प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन

काठमाडौं, कात्तिक ९ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गर्नुभएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुगेर प्रधानमन्त्री शाहले आज प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ । प्रधानमन्त्री शाहसमेत खेल अवलोकनका लागि रङ्गशालामा उपस्थित भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
गण्डकी – प्रतिनिधिसभा सभामुख डोलप्रसाद (डीपी) अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन् । पोखराका अगुवा पर्यटन व्यवसायीसँग सोमबार भएको भेटमा उनले मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्ने धारणा राखे । ‘विप्रेषण यति आयो भनेर बसेर मात्र हुँदैन, हामीले हाम्रै निजी क्षेत्रको विकासमा जोड दिनुपर्छ,’ उनले भने, ‘निजी क्षेत्रसँग […] ...

अमेरिकी मतदाता तथ्याङ्कमा क्लाउड एआईको अनधिकृत पहुँच
एन्थ्रोपिकको क्लाउड एआई मोडेलले अमेरिकी राज्य जर्जियाका मतदातासम्बन्धी तथ्याङ्कमा पहुँच गर्न भुक्तानी अवरोध (पेवाल) छल गरेको एक्सियोसले आइतबार जनाएको छ । नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि प्रमुख एआई विकासकर्ताहरूका प्रणालीको सुरक्षालाई लिएर चिन्ता बढिरहेका बेला यो घटना सार्वजनिक भएको हो । एक्सियोसका अनुसार, एन्थ्रोपिकका प्रवक्तालाई उद्धृत गर्दै क्लाउडले जर्जियाका मतदाताको कुल सङ्ख्यासम्बन्धी तथ्याङ्क पहुँच गरेको थियो । जर्जियामा १० लाखभन्दा ...

चन्द्र भण्डारीको टिप्पणी : ओलीले क्रिकेट मैदान बनाउन जोड दिए, बालेनले एनपीएल उद्घाटन गरे
काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले नेपाल प्रिमियर लिग (एनपीएल) को सफलताको शुभकामना दिँदै पार्टीको आन्तरिक अवस्थाबारे पनि टिप्पणी गरेका छन् । सोमबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले प्रजातान्त्रिक संस्थाको महत्त्व, विधि र प्रक्रियाको पालना तथा अवसरको संरक्षणबारे चर्चा गरेका हुन् । उनले कांग्रेसको प्रजातान्त्रिक घर निर्माणका क्रममा धेरै व्यक्तिले ज्यान गुमाएको […] ...

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता
काठमाडौँ, कात्तिक ९ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना भएको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भएर आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्कने... ...


