प्रदेश लेखा इकाइ प्रमुख पृथ्वीमान लिम्बुले गरे मेरापिक हिमालको आरोहण

काठमाडौं। प्रदेश लेखा इकाइ कार्यालय ओखलढुंगाका प्रमुख तथा तथा आठौँ तहका वरिष्ठ लेखा अधिकृत पृथ्वीमान लिम्बुले छ हजार ४७० मिटर अग्लो मेरापिक हिमालको सफल आरोहण गरेका छन्। करिब १० लाख रुपैयाँ व्यक्तिगत खर्च गरेर हिमालको चुचुरोमा पुगेका लिम्बुले आरोहणसँगै हिमाली पर्यटन क्षेत्रका पूर्वाधार सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। लिम्बुले सन् २०२६ अक्टोबर १८ आइतबार बिहान ७ बजेर १० मिनेटमा मेरापिकको चुचुरो चमेका हुन्। उनले बिहान ३ बजेर ५ मिनेटमा ५ हजार ८०० मिटर उचाइमा रहेको उच्च शिविरबाट आरोहण सुरु गरेका थिए। करिब चार घण्टाको कठिन यात्रापछि उनी चुचुरोमा पुग्न सफल भएका छन्। निजी खर्चमा मेरापिक आरोहण गर्ने नेपालकै पहिलो अधिकृत कर्मचारी भएको उनको दाबी छ। सरकारी सेवामा कार्यरत रहेकै अवस्थामा व्यक्तिगत लगानीमा हिमाल आरोहण गरेका लिम्बुको आरोहण व्यवस्थापन एटलस अल्पाइन एक्सपिडिसन प्रालिले गरेको थियो। आरोहणमा उनलाई पथप्रदर्शक सिङ्गी लामाले साथ दिएका थिए। यसअघि लिम्बुले यसै वर्ष चार हजार ५०० मिटर उचाइमा रहेको मार्डी आधार शिविर र पाँच हजार ३५४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरको यात्रा गरेका थिए। ती यात्राले आफ्नै देशका हिमाल आरोहण गर्ने सोच विकास गरेको उनले बताएका छन्। हिमाली यात्राले साहसिक अनुभवसँगै त्यहाँको सामाजिक, सांस्कृतिक, आर्थिक अवस्था र भौगोलिक बनोटलाई नजिकबाट बुझ्ने अवसर दिएको उनको भनाई छ। हिमाल चढ्न सहज छैन, पूर्वाधार सुधार्न सरकारलाई आग्रह: मेरापिक आरोहणका क्रममा देखिएका समस्याले हिमाली पर्यटनको पूर्वाधार सुधार गर्नुपर्ने आवश्यकता औँल्याएको लिम्बुले बताएका छन्। उनका अनुसार आधार शिविर र उच्च शिविरमा रहेका शौचालय अत्यधिक फोहोर भएकाले प्रयोग गर्न कठिन थियो। उचित व्यवस्थापन नहुँदा आरोहीहरू खुला क्षेत्रमा दिसापिसाब गर्न बाध्य हुने अवस्था रहेको उनको अनुभव छ। त्यस्तै, खोलामाथि बनाइएका साँघु जीर्ण हुँदा पर्यटक तथा आरोहीलाई आवतजावतमा समस्या हुने गरेको र दुर्घटनाको जोखिमसमेत बढेको उनले बताए। हिमाली क्षेत्रको वातावरण स्वच्छ राख्न, पर्यटकको यात्रा सुरक्षित बनाउन र आरोहणलाई सहज बनाउन शौचालयको उचित व्यवस्थापन, जीर्ण साँघुको मर्मत तथा पदमार्ग सुधारमा सरकारले प्राथमिकता दिनुपर्ने उनको सुझाव छ। यस्ता पूर्वाधारको विकासले हिमाली पर्यटन प्रवद्र्धन गर्नुका साथै स्थानीयस्तरमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने उनको विस्वास छ। सरकारी कर्मचारीलाई पनि हिमाल आरोहणमा अवसर दिनुपर्ने: लिम्बुले हिमाल आरोहणमा रुचि राख्ने सरकारी कर्मचारीलाई प्रदेश तथा सङ्घीय सरकारले आवश्यक सहयोग, अवसर र बजेट उपलब्ध गराउनुपर्ने बताएका छन्। उनका अनुसार हिमाल आरोहणलाई साहसिक गतिविधिमा मात्र सीमित नराखी कर्मचारीको ज्ञान, सीप, क्षमता र अनुभव अभिवृद्धि गर्ने अवसरका रूपमा पनि लिनुपर्छ। यस्ता गतिविधिबाट कर्मचारीले नयाँ भौगोलिक, सामाजिक तथा सांस्कृतिक परिवेशबारे प्रत्यक्ष अनुभव हासिल गर्न सक्ने र त्यसले संस्थागत कार्यक्षमता अभिवृद्धिमा समेत योगदान पु¥याउने उनकोभ भनाई छ। आफ्नै कमाइबाट करिब १० लाख रुपैयाँ खर्चेर मेरापिकको चुचुरोमा पुगेका लिम्बुले सरकारी जिम्मेवारीसँगै साहसिक यात्रालाई पनि अघि बढाउन सकिने सन्देश दिएका छन्। उनको आरोहणले हिमाल चढ्ने व्यक्तिगत साहससँगै हिमाली पर्यटनका समस्या पहिचान र सुधारका लागि समेत बहसको विषय अघि सारेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

साउदी अरबमा ड्रोनको भग्नावशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु
• साउदी अरबको अराम्को तेल केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। • हालका दिनमा यमनका हुथी विद्रोहीले साउदी अरबका विमानस्थल र ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पारेका छन्। • अमेरिकाले साउदी अरबमा रहेका गैरआवश्यक सरकारी कर्मचारी र उनीहरूको परिवारलाई देश छाड्न आदेश दिएको छ। ...

सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो
सुर्खेत । सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो । यससँगै जिल्लामा स्क्रब टाइफसबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा हालसम्म ८१७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । संक्रमितको […] ...

बढ्यो उत्तर–दक्षिण कोरिया तनाव, किम जोङ उनकी बहिनीले गरिन् यस्तो घोषणा
उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा सियोलविरोधी प्रचार प्रसारण पुनः सुरु गर्ने घोषणा गरेको छ। नेता किम जोङ उनकी बहिनी किम यो जोङले सीमामा सैनिक किल्ला निर्माण र बारुदी सुरुङ विस्फोटले तनाव बढिरहेका बेला यस्तो घोषणा गरेकी हुन्। किम यो जोङले बिहीबार जारी वक्तव्यमा केही दिनभित्रै सीमामा लाउडस्पिकर तयारी अवस्थामा राखिने र अक्टोबरभित्रै मनोवैज्ञा... ...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द
दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदान गरिँदै आएको स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द भएको छ। नेपाल सरकारका प्रणाली तथा सरकारी वेबसाइटहरूमा साइबर सुरक्षासम्बन्धी अपडेट भइरहेकाले सरकारी सर्भरहरूमा... ...


