Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीको भारत भ्रमणमा द्विपक्षीय सम्बन्ध र थाती मुद्दालाई प्राथमिकता दिन सुझाव

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीको भारत भ्रमणमा द्विपक्षीय सम्बन्ध र थाती मुद्दालाई प्राथमिकता दिन सुझाव
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउनुका साथै लामो समयदेखि थाती रहेका द्विपक्षीय मुद्दा समाधान गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने सुझाव दिइएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारसमेत रहिसक्नुभएका राजन भट्टराईले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध, सम्पर्क सञ्जाल र आपसी सहकार्य विस्तार गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ । भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै भट्टराईले नेपाली प्रधानमन्त्रीको भारत भ्रमण करिब साढे दुई वर्षपछि हुन लागेकाले यसको कूटनीतिक महत्त्व रहेको बताउनुभयो । दुई देशबीच विभिन्न विषयमा सहकार्य र समन्वय आवश्यक रहेकाले नियमित उच्चस्तरीय भ्रमण तथा संवाद महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । ‘भारत र नेपालबीच धेरै विषय र सम्झौता छन् । हामी सबैभन्दा निकट छिमेकी हौँ । दुई देशबीच यति धेरै साझा मुद्दा र सहकार्यका क्षेत्र भएकाले उच्चस्तरीय भ्रमण र आपसी समझदारी सधैँ महत्त्वपूर्ण हुन्छन्,’ उहाँले भन्नुभयो । भारत नेपालको प्रमुख विकास साझेदार, सबैभन्दा ठूलो व्यापार साझेदार तथा प्रमुख लगानीकर्ता भएकाले भ्रमणका क्रममा विकास सहकार्यलाई प्राथमिकता दिनुपर्ने भट्टराईले बताउनुभयो । विपद्पछिको पुनर्निर्माण तथा संकटका समयमा भारतले गर्दै आएको सहयोगलाई निरन्तरता दिने विषयमा पनि छलफल हुनुपर्ने उहाँको सुझाव छ । त्यस्तै, जलवायु परिवर्तन, कृत्रिम बौद्धिकता (एआई) र आधुनिक प्रविधिको प्रयोगमार्फत विकासलाई तीव्रता दिने विषयमा दुई देशबीच सहकार्यको सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो । सडक तथा हवाई सम्पर्क विस्तार, पेट्रोलियम पाइपलाइनको विस्तार र ग्यास पाइपलाइन निर्माणको सम्भावनाबारे पनि भ्रमणका क्रममा छलफल गर्नुपर्ने उहाँको भनाइ छ । क्रिकेट पूर्वाधार विकासलगायतका क्षेत्रमा समेत आपसी सहकार्य अघि बढाउन सकिने उहाँले बताउनुभयो । आठ वर्षदेखि थाती ईपीजी प्रतिवेदनलाई प्राथमिकता दिनुपर्ने भट्टराईले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनलाई पनि प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा प्राथमिकताका साथ उठाउनुपर्ने विषयका रूपमा प्रस्तुत गर्नुभएको छ । नेपाल र भारतका प्रतिनिधि सम्मिलित उक्त समूहले दुई देशबीचको सम्बन्धको समग्र अवस्थाबारे अध्ययन गरी सहमतिमा तयार पारेको प्रतिवेदन करिब आठ वर्षदेखि कार्यान्वयन प्रक्रियामा अघि बढ्न नसकेको उहाँले बताउनुभयो । प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा उक्त प्रतिवेदनले प्राथमिकता पाउने र त्यसलाई सकारात्मक निष्कर्षमा पुर्‍याउने दिशामा छलफल हुने अपेक्षा आफूले गरेको उहाँको भनाइ छ । ‘हामीलाई भारतसँग अत्यन्त राम्रो सम्बन्ध आवश्यक छ र हाम्रो अपेक्षा पनि यही हो,’ भट्टराईले भन्नुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीको भारत भ्रमण : रविलाई जानकारी गराए, राष्ट्रपतिलाई गराएनन्
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमण : रविलाई जानकारी गराए, राष्ट्रपतिलाई गराएनन्

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ आज भारत भ्रमणमा जाँदैछन् । पौने २ बजे भारततर्फ प्रस्थान गर्न लागेका प्रधानमन्त्री शाहले यसअघिका प्रधानमन्त्री जस्तो कुनै पनि औपचारिकता पूरा नगर्ने भएका छन् । पूर्वप्रधानमन्त्रीहरुसँग छलफल, सुझाव माग्नेदेखि उठाउनुपर्ने विषयमा राय माग्ने काम प्रधानमन्त्रीले गरेनन् । साथै देश बाहिर जाँदा राष्ट्रपतिसँग परामर्श गर्ने, जानकारी गराउने काम समेत उनले […] ...

लोकपथ
घोप्टेभिरको डाँडाबाट जोखिमपूर्ण भाग झार्न थालियो
Latest NewsJust now

घोप्टेभिरको डाँडाबाट जोखिमपूर्ण भाग झार्न थालियो

चितवन । पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु गरिएको छ । शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थालिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार शनिबार नागढुङ्गा तर्फबाट बाटो बनाएर घोप्टेभिरको माथिल्लो भागमा एक्साभेटर पुर्‍याइएको थियो । उक्त एक्साभेटरले आजदेखि डाँडाको जोखिमपूर्ण र झर्न सक्ने ढिस्को काट्न ...

केन्द्रबिन्दु
यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
Latest NewsJust now

यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’

काठमाडौं– घरजग्गा तथा निर्माण व्यवसायलाई चलायमान बनाउने, स्वदेशी लगानी आकर्षित र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने लक्ष्यसहित चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ । नारायणी जग्गा तथा आवास व्यवसायी सङ्घ, भी ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा यही मङ्सिर २५ देखि २७ गतेसम्म भरतपुरस्थित चितवन उद्योग सङ्घको एक्स्पो सेन्टरमा सञ्चालन हुन लागेको हो । एक्स्पोका बारेमा जानकारी दिन आज ...

विश्वखबर
यस्तो छ प्रधानमन्त्री शाहसँग भारत जाने ३५ सदस्यीय भ्रमण टोली
Latest NewsJust now

यस्तो छ प्रधानमन्त्री शाहसँग भारत जाने ३५ सदस्यीय भ्रमण टोली

प्रधानमन्त्री बालेन्द्र शाहसँग भारत भ्रमणमा ३५ जना प्रतिनिधिमण्डल भारत गएका छन्।  भ्रमणदलको सदस्यमा अर्थ र परराष्ट्रमन्त्री सहभागी छन्।  त्यसबाहेक, प्रधानमन्त्रीको सचिवालयका सदस्यहरु, मन्त्रालयका सचिव सहित कर्मचारीहरु भ्रमण दलको सदस्यमा छन्।  बालेन्द्र शाह नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरू ज्ञ। सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाह द्द। माननीय डा। स्वर्णिम ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play