिटल सामग्रीमा छेडछाड गरिएको आरोपसहित प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनसहित चार जनाविरुद्ध जाहेरी परेको छ । नेपाली कम्युनिष्ट पार्टी निकट योङ कम्युनिष्ट लिग (वाईसीएल) का केन्द्रीय सचिव धनबहादुर वलीले प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन भन्ने कुमार व्यञ्जनकार, प्रधानमन्त्री सचिवालयका सरकारी मामिला तथा योजना समन्वय संयोजक इन्जिनियर विशाल अधिकारी, गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्की र आफूलाई प्रधानमन्त्री तथा गृहमन्त्रीको सूचना प्रविधि परामर्शदाता बताउने चिराग श्रेष्ठविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जाहेरी दिनुभएको हो । वलीले मुलुकी अपराध संहिता, २०७४ को दफा ९३ अन्तर्गत कसूरको प्रमाण दबाएको, नष्ट गरेको वा प्रमाणका रूपमा प्रयोग गर्न नसकिने गरी बिगारेको आरोपमा अनुसन्धान गरी कारबाही गर्न माग गर्नुभएको छ । जाहेरीअनुसार झापाका इनम सापकोटालाई प्रहरीले २०८३ असोज १४ गते पक्राउ गरी सुरुमा अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गरेको थियो । पछि उहाँमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा समेत अनुसन्धान अघि बढाइएको थियो । सोही क्रममा प्रहरीले बरामद गरी अनुसन्धानका लागि नियन्त्रणमा राखेका दुईवटा मोबाइल फोन प्रहरीको आधिकारिक नियन्त्रणबाहिर पुर्‍याइएको वलीको दाबी छ । जाहेरीसँगै पेस गरिएको डिजिटल फरेन्सिक परीक्षण प्रतिवेदनको लोकेसन विवरणले मोबाइलको आवतजावतबारे गम्भीर प्रश्न उठाएको छ । प्रतिवेदन उद्धृत गर्दै जाहेरीमा उल्लेख भएअनुसार २०२६ अक्टोबर १ अर्थात् २०८३ असोज १५ गते अपराह्न ४ बजेर ३० मिनेट ४५ सेकेन्डमा मोबाइल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको देखिन्छ । त्यसपछि साँझ ५ बजेर १० मिनेट २८ सेकेन्डमा सिंहदरबारको दक्षिण गेटबाट बाहिरिएको मोबाइल ५ बजेर २५ मिनेट ५ सेकेन्डमा ललितपुरको ज्वागलस्थित प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनको निजी निवासमा पुगेको जाहेरीमा उल्लेख छ । असोज १६ गते पनि मोबाइल ज्वागलस्थित बेनको निवासमा रहेको र राति ९ बजेर ३६ मिनेट ८ सेकेन्डमा दरबारमार्ग क्षेत्रमा पुगेको विवरण जाहेरीमा समावेश छ । असोज १७ गते दिउँसो १२ बजेर ३० मिनेट ३१ सेकेन्डमा जिल्ला प्रहरी परिसर भद्रकालीबाट निकालेर नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यालय क्षेत्रमा पुर्‍याइएको लोकेसन विवरणसमेत पेस गरिएको छ । जाहेरीमा मोबाइल प्रहरीको नियन्त्रणबाहिर रहेको अवधिमा ह्वाट्सएप, फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोग भएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको र सापकोटा तथा बेनबीचका केही सन्देश मेटिएको दाबी गरिएको छ । मोबाइलमा रहेका अनुसन्धानसँग सम्बन्धित सामग्रीमा अनधिकृत पहुँच पुर्‍याएर प्रमाण मेटाउने, परिवर्तन गर्ने वा लुकाउने काम भएको वलीको आरोप छ । त्यस्तै, प्रधानमन्त्री सचिवालयका विशाल अधिकारी प्रहरी कार्यालयको सोधपुछ कक्षमा पुगेर सापकोटासम्बन्धी अनुसन्धानमा खटिएका अधिकृतहरूसँग कुराकानी गरी दबाब सिर्जना गर्नुभएको आरोप पनि जाहेरीमा लगाइएको छ । चिराग श्रेष्ठसमेत प्रहरी कार्यालयमा उपस्थित भएर अनुसन्धान तथा डिजिटल प्रमाणसँग सम्बन्धित विषयमा हस्तक्षेप गरेको वलीको दाबी छ । कानुनले के भन्छ ? मुलुकी अपराध संहिताको दफा ९३ अनुसार कसूरदारलाई बचाउने नियतले कसूरसम्बन्धी प्रमाण दबाउने, नष्ट गर्ने वा प्रमाणका रूपमा प्रयोग गर्न नसकिने गरी बिगार्ने कार्य दण्डनीय हुन्छ । यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । त्यस्तै, दफा ९२ ले न्यायिक वा कानुनी कारबाहीमा प्रमाणका रूपमा प्रयोग हुने लिखत वा विद्युतीय अभिलेख नष्ट गर्ने, बिगार्ने वा गैरकानुनी रूपमा हटाउने कार्यलाई पनि कसूर मानेको छ । उक्त दफाको उपदफा ३ र ४ अनुसार त्यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई चार वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । राष्ट्रसेवकले दफा ९२ को उपदफा १ वा ३ अन्तर्गतको कसूर गरेमा दोब्बर सजाय हुने व्यवस्था पनि छ । यस घटनामा मोबाइल अनधिकृत रूपमा नियन्त्रणबाहिर लगिएको, त्यसमा कसले पहुँच बनाएको र प्रमाण मेटिएको वा परिवर्तन गरिएको हो कि होइन भन्ने विषय पुष्टि भएमा दफा ९२ र ९३ लगायतका कानुनी प्रावधान आकर्षित हुन सक्ने देखिन्छ । तर कुन दफा लागू हुने भन्ने अन्तिम निष्कर्ष अनुसन्धान र प्रमाणका आधारमा सम्बन्धित निकाय तथा अदालतले गर्नेछन् । सरकारकै जिम्मेवार व्यक्तिमाथि किन उठ्यो प्रश्न ? अनुसन्धानका क्रममा प्रहरीले बरामद गरेका मोबाइल तथा डिजिटल सामग्री सरकारी पदमा रहेका व्यक्तिको निजी नियन्त्रणमा पुगेको आरोप आफैँमा गम्भीर सार्वजनिक सरोकारको विषय हो । अनुसन्धानका प्रमाण प्रहरीको आधिकारिक अभिलेख, सुरक्षित भण्डारण र कानुनी प्रक्रियाभित्र रहनुपर्ने हुन्छ । त्यस्ता सामग्री कसको आदेशमा, कुन कानुनी आधारमा र किन प्रहरीको नियन्त्रणबाहिर लगियो भन्ने प्रश्नको जवाफ सम्बन्धित निकायले दिनुपर्ने हुन्छ । यदि राजनीतिक वा प्रशासनिक पहुँच प्रयोग गरेर अनुसन्धानका प्रमाणमा हस्तक्षेप गरिएको पुष्टि भएमा त्यसले अनुसन्धानको निष्पक्षता, प्रहरीको व्यावसायिक स्वतन्त्रता र न्यायिक प्रक्रियामाथि गम्भीर असर पार्न सक्छ । सरकारको जिम्मेवारी कानुन कार्यान्वयन गर्ने हो, अनुसन्धानको प्रमाण निजी नियन्त्रणमा लिएर चलाउने होइन । तर सरकारसँग निकट व्यक्तिहरूले यस्तो काम किन गरे भन्ने विषय अहिले नै निष्कर्षमा पुग्न सकिँदैन । उनीहरूको उद्देश्य, कसको निर्देशनमा मोबाइल सारियो, मोबाइलमा के–के परिवर्तन भयो र अनुसन्धानलाई प्रभावित पार्ने नियत थियो वा थिएन भन्ने विषय निष्पक्ष छानबिनबाट खुल्नुपर्ने हुन्छ । वलीले जाहेरीसँगै मोबाइलको लोकेसन देखिने गुगल म्यापका सात पाना स्क्रिनसट, डिजिटल प्रमाणमा अनधिकृत पहुँच पुगेको भनिएका दुई पाना विवरण तथा प्रहरी कार्यालयमा अधिकारीहरूको उपस्थितिसँग सम्बन्धित तस्बिर र सीसीटीभी फुटेज भएको पेनड्राइभसमेत पेस गर्नुभएको छ । जाहेरीमा नाम उल्लेख भएका व्यक्तिहरूको संलग्नता र आरोपको सत्यता स्वतन्त्र अनुसन्धानबाट पुष्टि हुन बाँकी छ । उनीहरूलाई आफ्नो पक्ष राख्ने अवसर दिनु र सम्बन्धित निकायले मोबाइल प्रहरीको नियन्त्रणबाहिर कसरी पुग्यो भन्ने विषयमा स्पष्ट जवाफ दिनु पनि उत्तिकै आवश्यक छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकारसहित चार जनाविरुद्ध प्रमाण नष्ट र अनुसन्धानमा हस्तक्षेप गरेको आरोपमा जाहेरी
PoliticsJust now

प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकारसहित चार जनाविरुद्ध प्रमाण नष्ट र अनुसन्धानमा हस्तक्षेप गरेको आरोपमा जाहेरी

काठमाडौं, मंसिर ८ । प्रधानमन्त्री बालेन्द्र शाहका अवैतनिक मुख्य सल्लाहकार कुमार बेन भन्ने कुमार व्यञ्जनकारसहित चार जनाविरुद्ध प्रहरी नियन्त्रणमा रहेका डिजिटल प्रमाणमा अनधिकृत पहुँच पुर्‍याई प्रमाण दबाउने तथा नष्ट गर्ने प्रयास गरेको आरोपमा जाहेरी दरखास्त पेश गरिएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पेश गरिएको जाहेरीमा सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ७ का धन बहादुर वलीले मुलुकी अपराध संहिता, २०७४ को ...

जनताटाइम्स
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः बुधबार बस्ने
PoliticsJust now

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः बुधबार बस्ने

ललितपुर, मङ्सिर ८ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने भएको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिनुभएको जानकारी अनुसार... ...

गोरखापत्र
स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छः महासचिव पोखरेल
PoliticsJust now

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छः महासचिव पोखरेल

दाङ, मङ्सिर ८ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुने उल्लेख गर्दै तोकिएकै समय निर्वाचन हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल... ...

गोरखापत्र
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने
PoliticsJust now

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने

ललितपुर, मंसिर ८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने भएको छ। आज ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बसेको बैठकले विभिन्न समसामयिक तथा सांगठनिक विषयलाई छलफलको कार्यसूचीमा राखेको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गर्नुभएको थियो। महामन्त्री पौडेलले प्रस्तुत गर्नुभएको कार्यसूचीमा ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement