Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाडौं।प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीलाई आगामी दिनमा हुनसक्ने सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। ७१ औं प्रहरी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले सधैँ अग्रभागमा खटिएर जनताको सेवा गर्ने प्रहरीलाई सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको उल्लेख गरे। उनले प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारणको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सरकारले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना बनाएको समेत जानकारी दिए। प्रधानमन्त्री शाहले कर्तव्य पालनाको सिलसिलमा हालैको भोटेकोशी–त्रिशूलीको विपद् तथा विभिन्न कालखण्डमा अमरत्व प्राप्त गरेका प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले कर्तव्य निर्वाहका सिलसिलामा घाइते र अशक्त भएका प्रहरीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे। “हामी ‘विपदमा सारथी, संकटमा छहारी, प्रविधि प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ ७१औं प्रहरी दिवस मनाइरहेका छौं। कार्यक्रममा विमोचन हुने ‘पुलिस मिरर–२०८३’ ले नेपाल प्रहरीको इतिहास र वर्तमानलाई भविष्यको पुस्तासँग जोड्ने र संगठनको सम्झनालाई ताजा राखिरहने अपेक्षा छ”, शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले भनेका छन्। पछिल्लो समय बढ्दै गएको वित्तीय र साइबर अपराध रोकथाम र नियन्त्रणमा सरकार गम्भीर रहेको प्रधानमन्त्रीको भनाइ थियो। यसका लागि नेपाल प्रहरीको सहकार्यमा राष्ट्र बैङ्क, इन्टरनेट र टेलिकम सेवा प्रदायक तथा डिजिटल वालेटलाई एक ठाउँमा ल्याई नागरिकका गुनासा थप प्रभावकारी ढङ्गले सम्बोधन गर्ने व्यवस्था भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले कृत्रिम बुद्धिमत्ता (एआई), ‘एरियल सेक्युरिटी एण्ड सपोर्ट युनिट’ र ‘इन्टिग्रेटेड एन्टिस्काम सेन्टर’ स्थापनाको तयारी भइरहेको पनि बताए। प्रधानमन्त्री शाहले नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, प्रविधि विस्तार र पूर्वाधार निर्माणमा सहयोग गर्ने मित्रराष्ट्र र अन्तर्राष्ट्रिय विकास साझेदारलाई धन्यवाद समेत व्यक्त गरे। “नेपालको आन्तरिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न नेपाल प्रहरी निरन्तर खटिरहेको छ। राष्ट्रसेवकको असली परीक्षा संकटका बेला हुन्छ। संकटको घडीमा हाम्रो धैर्यता, सही निर्णय र कुशल कार्यसम्पादनले नै जुनसुकै संकट टार्न मद्दत गर्दछ”, प्रधानमन्त्रीले दिएको शुभकामना सन्देशमा भनिएको छ। कार्यक्रममा प्रधानमन्त्री शाहले पठाएको शुभकामना सन्देश प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले वाचन गरेर सुनाएका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा
ताजा खबरJust now

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

काठमाडाैँ। विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुमवासी, भूमिहीन दलित तथा अव्यवस्थित परिवार लालपुर्जा पाएसँग जग्गाधनी बनेका छन्।... ...

रातोपाटी
धनुषाधाममा आगलागी हुँदा ९ लाखको धनमाल क्षति
ताजा खबरJust now

धनुषाधाममा आगलागी हुँदा ९ लाखको धनमाल क्षति

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका–९ मा आगलागी हुँदा करिब ९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान ११ः३० बजे स्थानीय देवकुमारी बरालको घरमा आगलागी... ...

रातोपाटी
नेपालको कृषि रूपान्तरणको चरणमाः कृषि विज्ञ
ताजा खबरJust now

नेपालको कृषि रूपान्तरणको चरणमाः कृषि विज्ञ

काठमाडौँ, असोज ३० गते । सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताउनुभएको छ । छयालिसौँ विश्व खाद्य दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कृषि विज्ञहरु... ...

गोरखापत्र
फागुन १ देखि नेपाल फुटबल लिग, चार महिना होम एन्ड अवेमा प्रतिस्पर्धा हुने ,
ताजा खबरJust now

फागुन १ देखि नेपाल फुटबल लिग, चार महिना होम एन्ड अवेमा प्रतिस्पर्धा हुने ,

• नेपाल फुटबल लिग (एनएफएल) आगामी फागुन १ गतेदेखि चार महिनासम्म सञ्चालन हुने भएको छ। • लिगमा काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र झापा एफसीसहित नयाँ टोलीले प्रतिस्पर्धा गर्नेछन्। • लिगलाई निष्पक्ष रूपमा सञ्चालन गर्न स्वतन्त्र समिति गठन गरिनेछ र नेपाली फुटबललाई व्यावसायिक बनाउने लक्ष्य राखिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play