Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सिमित हुनु अकल्पनीय हार हो : महासचिव पोखरेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सिमित हुनु अकल्पनीय हार हो : महासचिव पोखरेल
Photo / Coverage: हिमालय टाइम्स

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा पुनर्गठन गर्नुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विगतका राजनीतिक तथा शासकीय अनुभवको समीक्षा नगरी समाजवाद निर्माणको लक्ष्य हासिल गर्न नसकिने बताउनुभएको हो । उहाँले संविधानसभाबाट संविधान जारी भएपछि केपी शर्मा ओलीको नेतृत्वमा बनेको नौ महिने सरकारले नाकाबन्दीको सामना गर्नेदेखि नेपाली जनतामा आशा र विश्वास जगाउने काम गरेको दाबी गर्नुभयो । उक्त सरकारको कामले नेपालमा वामपन्थी जनमत विस्तार गर्न महत्वपूर्ण भुमिका खेलेको उहाँको भनाइ छ । तर अन्य सरकारहरूले केही महत्वपूर्ण काम गरे पनि जनमत विस्तार गर्न नसकेको उहाँले टिप्पणी गर्नुभयो । २०७४ सालमा गठन भएको शक्तिशाली सरकारले समेत वामपन्थी जनमत विस्तार गर्न नसकेको भन्दै त्यसको कारण पार्टीले गम्भीर रूपमा खोज्नुपर्ने बताउनु भयो । महासचिव पोखरेलले भदौ २३ र २४ गतेका घटनापछि एमालेको राजनीतिक जीवनमा ठूलो धक्का लागेको उल्लेख गर्नुभयो । पार्टी नेतृत्वमा रहेका बेला मुलुकमा भएका ती घटनाले पार्टीको भविष्यबारे गम्भीर प्रश्न खडा गरेको उहाँको भनाइ छ । उहाँकाअनुसार त्यसपछिको राजनीतिक अवस्थालाई पार्टीले प्रतिगमनतर्फ उन्मुख भएको रूपमा विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा भू-राजनीतिक षड्यन्त्रको सामना गर्ने योजना बनाएर पार्टी अघि बढेको उहाँले बताउनु भयो । फागुन २१ गते सम्पन्न निर्वाचनमा विगतमा पार्टीले गरेका राम्रा कामको आधारमा जनमत पुनः प्राप्त गर्न सकिने अपेक्षा गरिएको भएपनि परिणाम सोचेअनुसार आउन नसकेको उहाँले स्वीकार गर्नुभयो । प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सिमित हुनु अकल्पनीय हार भएको उहाँको टिप्पणी छ । उहाँले निर्वाचनको परिणामपछि पार्टीले समीक्षा प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । निर्वाचन परिचालन कमिटीले कार्यकर्ताबाट सुझाव सङ्कलन गरी समीक्षा प्रतिवेदन तयार गरेको र त्यसपछि सचिवालय बैठकबाट पार्टी पुनर्गठनसम्बन्धी कार्यदल गठन गरिएको उहाँले बताउनु भयो । महासचिव पोखरेलले भन्नुभयो, ‘भदौ २३ र २४ गतेका घटनापछि पार्टीले ठूलो राजनीतिक धक्का व्यहोर्नुप¥यो । फागुन २१ गतेको निर्वाचनमा अपेक्षाअनुसार परिणाम आउन सकेन र पार्टी प्रत्यक्षतर्फ नौ सिटमा सिमित भयो । यसले पार्टीको अवस्था र भविष्यबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता देखायो । यसैक्रममा निर्वाचन समीक्षा, कार्यकर्ता सुझाव र पार्टी पुनर्गठनका प्रयासमार्फत ४० बुँदे सङ्कल्प प्रश्ताव तयार गरियो । त्यसकै आधारमा केन्द्रिय कमिटीको तेस्रो बैठकले आगामी कार्यदिशाका रूपमा दुई कार्यभार र १५ कार्ययोजना अघि सारेको छ । अब विगतका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकतावद्ध बनाएर अघि बढ्न आवश्यक छ । यही आधारमा वर्तमान चुनौतीको सामना गर्दै समाजवाद निर्माणको लक्ष्य हासिल गर्न सकिन्छ ।’ उक्त कार्यदलले कार्यकर्ताबाट सुझाव सङ्कलन गरी सहमतिका आधारमा ४० बुँदे सङ्कल्प प्रश्ताव तयार गरेको तथा केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीका समस्याहरूको पहिचान गर्दै आगामी कार्यदिशाका रूपमा दुई कार्यभार र १५ वटा काम अघि सारेको उनले जानकारी दिनुभयो । पोखरेलले पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकतावद्ध बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनु भयो । पार्टीभित्र एकता कायम गरेर मात्रै वर्तमान चुनौतीको सामना गर्न सकिने उहाँको भनाइ छ । उनले विगतमा नेपालमा वामपन्थी शक्तिहरूले उल्लेख्य जनमत हासिल गरेको स्मरण गर्दै त्यसको आधार र उपलब्धिको समीक्षा गरेर आगामी राजनीतिक कार्यदिशा तय गर्नुपर्नेमा जोड दिनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा
Latest NewsJust now

गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले स्थापनाको १९औँ वर्ष प्रवेश गरेको अवसर पारेर बुधबारदेखि काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकका अध्यक्ष दिलीप प्रताप खाँणको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले शाखाको उद्घाटन गरेका ...

केन्द्रबिन्दु
विश्व पर्यटन बजारमा नेपालको पर्यटन प्रवर्द्धन
Latest NewsJust now

विश्व पर्यटन बजारमा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौँ, कात्तिक १८ गते । बेलायतको लन्डनमा आयोजित ‘वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) लन्डन २०२६’ मा नेपालले आफ्नो पर्यटन सम्भावना र विविध गन्तव्यको अन्तर्राष्ट्रिय प्रवर्द्धन गरेक... ...

गोरखापत्र
लाङटाङ र गोसाइँकुण्डमा पर्यटक बढे
Latest NewsJust now

लाङटाङ र गोसाइँकुण्डमा पर्यटक बढे

रसुवा।भोटेकोशी बाढीपछि लामो समय सुनसान जस्तै रहेको विश्वमै लोकप्रिय रहेको पर्यटकीय गन्तव्य लाङटाङ तथा धार्मिक क्षेत्र गोसाइँकुण्डमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ। गत भदौ १० गतेको बाढीका कारण करिब दुई महिना ठप्प जस्तै रहेका सडक तथा पदमार्गको सुधारसँगै यस क्षेत्रको पर्यटन विस्तारै लयमा फर्कन लागेको हो। लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार बाढीका कारण दुई महिनासम्म ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play