प्रधानमन्त्री शाहको सन्देशःमानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेद जस्ता नकारात्मक सोचलाई त्याग्न मौका मिलोस

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा विदेशमा रहेका सर्वसाधारणमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले पौराणिक मान्यता अनुसार यसै दिन दुर्गा भवानीले महिषासुर जस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गरेको र भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनका रूपमा लिइने उल्लेख गरेका हुन्। विजयादशमी मनाउँदै गर्दा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको उनले बताएका छन्। दुर्गा भवानीले विजय प्राप्त गरे जस्तै हरेक सत्कर्ममा विजय प्राप्त गर्न सकियोस् भन्ने कामना मान्यजनहरूले गर्ने र आशीर्वाद ग्रहण गर्न टाढा रहेका मान्यजनहरूकहाँ समेत मानिसहरू खोजीखोजी पुग्ने गरेको उनले उल्लेख गरे। प्रधानमन्त्री शाहका अनुसार विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेद जस्ता नकारात्मक सोचलाई त्याग्न प्रेरणा दिन्छ। ‘आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ,’ उनले सन्देशमा भनेका छन्, ‘इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ।’ उनले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। यस पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्न र वर्षौँसम्म छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता बाँड्ने अवसर समेत दिने उनले बताएका छन्। प्रधानमन्त्री शाहले आ(आफ्नो ठाउँबाट क्षमता अनुसार विजयादशमी मनाउन र आपसमा सद्भाव, एकता, सम्मान र माया साट्न आह्वान गरेका छन्। ल्ब
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी
काठमाडौँ । विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा नेपाली समाजका कतिपय ठाउँमा रहिआएको छ । दसैँको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न आउने गर्छन् ...

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रममा गिरावट
काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको जनाएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बिहीबार बिहान ५:४५ बजे गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस देखिएको छ। बुधबार सोही समयमा न्यूनतम तापक्रम १४.२ डिग्री सेल्सियस मापन गरिएको थियो। मौसमविद् बिनु महर्जनका अनुसार बुधबारको तुलनामा आज बिहानको प्रारम्भिक तापक्रम घटेको हो। यद्यपि बुधबार बिहान ८:४५ बजेको अन्तिम मापनमा न्यूनतम तापक्रम ...

साउदी अरबमा ड्रोन आक्रमणमा एक नेपालीसहित दुईको मृत्यु
साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामा लाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ। ...

के शरीर दुखिरहनु मांसपेशीको बाथ हो ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्
फाइब्रोमायल्जिया अर्थात् मांसपेशीको बाथमा शरीरका विभिन्न भागमा लामो समयसम्म दुखाइ हुनुका साथै थकान, निद्राको समस्या र एकाग्रतामा कठिनाइ हुन्छ । यो रोग किन लाग्छ, महिलामा यसको अवस्था कस्तो हुन्छ र लक्षण नियन्त्रणका लागि कस्ता उपचार र सावधानी अपनाउन सकिन्छ ? आउनुस् यसबारे बुझौं। ...


