Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाह भारत भ्रमणमा जाने तयारीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाह भारत भ्रमणमा जाने तयारीमा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ गते भारत भ्रमणमा जाने भएका छन् । उनी नोभेम्बर २२ मा नयाँ दिल्ली पुग्ने र मंसिर ७ गतेदेखि औपचारिक भेटवार्ता तथा छलफलमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदीलगायत उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन् । सोही दिन नेपाल–भारत द्विपक्षीय वार्ता हुने तयारी छ। वार्तामा सीमा सुरक्षा, सीमा विवाद, ऊर्जा, व्यापार, पारवहन, खेलकुद, पूर्वाधार विकास र हवाई मार्गलगायत विषयमा छलफल हुने बताइएको छ । भारतले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनामा सहयोग गर्ने र सो विषयमा सम्झौता हुनसक्ने बताइएको छ । यसैबीच, भारतीय रेल मन्त्रालयले जनकपुरधाम र अयोध्याबीच सीधा रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ । भ्रमणका क्रममा मंसिर ७ गते प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले अयोध्या–जनकपुर रेल सेवाको संयुक्त उद्घाटन गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री शाह मङ्सिर ७ गतेनै स्वदेश फर्किने बताइएको छ यद्यपी भ्रमणबारे औपचारिक निर्णय र घोषणा हुन भने अझै बाँकी रहेको छ । The post प्रधानमन्त्री शाह भारत भ्रमणमा जाने तयारीमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘पासो’ थापेर चोरीशिकारी, वन्यजन्तुको संरक्षणमा चुनौती थपियो
Latest NewsJust now

‘पासो’ थापेर चोरीशिकारी, वन्यजन्तुको संरक्षणमा चुनौती थपियो

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पासो थापेर वन्यजन्तु र पक्षीको अवैध चोरीशिकार हुने गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले वर्षेनी ठूलो सङ्ख्यामा त्यस्ता पासो नियन्त्रणमा लिई हटाउने गरे पनि वन्यजन्तुको चोरीशिकार रोकिएको छैन । आयोजना कार्यालयको आँकडा अनुसार गत आव २०८२–०८३ मा मात्र संरक्षण क्षेत्रभित्रबाट ३४३ पासो हटाइएको थियो । आव २०८१–०८२ मा १७३ […] ...

लोकपथ
जेलमा रहेका इमरान खानले लेखे न्यायाधीशहरुलाई पत्र
Latest NewsJust now

जेलमा रहेका इमरान खानले लेखे न्यायाधीशहरुलाई पत्र

काठमाडौं । पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो र पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै उचित उपचारको व्यवस्था गर्न देशका सर्वोच्च अदालतका न्यायाधीशहरूसँग अपिल गरेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था यस्तै रहे ज्यानसमेत जान सक्ने चेतावनी दिएका छन् । इमरानका वकिल सलमान सफदरले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको खुला पत्रमा उनले लामो समयदेखि एकान्त कारावासमा राखिएको र ...

कर्पोरट खबर
नइ एकेडेमी अस्ट्रेलियाबाट १४ विधामा पुरस्कार प्रदान
Latest NewsJust now

नइ एकेडेमी अस्ट्रेलियाबाट १४ विधामा पुरस्कार प्रदान

नइ एकेडेमी, अस्ट्रेलियाले विभिन्न १४ विधामा ‘नइ उत्कृष्ट पुरस्कार’ प्रदान गरेको छ। अस्ट्रेलियामा नेपाली समुदायको उत्थान, नेपाली भाषा, कला तथा संस्कृतिको संरक्षण र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई ‘नइ पुरस्कार’ बाट सम्मान गरिएको सस्थाले जनाएको छ। बहुसांस्कृतिक नेतृत्व तथा सामुदायिक विकास विधामा डा कृष्ण हमाल... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play