Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

ट्रम्प, सी र पुटिनको त्रिपक्षीय भेटवार्ताको तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रम्प, सी र पुटिनको त्रिपक्षीय भेटवार्ताको तयारी
Photo / Coverage: केन्द्रबिन्दु

वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमण तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितको सम्भावित त्रिपक्षीय भेटवार्ताबारे छलफल भएको छ। चीनको अनुरोधमा नोभेम्बर ११ मा भएको टेलिफोन वार्तामा दुई देशबीचको सम्बन्ध र आगामी उच्चस्तरीय भ्रमणका विषयमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। सन् २०२६ मा हुने एपेक शिखर सम्मेलनका लागि ट्रम्पको चीन भ्रमण र जी-२० शिखर सम्मेलनमा सहभागी हुन सीको फ्लोरिडा भ्रमणबारे पनि छलफल भएको थियो। दुवै पक्षले शान्ति र आणविक हतियार निःशस्त्रीकरणका लागि उच्चस्तरीय संवाद आवश्यक रहेकोमा सहमति जनाएका छन्। यस क्रममा रुससमेत सहभागी हुने त्रिपक्षीय बैठकको सम्भावना अघि सारिएको छ। यसअघि रुबियोले एपेक सम्मेलनका अवसरमा तीन नेताबीच भेटवार्ता गराउने प्रयास भइरहेको बताएका थिए। राष्ट्रपति ट्रम्पले पनि रुस-युक्रेन युद्ध अन्त्य र विश्वव्यापी आणविक नि:शस्त्रीकरणका विषयमा सी र पुटिनसँग छलफल गर्न चाहेको बताएका थिए। युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की सहभागी नभए पनि युद्ध अन्त्यमा सहयोग पुग्ने भए आफू भेटवार्ताका लागि तयार रहेको उनको भनाइ थियो। चिनियाँ विदेशमन्त्री वाङले अमेरिकासँगको सम्बन्ध स्थिर राख्न सञ्चार र सहकार्य बढाउने तथा मतभेदलाई उचित ढंगले समाधान गर्ने चीनको नीति रहेको बताएका थिए। सन् २०२६ का एपेक र जी-२० सम्मेलन सफल बनाउन दुवै देशले एकअर्कालाई सहयोग गर्नुपर्नेमा उनले जोड दिएका थिए। अमेरिका र चीनबीचको पछिल्लो संवादलाई आगामी उच्चस्तरीय भ्रमण र अन्तर्राष्ट्रिय सम्मेलनको तयारीसँगै द्विपक्षीय सम्बन्ध स्थिर बनाउने प्रयासका रूपमा हेरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भेडीगाउँमा गाई मारेको बाघ नियन्त्रणमा लिन सकिएन, डार्ट टोली फर्कियो
Latest NewsJust now

भेडीगाउँमा गाई मारेको बाघ नियन्त्रणमा लिन सकिएन, डार्ट टोली फर्कियो

बोमलाल गिरीनवलपुर, कात्तिक २६ गते । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–५ भेडीगाउँमा आक्रमण गरी स्थानीयका तीनवटा गाई मारेको बाघ नियन्त्रणमा लिन प्राविधिक टोली असफल भएको छ ।गत कात्ति... ...

गोरखापत्र
छठको तयारी सुरु, काठमाण्डुका १७ स्थानमा मनाइने
Latest NewsJust now

छठको तयारी सुरु, काठमाण्डुका १७ स्थानमा मनाइने

काठमाण्डु – छठ पर्वका लागि काठमाण्डु उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ । काठमाण्डुमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको हो । गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पर्व […] ...

काठमाण्डुपाटी
विराटनगरविरुद्ध पोखराको मध्यम सुरुवात, क्रिजमा छन् सामरा
Latest NewsJust now

विराटनगरविरुद्ध पोखराको मध्यम सुरुवात, क्रिजमा छन् सामरा

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले पावरप्लेको समाप्तिमा २ विकेट गुमाएर ४६ रन बनाएको छ। विराटनगर किङ्ग्सविरुद्ध ब्याटिङमा उत्रिएको पोखराले सुरुवातमै आफ्ना दुई महत्त्वपूर्ण ब्याट्सम्यान गुमाउन पुग्यो। ओपनर अर्जुन कुमाल १ रन बनाएर एन्जेलो म्याथ्युजको बलमा आउट भए भने कुशल भुर्तेल खाता नै नखोली चरिथ असालंकाको बलमा एलबीडब्ल्यू आउट भए। सुरुवाती दबाबका ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play