Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
Photo / Coverage: टक्सार

काठमाडाैँ । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन्। ​प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उप-संयोजक विनय शाक्य छन्। यसका साथै टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका ३ जना प्रतिनिधिहरूसहित कुल ३५ जना सदस्य सहभागी छन्। ​भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। साथै, भारतीय समकक्षी नरेन्द्र मोदीसँग भोली मंसिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका रहेको छ। ​भ्रमणका अवसरमा दुई देशबिच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, दुवै देशका नेतृत्वहरूबिच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुने जनाइएकाे छ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिनेछन्। ​भ्रमणको पहिलो दिन आज सम्माननीय प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री महामहिम डा. एस. जयशंकरले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। यस्तै, भोलि सोमबार नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री भ्रमण सम्पन्न गरी यही मंसिर ७ गते साँझ १८:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने तालिका छ। भ्रमण टोली नेपाल फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी दिन पत्रकार सम्मेलन गर्नेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री शाह भारततिर (तस्बिरहरु)
Latest NewsJust now

प्रधानमन्त्री शाह भारततिर (तस्बिरहरु)

काठमाण्डु– प्रधानमन्त्री बालेनद्र शाह दुई दिने भारत भ्रमणका लागि छिमेकी मुलुक प्रस्थान गरेका छन्।प्रधानमन्त्री शाह आइतबार दिउँसो २ बजे त्रिभुवन विमानबाट भारत उडेका हुन्। उनको विदाईका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रवक्ता जगदीश खरेल गृहमन्त्री सुदन गुरुङ र कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ उपस्थित भए । प्रधानमन्त्रीले यसपटक भ्रमणका क्रममा भद्दा औपचारिकता खोजेका […] ...

काठमाण्डुपाटी
हेटौँडा बसपार्कमा रातभर मदिरा र पेट्रोल बिक्री, प्रहरी कहाँ छ ?
Latest NewsJust now

हेटौँडा बसपार्कमा रातभर मदिरा र पेट्रोल बिक्री, प्रहरी कहाँ छ ?

• हेटौँडा बसपार्कमा राति १० बजेपछि मदिरा बिक्रीमा प्रतिबन्ध भए पनि स्थानीयवासीले लुकिछिपी मदिरा बिक्री भइरहेको गुनासो गरेका छन्। • नक्कली राइडर र अव्यवस्थित सवारी सञ्चालनका कारण यात्रुको सुरक्षा र भाडा असुलीमा समस्या उत्पन्न भएको छ। • स्थानीयवासी र स्वतन्त्र चालक संघले प्रशासनलाई प्रभावकारी निगरानी र कारबाही गर्न माग गरेका छन्। ...

नेपालबहस
यस्तो छ प्रधानमन्त्री बालेन बस्ने ताज होटल
Latest NewsJust now

यस्तो छ प्रधानमन्त्री बालेन बस्ने ताज होटल

नयाँदिल्ली । प्रधानमन्त्री बालेन शाह बालेन आज आइतबार अपराह्न दुई दिने भ्रमणका लागि नयाँ दिल्ली आइपुग्दैछन् । उनको बसाइ ताज होटलमा हुने तय भएको छ । उनी विमानस्थलबाट सिधै होटल पुग्ने... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play