Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

प्रधानन्यायाधीश तथा न्यायाधीशहरूसँग जोडिएका विषयमा निष्पक्ष छानबिन हुनुपर्छ : पद्मा अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानन्यायाधीश तथा न्यायाधीशहरूसँग जोडिएका विषयमा निष्पक्ष छानबिन हुनुपर्छ : पद्मा अर्याल
Photo / Coverage: पर्दाफास

नेकपा एमालेले संसद बैठक तत्काल आह्वान गर्न सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गरेको छ । एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल र सांसद गुरु बरालले सभामुख अर्याललाई भेटेर संसदलाई क्रियाशील बनाउन अनुरोध गरेका हुन् । सभामुखको कार्यकक्षमा भएको भेटमा समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भएको थियो । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपनेता अर्यालले जनताका समस्या उठाउने र सरकारलाई जवाफदेही बनाउने प्रमुख थलो संसद भएकाले बैठक तत्काल बोलाउन आग्रह गरिएको बताइन् । उनले पछिल्लो समय पत्रकारमाथि भइरहेको धरपकड, समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने तथा समाचारको स्रोत खोज्ने कार्य लोकतन्त्रका लागि गम्भीर विषय भएको बताइन् । त्यस्तै, महँगी नियन्त्रण, ग्यास अभाव र जनजीविकासँग जोडिएका समस्याबारे संसदमा छलफल हुनुपर्ने उनको भनाइ थियो । ‘संसद जीवितै छ, संसद क्रियाशील बनाउन सकिन्छ । अध्यादेशबाट होइन, संसदबाट नै कानुन निर्माण गर्ने कुरा, जनताका समस्यालाई मुखरित गर्ने कुरा र सरकारलाई जवाफदेही बनाउने काम संसदले नै गर्ने हो,’ उनले भनिन् । अर्यालका अनुसार सभामुखले आफू संसद् आह्वानको तयारीमा रहेको र छिट्टै बैठक बोलाउने बताएका छन् । प्रधानन्यायाधीश तथा न्यायाधीशहरूसँग जोडिएका पछिल्ला समाचारबारे एमाले गम्भीर रहेको उल्लेख गर्दै उनले निष्पक्ष छानबिन हुनुपर्ने बताइन् । समाचार सार्वजनिक हुँदैमा कसैलाई दोषी ठहर गर्न नमिल्ने उनको भनाइ थियो । ‘समाचार आउँदैमा सबै दोषी हुन् भन्ने निष्कर्षमा पनि हामी पुग्न सक्दैनौँ । आएका समाचार सबै सत्य हुन्छन् भन्ने पनि हुँदैन,’ उनले भनिन्, ‘पहिलो नम्बरमा छानबिन हुनुपर्छ भन्ने नेकपा एमालेको कुरा हो ।’ उनले न्याय परिषद्, सर्वोच्च अदालतको पूर्ण इजलास वा संसद्को समितिमार्फत विषयको निष्पक्ष अध्ययन तथा छानबिन गर्न सकिने बताइन् । महाभियोग प्रस्ताव संसदमा दर्ता भएको अवस्थामा सभामुखले कार्यव्यवस्था परामर्शमा ११ सदस्यीय छानबिन समिति गठन गर्नसक्ने व्यवस्था रहेको पनि उनले उल्लेख गरिन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कुकुर तिहारबारे उत्कृष्ट रिल बनाउनेलाई एक लाख पुरस्कार, सरकारको आह्वान
OthersJust now

कुकुर तिहारबारे उत्कृष्ट रिल बनाउनेलाई एक लाख पुरस्कार, सरकारको आह्वान

तपाईं कुकुरलाई माया गर्नुहुन्छ ? कुकुरको भावना बुझ्नुहुन्छ ? कुकुरको बारेमा जानकारी राख्नुहुन्छ ? त्यसो हो भने तपाईंका लागि एउटा अवसर छ- कुकुर तिहारको बारेमा राम्रो रील बनाउने । तपाईंले बनाएको रील सर्वोत्कृष्ट ठहरिएमा एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सक्नुहुनेछ । यसरी कुकुरको सर्वोत्कृष्ट रीललाई सरकारले पुरस्कृत गर्न लागेको हो । किनकि सरकारले पहिलो… ...

अनलाइन खबर
उमेर हदविरुद्ध बागमती सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारी धर्नामा
OthersJust now

उमेर हदविरुद्ध बागमती सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारी धर्नामा

१७ कात्तिक, सर्लाही । सर्लाही र रौतहटमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको बागमती सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारीले उमेर हद खारेजीको माग गर्दै हिजो सोमबारदेखि धर्ना सुरु गरेका छन् । २५–३० वर्षदेखि निरन्तर काम गर्दै आएका आफूहरूलाई ५८ वर्षे उमेर हद लगाएर सेवाबाट हटाउन खोजिएको भन्दै कर्मचारीले सर्लाहीको कर्मैयास्थित आयोजनाको कार्यालय गेटमा धर्ना सुरु गरेका हुन् ।… ...

अनलाइन खबर
रास्वपाले निर्देशन दिन्छ, सरकार गर्दैन वास्ता
OthersJust now

रास्वपाले निर्देशन दिन्छ, सरकार गर्दैन वास्ता

रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन शाह पार्टीले दिएका सुझाव, ध्यानाकर्षण र निर्देशनलाई पूर्ण बेवास्ता गर्दै आएका छन् । ...

अनलाइन खबर
देशमा विवेक र सिद्धान्तभन्दा आवेग र निरङ्कुशता बढ्यो : प्रचण्ड
OthersJust now

देशमा विवेक र सिद्धान्तभन्दा आवेग र निरङ्कुशता बढ्यो : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले देशमा विवेक, विचार र सिद्धान्तभन्दा आवेग, पूर्वाग्रह तथा निरङ्कुश प्रवृत्ति बढ्दै गएको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको एकता घोषणा कार्यक्रममा बोल्दै दाहालले जनतालाई चिमोट्ने, भुत्त्याउने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति हाबी भएको बताएका हुन् । ‘यतिबेला देशमा विवेक हराएको छ । राज्यमा विचार ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play