Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Others/प्रधानन्यायाधीशले बोलाए ‘फुलकोर्ट’ बैठक

प्रधानन्यायाधीशले बोलाए ‘फुलकोर्ट’ बैठक

10/30/2026, 8:04:29 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानन्यायाधीशले बोलाए ‘फुलकोर्ट’ बैठक

हिरासतमा रहेका विवादास्पद बिचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरू र नेपाल प्रहरीका उच्च अधिकारीहरूको नाम जोडिएका विषयहरू सार्वजनिक भएपछि न्यायपालिका र सुरक्षा निकायभित्र ठूलो हलचल पैदा भएको छ। यसै विषयमा उत्पन्न गम्भीर परिस्थितिबारे छलफल गर्न र अदालतको आगामी कदम तय गर्न प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आज बिहान ९ बजेका लागि सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) आह्वान गरेका छन्। प्रहरीको नियन्त्रणमा रहेका सापकोटाको मोबाइल लगायतका ग्याजेटहरूबाट विभिन्न उच्च पदस्थ व्यक्तिहरूसँग भएका ह्वाट्सएप संवाद तथा म्यासेजका विवरणहरू बाहिरिएपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीश हरि फुयाल र श्रीकान्त पौडेलले छुट्टाछुट्टै विज्ञप्तिमार्फत उक्त आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै आपत्ति जनाइसकेका छन्। यसै क्रममा न्यायाधीश हरि फुयालले भने आफूमाथि महाभियोगको त्रास देखाइएको तत्कालीन पृष्ठभूमिमा सापकोटासँग सम्पर्क भएको र उनले आफूलाई प्रधानमन्त्री बालेन शाहको विशेष प्रतिनिधि, अमेरिकी दूतावासको विश्वासपात्र तथा भारतका लागि अमेरिकी राजदूत सर्जिओ गोरको विशेष सद्भावप्राप्त व्यक्तिका रूपमा चिनाएको खुलासा गरेका छन्। न्यायाधीश फुयालका अनुसार सुरुमा सामान्य संरक्षणको आश्वासन दिएर सम्पर्कमा आएका सापकोटाले पछि भने विचाराधीन मुद्दाहरू, विशेष गरी नेपाली कांग्रेसको विवाद, रोहित गुप्ताको धरौटी मुद्दा, दीपक भट्टको बन्दीप्रत्यक्षीकरण र बीमा प्राधिकरणका पूर्वअध्यक्ष शरद ओझासँग सम्बन्धित मुद्दाहरूमा अदालतको आदेशलाई आफ्नो पक्षमा ढाल्न अस्वाभाविक चासो र दबाब दिन थालेका थिए। सापकोटाले अदालतबाट आफूले चाहेजस्तो फैसला नआएमा महाभियोग लगाउने वा मुलुकमा ठूलो राजनीतिक ‘कू’ हुने भन्दै न्यायाधीशहरूलाई धम्काउने र रुखो व्यवहार देखाउने गरेका थिए। सोझै र खुलमखुला रूपमा मुद्दाको सिफारिस गर्न थालेपछि न्यायाधीशहरूले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई बोलाएर उनको पृष्ठभूमि बुझ्न आग्रह गरेको भए पनि प्रहरी नेतृत्वले समेत उनी माथिल्लो पहुँचको व्यक्ति भएकाले जोगिएर बस्न सुझाव दिएको दाबी बाहिर आएको छ। उता, हिरासतमा रहेका सापकोटासँग नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीसहितका अधिकारीहरूको नाम समेत जोडिएर समाचारहरू आएपछि नेपाल प्रहरीले पनि कडा प्रतिक्रिया दिएको छ। प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले विज्ञप्ति जारी गर्दै प्रहरी संगठनलाई विवादमा तानेर सरकारविरुद्ध राजनीतिक खेल खेल्ने नियतले केही सीमित व्यक्तिहरूले भ्रामक र नियोजित प्रचारबाजी गरेको दाबी गरेका छन्। प्रहरी प्रधान कार्यालयमा बसेको पीसीसी बैठकपछि प्रहरीले सुरक्षा संगठनलाई कमजोर बनाउने प्रयास गर्नेहरूमाथि कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिँदै आम नागरिकलाई यस्ता अपुष्ट खबरको पछि नलाग्न अनुरोध गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

अमेरिकी डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ
OthersJust now

अमेरिकी डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ

१३ कात्तिक, काठमाडौं । अमेरिकी डलर देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेल बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा घर भएका २९ वर्षीय सुमन भन्ने मोहन बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–४ स्थित एकान्त ठाउँमा पीडितलाई बोलाई अमेरिकन डलर देखाई… ...

अनलाइन खबर
नक्कली सवारी दर्ता किताब बनाएर ठगी गरेको आरोपमा एक जना पक्राउ
OthersJust now

नक्कली सवारी दर्ता किताब बनाएर ठगी गरेको आरोपमा एक जना पक्राउ

१३ कात्तिक, काठमाडौं । नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–३ घर भएका ३१ वर्षीय भोजराज थापा मगर रहेका छन् । लिखत कीर्ते गरी सवारी दर्ता किताब तयार गरी चार पाङ्ग्रे सवारी साधन बिक्री… ...

अनलाइन खबर
सेयर बजारमा र्‍यान्समवेयर आक्रमणबारे नेप्सेको झारा टार्ने सुझाव
OthersJust now

सेयर बजारमा र्‍यान्समवेयर आक्रमणबारे नेप्सेको झारा टार्ने सुझाव

प्रतिवेदनमार्फत नेप्सेले दिएको सुझावले ठोस समाधान नदिने बोर्डका एक अधिकारीले बताए । ‘नेप्सेलाई एक साताको मात्रै समय भएकाले होला, उसले दिएको साइबर आक्रमणविरुद्ध सुधारसम्बन्धी सुझाव सतही मात्रै छन्’ ती अधिकारीले भने। ...

अनलाइन खबर
नेपालका थप ६ वटा हिमाललाई ८ हजार मिटरभन्दा अग्ला हिमालको मान्यता दिन प्रस्ताव
OthersJust now

नेपालका थप ६ वटा हिमाललाई ८ हजार मिटरभन्दा अग्ला हिमालको मान्यता दिन प्रस्ताव

काठमाडौंमा जारी दुई दिने अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए)को महासभाको उद्घाटन सत्रमा नेपालले विश्व पर्वतारोहण समुदायसमक्ष आफ्नो दाबी प्रस्तुत गरेको हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play