काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ७ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको उक्त निकायले आज एक सूचना जारी गर्दै सो जानकारी दिएको हो। विभिन्न सरकारी निकायबाट प्राप्त सिफारिसका आधारमा ती कम्पनीलाई कारबाही गरिएको कार्यालयले जनाएको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सम्झौताअनुसारको काम समयमै सम्पन्न नगरेका कारण ती निर्माण व्यवसायीहरूलाई कालो सूचीमा राखिएको हो। कालो सूचीमा परेका कम्पनीहरूले अब १ वर्षदेखि अढाई वर्षसम्मको अवधिमा कुनै पनि सरकारी खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्। कार्यालयले तोकिएको अवधिभर ती कम्पनीहरूलाई सार्वजनिक निकायको कुनै पनि ठेक्कापट्टा वा खरिद कारबाहीमा सहभागी हुन प्रतिबन्ध लगाएको छ।
प्रधानमन्त्री कार्यालयद्वारा ७ निर्माण कम्पनी कालो सूचीमा

Read Complete Original Article
Published originally on नेपालन्युज





