Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

प्रहरीको सर्च एण्ड स्विप अपरेसनमा ३३ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरीको सर्च एण्ड स्विप अपरेसनमा ३३ जना पक्राउ
Photo / Coverage: नेपालन्युज

तनहुँ।जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले लागुऔषध नियन्त्रण, जुवातास, अवैध मदिरा, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग रोकथामलगायतका उद्देश्यले विशेष अभियान सञ्चालन गरेको हो। अपरेसनका क्रममा नियन्त्रणमा लिइएका ३३ जनामध्ये चार जनालाई आफन्तको जिम्मा लगाई छाडिएको छ भने बाँकी २९ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार जिल्लामा शान्ति सुरक्षा कायम गर्न विभिन्न गैरकानुनी गतिविधि नियन्त्रण गर्न प्रहरीले सर्च एण्ड स्विप अपरेसनलाई निरन्तरता दिएको छ। यसैबीच पोखरा–मुग्लिन सडक खण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिइएको छ। आज बजेदेखि सञ्चालन गरिएको कार्यक्रममा विभिन्न सवारीसाधनका चालकलाई सडकको अवस्था, लेन अनुशासन तथा ट्राफिक नियमको पालना गर्नुपर्ने विषयमा सम्झाइबुझाइ गरिएको हो। कार्यक्रमअन्तर्गत ३९ वटा दुईपाङ्ग्रे, ६७ वटा चारपाङ्ग्रे साना तथा ५४ वटा ठूला सवारीसाधनका चालकलाई सचेत गराइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विराटनगरविरुद्ध पोखराले टस जित्यो, पहिले ब्याटिङ गर्ने
Latest NewsJust now

विराटनगरविरुद्ध पोखराले टस जित्यो, पहिले ब्याटिङ गर्ने

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रिएका छन्। पाँच खेलबाट दुई अंक जोडेको पोखरा एभेन्जर्स अंकतालिकाको पुछारमा छ। आजको खेल जित्दै प्रतियोगितामा पुनरागमन गर्ने पोखराको लक्ष्य छ। यता पाँच खेलबाट चार अंक जोडेको विराटनगर ...

केन्द्रबिन्दु
विराटनगरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने
Latest NewsJust now

विराटनगरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई टोलीबिच... ...

रातोपाटी
कपिलवस्तुका पूर्व नगरप्रमुख गुप्ताको निधन
Latest NewsJust now

कपिलवस्तुका पूर्व नगरप्रमुख गुप्ताको निधन

जिल्लाको सदरमुकाम रहेको तौलिहवा गाउँ पञ्चायत हुँदादेखि कपिलवस्तु नगरपालिका बन्दासम्म २५ वर्षभन्दा बढी नेतृत्वमा रहेका रामदास गुप्ताको बिहीबार बिहान निधन भएको हो । ...

कान्तिपुर
चिया पर्यटनको गन्तव्य (फोटो फिचर)
Latest NewsJust now

चिया पर्यटनको गन्तव्य (फोटो फिचर)

• इलामको देउमाई नगरपालिकामा पर्ने पानीटार चिया बगान चिया पर्यटनका लागि प्रमुख गन्तव्य बनिरहेको छ। • यहाँ फिल्म सुटिङ, घुमघाम र चिया खेतीको महत्त्व बुझ्न देश विदेशका पर्यटक आउने गरेका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play