Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ विमोचन

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ विमोचन
Photo / Coverage: हिमालय टाइम्स

ललितपुर । नेपालको लोकतान्त्रिक अभ्यास, नागरिक अधिकार, मानवअधिकार, सुशासन र सार्वजनिक उत्तरदायित्वका विषय समेटिएको पुस्तक ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ विमोचन गरिएको छ । समाचार संस्था मास नेपाल र गोदावरी साहित्य परिषद्को संयुक्त आयोजनामा जनभावना क्याम्पस, चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार प्रा.पुरुषोत्तम दाहालल गायतले उक्त पुस्तक विमोचन गर्नुभएको हो । मानव आवाज अनलाइनका सम्पादक तथा मानवअधिकार पत्रकार रमेशप्रसाद तिमल्सिनाद्वारा लिखित पुस्तकमा लोकतन्त्र, नागरिक अधिकार, मानवअधिकार, सामाजिक न्याय, सुशासन, राज्यको जवाफदेहिता र संक्रमणकालीन न्यायसम्बन्धी ३० लेख समेटिएका छन् । पुस्तक पाँचखण्डमा विभाजन गरिएको छ । विमोचनपछि आयोजित विमर्शमा वक्ताहरूले लोकतन्त्र निर्वाचन र संविधानमा मात्र सीमित नभई नागरिकको दैनिक जीवन र व्यवहारमा अनुभूत हुनुपर्नेमा जोड दिए । प्रमुख अतिथि प्रा.दाहालले लोकतन्त्र गाउँगाउँसम्म पुग्न नसकेको र नागरिकको सार्वभौमिकता सुनिश्चित हुन नसकेकाले लोकतन्त्र अझै प्रश्नको घेरामा रहेको बताउनुभयो । कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा, साहित्यकार गोपाल सञ्जेल, अधिकारकर्मी भावना भट्ट र जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक संस्कार, असहिष्णुताको अन्त्य, अध्ययन संस्कृति र नागरिक अधिकारको व्यावहारिक कार्यान्वयनमा जोड दिनुभयो । कार्यक्रमका अध्यक्ष तथा गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न र त्यसको जवाफ दिनसक्ने वातावरण भएमात्रै लोकतन्त्रको वास्तविक अनुभूति हुने बताउनुभयो । लेखक तिमल्सिनाले पुस्तक आफ्नो समय, समाज, राज्य र लोकतान्त्रिक अभ्यासमाथि गरिएका प्रश्न तथा टिप्पणीहरूको अभिलेख भएको बताउँदै नागरिक जीवनमा अधिकारको प्रत्याभूति र राज्यको जवाफदेहिता नै लोकतन्त्र सुदृढ बनाउने आधार भएको उल्लेख गर्नुभयो ।तीन दशकदेखि पत्रकारिता, मानवअधिकार तथा सामाजिक न्यायका क्षेत्रमा सक्रिय तिमल्सिना रेडियो सगरमाथा, राष्ट्रिय समाचार समिति र इन्सेकलगायत संस्थामा आबद्ध रहेर काम गरिसक्नुभएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मेदान्त र किस्ट हस्पिटल सहकार्यको एक वर्ष
Latest NewsJust now

मेदान्त र किस्ट हस्पिटल सहकार्यको एक वर्ष

काठमाडौं । भारतको मेदान्त-द मेडिसिटी र नेपालको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालबीचको चिकित्सकीय सहकार्यले एक वर्ष पूरा गरेको छ । सहकार्यको एक वर्ष पूरा भएको अवसरमा काठमाडौंमा ‘क्लिनिको-सर्जिकल एक्सिलेन्स इन कोल्याबोरेसन’ विषयक स्वास्थ्यसम्बन्धी छलफल कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विशेषज्ञ चिकित्सकहरूले मुटुसम्बन्धी उपचार र छातीको शल्यचिकित्सामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको बढ्दो प्रयोगबारे चर्चा गरेका थिए । जसले सीमापार ...

हिमालय टाइम्स
हिजो बढेको अस्ट्रेलियन डलर, युरो र पाउन्डको विनिमयदर आज कति?
Latest NewsJust now

हिजो बढेको अस्ट्रेलियन डलर, युरो र पाउन्डको विनिमयदर आज कति?

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर स्थिर छ। शनिबार यी सबै मुद्रा महँगिएका थिए।   आज अमेरिकन डलर १ को खरिददर १४८  रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा छ। हिजो पनि अमेरिकन ... ...

नेपालखबर
बाढी प्रभावितलाई इक्रा नेपालको १० लाख
Latest NewsJust now

बाढी प्रभावितलाई इक्रा नेपालको १० लाख

काठमाडौं । इक्रा नेपाल लिमिटेडले बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । भोटेकोशी तथा त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि सञ्चालन भइरहेको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त सहयोग प्रदान गरेको हो । शुक्रबार आयोजित एक कार्यक्रमबीच इक्रा नेपालकी व्यापार प्रमुख वर्षा श्रेष्ठले अर्थसचिव डा. घनश्याम ...

हिमालय टाइम्स
जापानबाट फर्किएर किवी खेतीमा रमाउँदै घर्ती
Latest NewsJust now

जापानबाट फर्किएर किवी खेतीमा रमाउँदै घर्ती

बागलुङ । वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन् । विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर जापान पुगेका उनी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement