प्रधानन्यायाधीश र न्यायाधीशको नाम इनमसँग जोडिएपछि न्यायाधीशहरूले मागे आन्तरिक छानबिन समिति

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर सार्वजनिक रूपमा प्रश्न उठेपछि सर्वोच्च अदालतमा आन्तरिक छानबिनको माग उठेको छ। यस विषयमा छलफल गर्न शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बसेको थियो। बैठकमा सहभागी अधिकांश न्यायाधीशले न्यायालयको गरिमा र विश्वसनीयता कायम राख्न अदालतभित्रैबाट निष्पक्ष छानबिन समिति गठन गर्नुपर्ने धारणा राखेका छन्। मुद्दाको पेसी निर्धारणका लागि गोला प्रक्रिया सुरु हुनुअघि बसेको आकस्मिक बैठकमा वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लबाहेक अन्य सबै न्यायाधीश सहभागी थिए। बैठकको सुरुवातमा न्यायाधीश हरिप्रसाद फुयाँलले पछिल्लो समय चर्चामा रहेको ‘इनम’सँगको कुराकानीबारे आफ्नो धारणा राखेका थिए। उनले इनम प्रधानमन्त्रीको नाम लिएर आफूहरूसमक्ष आएको र त्यसपछि ह्वाट्सएपमा कुराकानी भएको स्वीकार गरेका थिए। तर, कुनै पनि न्यायिक विचलन हुने काम नगरेको उनको दाबी थियो। सर्वोच्च स्रोतका अनुसार न्यायाधीश फुयाँलले इनमले भनेअनुसार कुनै फैसला नभएको र अदालतमा उपस्थित कुनै पनि न्यायाधीशले उनको अनुकूल हुने गरी न्याय सम्पादन नगरेको बताएका थिए। बरु आफूहरूले प्रधानमन्त्रीको सचिवालयलाई जानकारी गराएपछि मात्रै इनमलाई पक्राउ गर्ने वातावरण बनेको उनको भनाइ थियो। आफ्नो र प्रधानन्यायाधीशको नामसमेत जोडिएर प्रश्न उठेकाले वास्तविकता बाहिर ल्याउन अदालतभित्रैबाट निष्पक्ष छानबिन समिति गठन गर्नुपर्ने माग पनि उनले राखेका थिए। बैठकमा न्यायाधीशहरू नित्यानन्द पाण्डेय, मेघराज पोखरेल, महेश शर्मा पौडेल, श्रीकान्त पौडेल र शारंगा सुवेदीलगायतले पनि धारणा राखेका थिए। उनीहरूले न्यायालयमाथि लागेको आरोप गम्भीर भएकाले यसको निष्पक्ष छानबिन गरी निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका थिए। बैठकमा सहभागी एक न्यायाधीशका अनुसार संसद्ले आफ्नो तर्फबाट के गर्छ भन्ने विषय अलग भए पनि न्यायालयले स्वयं आन्तरिक छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने धारणा राखिएको थियो। यस विषयमा थप छलफल गरी आवश्यक निर्णय गर्न आगामी सोमबार पुनः फुलकोर्ट बैठक बस्ने सहमति भएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नेपाली बजारमा एलजी वाटर प्युरिफायरको लोकप्रियता बढ्दै
काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै एलजी वाटर प्युरिफायरले उपभोक्तामाझ लोकप्रियता हासिल गर्न थालेको कम्पनीले जनाएको छ। उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिल ट्याङ्की र निःशुल्क मर्मतसम्भार सुविधाका कारण यसको बिक्रीले बजारमा राम्रो गति लिएको कम्पनीको दाबी छ। एलजी वाटर प्युरिफायरमा सेडिमेन्ट फिल्ट्रेसन, एन्टी-स्केलेन्ट ट्रीटमेन्ट, कार्बन फिल्ट्रेसन, रिभर्स अस्मोसिस (आरओ) तथा मिनरल बुस्टर/पोस्ट-कार्बन फिल्ट्रेसनसहितको बहुस्तरीय शुद्धीकरण प्रणाली ...

एन प्याब्सन निलम्बनमा
सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ । ...

गुगलको सेयर मूल्यमा ऐतिहासिक गिरावट, गुम्यो ५०० अर्ब अमेरिकी डलर
काठमाडौं– अमेरिकी प्रविधि कम्पनी गुगलको मातृ कम्पनी अल्फाबेटको सेयर मूल्यमा ऐतिहासिक गिरावट आएको छ । कम्पनीको सेयर मूल्य एकै दिन १३ प्रतिशतले घटेर बन्द भएको हो । सन् २००४ मा सेयर बजारमा सूचीकृत भएयता अल्फाबेटको यो एक दिनको सबैभन्दा ठूलो गिरावट हो । यससँगै कम्पनीको बजार मूल्य करिब ५०० अर्ब अमेरिकी डलर घटेको छ । कम्पनीले सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरणमा निःशुल्क ...

कांग्रेस इतरले महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीका अनुसार महाधिवेशनका लागि काठमाडौंका तीन स्थान तय गरिएको छ । महाधिवेशन खुलामञ्चमा हुनेछ भने सहभागीहरूका लागि भृकुटीमण्डपको बगैँचा क्षेत्रमा खानाको व्यवस्था गरिनेछ । त्यस्तै, मतदान राष्ट्रियसभा गृहमा हुनेछ । आगामी मंसिर २१ देखि २३ […] ...


