Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री पत्नीलाई सूर्य थापाको प्रश्न : रातो कार्पेटमा निलो सल लतार्दै हिँड्ने पम्फादेवीकै नक्कल हो की अरु कसैको प्रभाव ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री पत्नीलाई सूर्य थापाको प्रश्न : रातो कार्पेटमा निलो सल लतार्दै हिँड्ने पम्फादेवीकै नक्कल हो की अरु कसैको प्रभाव ?
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १६ । प्रधानमन्त्री बालेन्द्र साहकी पत्नी सविना काफ्लेको पहिरनलाई लिएर नेकपा एमालेका नेता सूर्य थापाले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्री पत्नीको सार्वजनिक उपस्थितिमा देखिएको पहिरनलाई पञ्चायतकालीन ‘पम्फादेवी’ को प्रसंगसँग जोड्दै उहाँले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गर्नुभएको हो।

प्रधानमन्त्री पत्नी काफ्ले हालै एक कार्यक्रममा रातो कार्पेटमा हिँडिरहेको तस्बिर सामाजिक सञ्जालमा चर्चामा आएपछि नेता थापाले उक्त तस्बिरलाई आधार बनाएर आफ्नो टिप्पणी सार्वजनिक गर्नुभएको छ । थापाले फेसबुकमा काफ्लेको तस्बिर राख्दै पञ्चायतकालको अन्त्यतिर तत्कालीन राजपरिवारसँग जोडिएर चर्चामा रहेको ‘पम्फादेवी’ प्रसंग स्मरण गर्नुभएको छ। उहाँले प्रधानमन्त्रीको पहिरन शैली र प्रधानमन्त्री पत्नीको सार्वजनिक उपस्थितिलाई समेत व्यङ्ग्यको विषय बनाउनुभएको छ।

थापाले लेख्नुभएको छ, “अहिले निलो सल लगाउँदै हिँड्ने नयाँ भेरियन्ट सार्वजनिक भयो । महेन्द्रको नक्कल गर्दै रिमिक्समा गोल्डस्टार सेतो जुत्ता, कालो टिसर्ट र कोट लगाएर संसदमा जाने अभ्यास त छँदै थियो । रातो कार्पेटमा यो निलो सल लतार्दै खच्याङखच्याङ हिँड्ने पनि पम्फादेवीकै नक्कल हो की अरु कसैको प्रभाव छ ?”

उहाँले प्रधानमन्त्री र फर्स्ट लेडीको पहिरनका लागि निश्चित ड्रेसकोड हुनुपर्ने मान्यताका आधारमा आफूले यस्तो टिप्पणी गरेको पनि उल्लेख गर्नुभएको छ।

पञ्चायतकालमा ‘पम्फादेवी’ भन्ने उपनाम तत्कालीन रानी ऐश्वर्यसँग जोडिएर चर्चामा रहेको थियो। त्यही प्रसंगलाई वर्तमान राजनीतिक नेतृत्वको परिवारसँग जोडेर गरिएको थापाको टिप्पणीले प्रधानमन्त्री पत्नीको सार्वजनिक छवि, पहिरन र राजनीतिक व्यङ्ग्यको सीमाबारे बहस जन्माएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१३ करोड मतदाताको नाम हटाइएको विरोधमा भारतमा प्रदर्शन, निर्वाचन प्रमुखको राजीनामा माग
PoliticsJust now

१३ करोड मतदाताको नाम हटाइएको विरोधमा भारतमा प्रदर्शन, निर्वाचन प्रमुखको राजीनामा माग

भारतको निर्वाचन नामावलीबाट करिब १३ करोड मतदाताको नाम हटाइएको भन्दै निर्वाचन आयोगविरुद्ध नयाँदिल्लीमा प्रदर्शन भएको छ । प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आइएनसी) को आह्वानमा आइतबार भएको प्रदर्शनमा निर्वाचन प्रमुखको राजीनामा माग गरिएको छ । ‘भोट बचाऊ, देश बचाऊ’ नारासहित आयोजित प्रदर्शनमा विपक्षी दलका नेता, क्षेत्रीय दलका प्रतिनिधि, विद्यार्थी संगठन, राजनीतिक समूह तथा नागरिक समाजका प्रतिनिधि सहभागी भएका थिए । ...

फरकधार
पत्रकारमाथि धरपकड बढ्दै, दोषीलाई कारबाही नहुँदा दण्डहीनता मौलाएको भन्दै चिन्ता
PoliticsJust now

पत्रकारमाथि धरपकड बढ्दै, दोषीलाई कारबाही नहुँदा दण्डहीनता मौलाएको भन्दै चिन्ता

नेपालमा पत्रकारमाथि हुने धम्की, आक्रमण, धरपकड, पक्राउ तथा सञ्चारमाध्यममाथिको आक्रमणका घटनामा दोषीमाथि कारबाही हुन नसकेको भन्दै पत्रकारिता क्षेत्रका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन्।  पत्रकारिताविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा उनीहरूले पत्रकारमाथि हुने अपराधको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन र पत्रकारले निर्भयपूर्वक काम गर्न सक्ने वातावरण बनाउन राज्यसँग माग गरेका छन् ।  उनीहरूले विगतदेखि नै पत्रकारमाथि भएका विभिन्न ...

फरकधार
खेतभरि धानका बोट, बालामा दाना छैनन्
PoliticsJust now

खेतभरि धानका बोट, बालामा दाना छैनन्

गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि विभिन्न रोग देखिनु, पाक्ने बेलासम्म बाला नलाग्नु र थन्क्याउने समयमा खोक्रा बाला (टाटला) मात्रै भेटिएपछि चितवनको माडीका किसान चिन्तित बनेका छन् ।  नयाँ जातको धान लगाउँदा उत्पादनमा कमी आएपछि वर्षभरि खाने अन्न जुटाउन समेत समस्या हुने चिन्ता थपिएको हो । धानखेतीमा भएको क्षति र समस्याको समाधान खोज्दै किसान अहिले दिनहुँजसो नगरपालिकाको कृषि ...

फरकधार
कांग्रेसविरुद्धका आरोप निराधार रहेको गगन थापाको सचिवालयको दाबी, सरकारले विषयान्तर गरेको आरोप
PoliticsJust now

कांग्रेसविरुद्धका आरोप निराधार रहेको गगन थापाको सचिवालयको दाबी, सरकारले विषयान्तर गरेको आरोप

काठमाडौं । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचार र लगाइएका आरोपप्रति गम्भीर आपत्ति जनाउँदै ती समाचार निराधार, कपोलकल्पित र भ्रम फैलाउने उद्देश्यबाट प्रेरित रहेको जनाएको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सचिवालयले जारी गरेको विज्ञप्तिमा सरकारका पछिल्ला स्वतन्त्रताविरोधी गतिविधि र घटनाबाट जनताको ध्यान अन्यत्र मोड्न प्रतिपक्षी दलमाथि सुनियोजित […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play