Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री सचिवालय एकपछि अर्को विवादमा:महानिर्देशक र आयोजना प्रमुख पक्रेर सुनकोसी मरिणको ठेक्का रद्द

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री सचिवालय एकपछि अर्को विवादमा:महानिर्देशक र आयोजना प्रमुख पक्रेर सुनकोसी मरिणको ठेक्का रद्द
Photo / Coverage: टक्सार

काठमाडौँ । सुनकोसी मरिण डाइभर्सनको ठेक्का रद्द भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले सिँचाइ विभागका महानिर्देशक निदेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रमुखलाई नियन्त्रणमा लिएर आयोजनाको ठेक्का रद्द गराएको हो । बिहीबार बर्दिबासबाट प्रहरी लगाएर प्रधानमन्त्रीको सचिवालयले महानिर्देशक रजौरिया र आयोजना निर्देशक कृष्णप्रसाद रिजाललाई प्रधानमन्त्री कार्यालयमा ल्याएर ठेक्का रद्द गरायो । आयोजनाले आज ठेक्का रद्द भएको सूचना प्रकाशित गरेको छ । आयोजनाले २०८३ जेठ २५ गते प्रकाशित सूचनामार्फत आव्हान गरिएको निर्माण कार्यको बोलपत्र प्रचलित सार्वजनिक खरिद ऐन,२०६३को दफा ३(२) बमोजिम रद्द गरिएको जानकारी गराएको छ । कात्तिक १५ गते आर्थिक प्रस्ताव खोल्ने मिति तय भएको ठेक्कामा प्रधानमन्त्री कार्यालयले सिधै हस्तक्षेप गरेर रद्द गराएको छ । सुनकोसी मरिणको ठेक्का पहिले रमण कन्स्ट्रक्सन भारतको पटेल जेभीले ठेक्का पाएका थिए । तोकिएको समयमा नसकिएपछि १४ अबए ७ करोड ५९ लाखको ठेक्कामा प्रगति सन्तोषजनक नभएपछि जेनजी आन्दोलनपछि बनेको सरकारका ऊर्जामन्त्री कुलमान घिसिङले ठेक्का रद्द गरेका थिए । यो ठेक्का प्रकरणमा अघिल्ला महानिर्देशक महेश्वर श्रेष्ठलाई ४९ दिनमै सरुवा गरिएको थियो भने त्यसपछि महानिर्देशक बनेर गएका रजैरेलाई प्रधानमन्त्री कार्यालयले पक्राउ गर्न लगाएर ठेक्का रद्द गरेको छ । स्रोतकाअनुसार महानिर्देशक राजैरेले ठेक्का प्रक्रिया विधिसम्मत गरेको भन्दै रद्ध गर्न नमिल्ने बताएका थिए । यो ठेक्का प्रधानमन्त्री कार्यालयको सचिवालयले आफू निकटका व्यक्तिलाई ठेक्का पार्नुपर्ने नभए रद्द गर्नुपर्ने भन्दै दबाब बढाएको थियो । रजौरेले ठेक्का रद्द गर्न सहमत नभएपछि ठेक्का खोल्ने हप्ता नै उनलाई प्रधानमन्त्री कार्यालयले पक्राउ गरेर नियन्त्रणमा लिएको थियो । महानिर्देशक र आयोजना प्रमुखलाई नियन्त्रणमा लिएर ठेक्का खेल्नु एकदिन अघि रद्द गर्न लगाइएको छ । आयोजनाका उच्च अधिकारीहरू किन ठेक्का रद्द भयो भन्नेबारेमा केही बोल्न चाहँदैनन् । “ठेक्का रद्द भएपछि यसबारे जान्ने हक छ,” यसबारे जानकारी होला स्रोतले भन्यो । यो आयोजना ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत छ । ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ देशबाहिर छन् । श्रेष्ठ देशबाहिर भएका बेला यो घटनाक्रम भएको हो । यसअघि प्रधानमन्त्री कार्यालयले पासपोर्ट ठेक्कामा पनि यस्तै शैली अपनाएको थियो । यद्यपी परराष्ट्रमन्त्री शिशिर खनालको अडानका कारण प्रधानमन्त्री सचिवालयको टिम सफल हुन सकेको थिएन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल
Latest NewsJust now

एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडकको निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय प्रशासनले पहल थालेको छ । स्थानीयको माग, निर्माण सामग्रीको अभाव र विद्युत् पोल व्यवस्थापनमा... ...

रातोपाटी
चितवनमा लङ्गुर बुर्जा नियन्त्रण अभियान
Latest NewsJust now

चितवनमा लङ्गुर बुर्जा नियन्त्रण अभियान

चितवन । चितवनमा लङ्गुर बुर्जा खेल्ने क्रम बढेपछि प्रहरीले नियन्त्रण अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी एकाइले दसैँ र तिहारको बिचको अवधिलाई लक्षित गरी... ...

रातोपाटी
एनआरएनए रोमानियाको नयाँ कार्यसमितिले लियो शपथ
Latest NewsJust now

एनआरएनए रोमानियाको नयाँ कार्यसमितिले लियो शपथ

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) रोमानियाको नवनिर्वाचित २५ सदस्यीय कार्यसमितिले आइतबार शपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभार सम्हालेको छ । राजधानी बुखारेस्टस्थित माछापुच्छ्रे रेस्टुरेन्टमा आयोजित समारोहमा... ...

रातोपाटी
भैरहवामा युवा क्रिकेटको जमघट, फ्रेन्डसीप सिरिज
Latest NewsJust now

भैरहवामा युवा क्रिकेटको जमघट, फ्रेन्डसीप सिरिज

रुपन्देही । युवा क्रिकेट खेलाडीको प्रतिभा पहिचान, खेलकौशल विकास र प्रतिस्पर्धात्मक अनुभव अभिवृद्धि गर्ने उद्देश्यले रुपन्देहीमा ‘एकेडेमी फ्रेण्डसीप सिरिज–२०८३’ सुरु भएको छ । रुपन्देही क्रिकेट सङ्घको आयोजनामा आइतबारदेखि भैरहवास्थित सिद्धार्थ क्रिकेट... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play