Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

देशमा विवेक र सिद्धान्तभन्दा आवेग र निरङ्कुशता बढ्यो : प्रचण्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
देशमा विवेक र सिद्धान्तभन्दा आवेग र निरङ्कुशता बढ्यो : प्रचण्ड
Photo / Coverage: पर्दाफास

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले देशमा विवेक, विचार र सिद्धान्तभन्दा आवेग, पूर्वाग्रह तथा निरङ्कुश प्रवृत्ति बढ्दै गएको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको एकता घोषणा कार्यक्रममा बोल्दै दाहालले जनतालाई चिमोट्ने, भुत्त्याउने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति हाबी भएको बताएका हुन् । ‘यतिबेला देशमा विवेक हराएको छ । राज्यमा विचार हराएको छ । आवेग, आग्रह, पूर्वाग्रह, निरङ्कुशता, अराजकता, जनतालाई चिमोट्ने, भुत्त्याउने, सबैलाई आतङ्कित पार्ने प्रवृत्ति हाबी छ,’ उनले भने, ‘हामी विवेक, विचार र सिद्धान्तका पक्षधर तथा जनताको देशभक्तिपूर्ण आन्दोलनका पक्षधर एकचोटि फेरि एकताको झण्डा उठाएर जानुपर्ने भएको छ ।’ उनले देशको अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै विवेक, विचार, सिद्धान्त र जनताको देशभक्तिपूर्ण आन्दोलनका पक्षधरहरू फेरि एकताबद्ध हुन जरुरी रहेको बताए । मुलुकलाई सही दिशामा अघि बढाउन नेपाली कम्युनिष्ट पार्टी तयार रहेको उनको भनाइ थियो । विभिन्न ठाउँमा पुग्दा आफूहरूमाथि आलोचना र विरोध हुने गरेको स्वीकार गर्दै दाहालले विगतका कमजोरीको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए । आफ्ना कमजोरीबारे खुलेर बोल्न र आत्मसमीक्षा गर्न डराउन नहुने उनले बताए । ‘हामी आफैँले कहाँ कमजोरी गर्‍यौँ भन्ने महसुस गरेका छौँ । तर हामी आफैँ यो कुरा भन्न र बोल्न डराइरहेका छौँ । यस्तो हुनु हुँदैन,’ उनले भने । दाहालले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच सहकार्य गर्ने विषयमा तीनबुँदे निर्णय भएको पनि जानकारी दिए । त्यसअघि माधवकुमार नेपालले मोहनविक्रम सिंहसँग सहकार्यको प्रस्ताव राखेको र मनमोहन अधिकारीसँग एकता हुँदा पैदा भएको उत्साहको उदाहरण दिएर सहकार्यको वातावरण बनाएको उनले बताए । माधवकुमार नेपालसँग भएका छलफलका आधारमा देशको जिम्मेवारी फेरि एकपटक आफूहरूले लिनुपर्ने अवस्था आएको दाहालको भनाइ थियो । उनले आसन्न स्थानीय तथा प्रदेश निर्वाचनलाई मध्यनजर गर्दै पार्टी संगठन सुदृढीकरणमा लाग्न पनि पार्टीपंक्तिलाई निर्देशन दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल : पोखराले लुम्बिनीलाई दियो ९८ रनको लक्ष्य
OthersJust now

एनपीएल : पोखराले लुम्बिनीलाई दियो ९८ रनको लक्ष्य

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको सामान्य लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रन बनायो । जसमा चमिका करूणारत्नेले २५,कप्तान कुशल भुर्तेलले १४ रन बनाए। लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३,तिलक भण्डारीले २ विकेट लिए। दुई खेल खेलेको लुम्बिनीले एकमा जित निकालेको ...

पर्दाफास
कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ
OthersJust now

कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ

१७ कात्तिक, धनगढी । कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका–३ फल्टेबिसौनाबाट भरुवा बन्दुक बनाउने सामग्रीसहित ६० वर्षीय लालबहादुर कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले कामीलाई घरमा अवैध हातहतियार बनाउने काम भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दै पक्राउ… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play