Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

प्रहरीको नयाँ नेतृत्वको प्राथमिकता : अपराधको डिजिटल स्वरूपसँग जुध्न विशेष गुनासो सुनुवाइ संयन्त्र बनाइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरीको नयाँ नेतृत्वको प्राथमिकता : अपराधको डिजिटल स्वरूपसँग जुध्न विशेष गुनासो सुनुवाइ संयन्त्र बनाइने
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले बदलिँदो सुरक्षा चुनौती सामना गर्न नेपाल प्रहरीलाई प्रविधिमैत्री र विशिष्टीकृत बनाउने बताएका छन्। उनले साइबर अपराध, क्रिप्टो कारोबार, डीपफेक, भ्रामक सूचना र संगठित अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रहरी संगठनको कार्यशैलीमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्। बुधबार दज्र्यानी चिह्न ग्रहण गरेपछि प्रहरी संगठनलाई सम्बोधन गर्दै आईजीपी केसीले अपराधको स्वरूप परिवर्तन भइरहेकाले त्यसअनुसार प्रहरीको क्षमता र कार्यशैली पनि परिवर्तन गर्नुपर्ने बताए। साइबर ठगी, डीपफेक, भ्रामक सूचना तथा खुला सीमानाका कारण उत्पन्न सुरक्षा चुनौती सामना गर्न गृह मन्त्रालयसँगको समन्वयमा प्रभावकारी योजना अघि बढाउने उनको भनाइ छ। प्रहरी संगठनको आन्तरिक सुधारलाई पनि प्राथमिकतामा राखेका केसीले तल्लो तहका प्रहरी कर्मचारीका गुनासा सम्बोधन गर्न प्रहरी महानिरीक्षकको सचिवालय मातहत रहने गरी विशेष गुनासो सुनुवाइ संयन्त्र तत्काल स्थापना गर्ने घोषणा गरेका छन्। सरुवा, बढुवा र व्यावसायिक निष्पक्षतामा सुधार गर्दै प्रहरी कर्मचारीको मनोबल बढाउने तथा वरिष्ठ प्रहरी अधिकृतलाई थप जवाफदेही बनाउने उनको योजना छ। विशेषगरी कनिष्ठ प्रहरी अधिकृत तथा तल्लो तहका कर्मचारीका समस्या र गुनासालाई संस्थागत रूपमा सम्बोधन गर्ने संयन्त्र निर्माण गरिने उनले बताए। जलवायु परिवर्तन र प्राकृतिक विपद्का चुनौती सामना गर्न पनि प्रहरीको क्षमता अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिएका छन्। त्यसका लागि पर्याप्त स्रोतसाधन र कानुनी स्पष्टता आवश्यक रहेको उनको भनाइ छ। विगतका द्वन्द्व, भूकम्प र कोभिड–१९ महामारीका बेला नेपाल प्रहरीले निर्वाह गरेको भूमिका र सेवाभावको स्मरण गर्दै आईजीपी केसीले आगामी दिनमा नागरिकले प्रहरीलाई देख्दा डर होइन, भरोसा गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
संखुवासभा गोल्डकप : पहिलो सेमिफाइनलमा प्लानिङ ब्वाइजलाई हराउँदै न्यू स्टार फाइनलमा
Latest NewsJust now

संखुवासभा गोल्डकप : पहिलो सेमिफाइनलमा प्लानिङ ब्वाइजलाई हराउँदै न्यू स्टार फाइनलमा

• न्यू स्टार क्लबले संखुवासभा गोल्डकपको पहिलो सेमिफाइनलमा प्लानिङ ब्वाइजलाई ट्राइबेकरमा ६–५ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। • खेलको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी गरेपछि खेल ट्राइबेकरमा पुगेको थियो। • प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। ...

नेपालबहस
गाेविन्द केसीद्वारा सरकारी टाेलीसँग वार्ता गर्न अस्वीकार, राजनीतिक नेतृत्वकै टोली चाहिने
Latest NewsJust now

गाेविन्द केसीद्वारा सरकारी टाेलीसँग वार्ता गर्न अस्वीकार, राजनीतिक नेतृत्वकै टोली चाहिने

काठमाडौँ। डा. गोविन्द केसीले सरकारद्वारा वार्ताका लागि पठाइएको टोलीसँग वार्ता गर्न अस्वीकार गरेका छन्। बुधबार साँझ वार्ताका लागि शिक्षण अस्पताल पुगेको सरकारी टोलीलाई डा. केसीले आफ्नो अडान सुनाउँदै फिर्ता पठाएका हुन्। डा.... ...

रातोपाटी
बिर्तामोडमा आगलागीबाट ६ करोडको क्षति
Latest NewsJust now

बिर्तामोडमा आगलागीबाट ६ करोडको क्षति

काठमाण्डु– झापाको बिर्तामोडमा आज भएको आगलागीबाट करिब छ करोड बराबरको क्षति भएको छ। आगलागीबाट इलेक्ट्रोनिक पसल, फार्मेसी र दुईतले पक्की घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। बिर्तामोड नगरपालिका–४ स्थित सिद्धार्थ होटलनजिकै रहेको राजेश मण्डलको घरमा आगलागी भएको थियो। घरको दोस्रो तलामा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका […] ...

काठमाण्डुपाटी
निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त
Latest NewsJust now

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्तिपत्र प्रदान गरेका छन्। सो अवसरमा मन्त्री वाग्लेले सफल कार्यकालको शुभकामना दिँदै कोषको संस्थागत गरिमा कायम राख्न र नागरिकको निक्षेप सुरक्षाको ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play