Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा रु १६ लाख ४० हजार २१८ आर्थिक सहयोग गरेको छ। परिषद्ले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माण तथा पुन:स्थापनाका लागि शुक्रबार साँझ काठमाडौँका प्रमुख जिल्ला अधिकारीमार्फत उक्त रकम सहयोग गरेको हो। परिषद्ले ठमेलमा शुक्रबार साँझ आयोजना गरेको ‘ठमेल क्षेत्रको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तरक्रिया’ कार्यक्रममा परिषद्का अध्यक्ष राजुमान डङ्गोलले काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो। यसैबीच, कार्यक्रममा काठमाडौँका प्रजिअ पौडेलले विपद्को क्षणमा ठमेल क्षेत्रका घरधनी तथा व्यवसायीले पीडितका लागि गरेको सहयोगको उच्च प्रशंसा गर्नुभयो। परिषद्का कोषाध्यक्ष किन्चु ल्हामु भुटिया श्रेष्ठले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पुनर्निर्माण, भौतिक संरचनाको पुन:स्थापना तथा प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले परिषद्ले उक्त रकम सहयोग गरेको जानकारी दिनुभयो। पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय रहँदै आएको परिषद्ले विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ। भोटेकोशी क्षेत्रमा आएको बाढीले जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको अवस्थामा परिषद्ले रसुवामा पुगेर रु २५ लाख बराबरको खाद्यान्न, भाडाकुँडा र लत्ताकपडा वितरण गरेको परिषद्का महासचिव पशुपति कँडेलले जानकारी दिनुभयो। परिषद्ले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकार, निजी क्षेत्र तथा विभिन्न सङ्घसंस्थाबीच सहकार्य र एकताबद्ध प्रयास आवश्यक रहेको जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रामायण : तेस्रो दिन एडभान्स बुकिङबाटै ४७ करोड कलेक्सन
Latest NewsJust now

रामायण : तेस्रो दिन एडभान्स बुकिङबाटै ४७ करोड कलेक्सन

काठमाडौँ । रणवीर कपुर र यश स्टारर बहुप्रतिक्षित पौराणिक चलचित्र ‘रामायण’ले प्रदर्शनको तेस्रो दिनका लागि अग्रिम टिकट बिक्री (एडभान्स बुकिङ) मा आक्रामक व्यापार गरेको छ। बक्स अफिसमा बलियो उपस्थिति जनाउँदै... ...

रातोपाटी
सप्तकोशी बोट दुर्घटनाको छानबिन प्रतिवेदन तयार हुँदै, जल यातायातमा प्रतिबन्ध
Latest NewsJust now

सप्तकोशी बोट दुर्घटनाको छानबिन प्रतिवेदन तयार हुँदै, जल यातायातमा प्रतिबन्ध

छानबिन समितिले दुर्घटनाको कारण, बोटको प्राविधिक अवस्था, चालक तथा सञ्चालकको जिम्मेवारी, यात्रुको सुरक्षा व्यवस्था, उद्धार कार्यको प्रभावकारिता र नियमनकारी निकायको भूमिकालगायत विषयमा अध्ययन गरिरहेको जनाएको छ । ...

कान्तिपुर
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ: महामन्त्री सङ्ग्रौला
Latest NewsJust now

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ: महामन्त्री सङ्ग्रौला

काठमाडौँ, कात्तिक २१ गते । नेपाली कांग्रेसकी महामन्त्री डा डिला सङ्ग्रौला पन्तले पार्टीको १५ औँ महाधिवेशनबाट कांग्रेस युवामय बनेको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ गोरखा-काठमाड... ...

गोरखापत्र
काग तिहारमा रमेश दुलालले भेला पारे सयौँ काग
Latest NewsJust now

काग तिहारमा रमेश दुलालले भेला पारे सयौँ काग

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर कलाकार रमेश दुलालले यस वर्ष पनि काठमाडौंमा २३औँ काग सम्मेलन सम्पन्न गरेका छन् । आफ्नो मुखबाट कागको हुबहु आवाज निकालेर काग भेला पार्ने अनौठो कलाका कारण चर्चामा रहने दुलालले शनिबार बिहान नारायणहिटी दरबारमार्ग परिसरमा सम्मेलन आयोजना गरेका हुन् । राष्ट्रिय संगीतकर्मी संघ र इलामको सन्दकपुर गाउँपालिकाको आयोजनामा सम्पन्न सम्मेलनमा दुलालले ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play