काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिएका छन्। बिहीबार सिंहदरबारमा भएको शिष्टाचार भेटका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै भ्रमणको तयारी तीव्र पारिएको जानकारी गराए। भेटमा प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशी बाढीपछि भारतले राहत तथा उद्धारमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे। उनले नेपालको खेलकुद विकासमा भारतसँग सहकार्य गर्ने विषयमा पनि चासो राखे। मिस्रीले नेपाल–भारतबीच ऊर्जा, जलस्रोत, व्यापार, पारवहन र उड्डयन क्षेत्रका द्विपक्षीय बैठकहरू सफल भएको बताए। साथै, अयोध्यादेखि जनकपुरसम्म रेल सेवा सञ्चालनको तयारी पूरा भएको र बिहीबार रेल परीक्षणसमेत गरिएको जानकारी दिए।
प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

Read Complete Original Article
Published originally on नेपालन्युज






