Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यकः मन्त्री मेहता

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यकः मन्त्री मेहता
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिजैविक प्रतिरोध (एएमआर)को बढ्दो जोखिम न्यूनीकरण तथा रोकथामका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि, खाद्य प्रणाली र वातावरण क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छन् । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ का अवसरमा भिडियो सन्देश जारी गर्दै उनले प्रतिजैविक प्रतिरोध मानव स्वास्थ्यको मात्र नभई बहुक्षेत्रीय साझा चुनौती भएको उल्लेख गरिन् । प्रतिजैविक औषधिले प्रभावकारी रूपमा काम नगर्दा सामान्य सङ्क्रमणको उपचारसमेत कठिन हुने र यसले मानव तथा पशु स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने उनले बताइन् । नेपालमा टाइफाइड, क्षयरोग, मलेरिया, श्वासप्रश्वाससम्बन्धी तथा अस्पतालजन्य सङ्क्रमण गराउने सूक्ष्मजीवमा प्रतिजैविक प्रतिरोध बढ्दै जानु चिन्ताजनक भएको मन्त्री मेहताले बताइन् । सरकारले प्रतिजैविक प्रतिरोध नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना तर्जुमा गर्नुका साथै विभिन्न नीति, कार्यक्रम र पहल अघि बढाएको उनले जानकारी दिइन् । मन्त्री मेहताले चिकित्सकको सल्लाहबिना आफूखुसी प्रतिजैविक औषधि सेवन नगर्न, स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार मात्र त्यस्ता औषधि प्रयोग गर्न तथा सङ्क्रमणबाट बच्न खोप, सरसफाइ र हातको स्वच्छतामा ध्यान दिन आग्रह गरिन् । हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म मनाइने विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह यस वर्ष ‘एक स्वास्थ्य, एक अभियान : प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत
Latest NewsJust now

मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

काठमाडौँ, मङ्सिर २ गते । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले फिलिपिन्सको मनिलामा आयोजित बालबालिकामाथि हुने हिंसा अन्त्यसम्बन्धी दोस... ...

गोरखापत्र
कार्गो रेल नियमित सञ्चालन र शुल्क घटाउन निजी क्षेत्रको माग
Latest NewsJust now

कार्गो रेल नियमित सञ्चालन र शुल्क घटाउन निजी क्षेत्रको माग

व्यवसायीले विराटनगरबाट कार्गो रेल नियमित सञ्चालनको माग गरेका छन्।  कोशी प्रदेशको राजधानी विराटनगरलाई मुलुककै प्रमुख ‘लजिस्टिक हब’ का रूपमा विकास गर्न कार्गो रेलको नियमित सञ्चालन तथा पारवहन शुल्क घटाउनुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ। पारवहन व्यवस्थापन तथा कार्गो रेल सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उद्योगी-व्यवसायीले कार्गो रेलको नियमित हुनुप... ...

नेपालखबर
नेपालको पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि लगानीका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने चीनको प्रतिवद्धता
Latest NewsJust now

नेपालको पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि लगानीका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने चीनको प्रतिवद्धता

काठमाडाैँ । चीनले नेपालको पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि सडक, जलविद्युत, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने प्रतिवद्धता जनाएको छ । बुधबार काठमाडौँ–तराई–मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ब्रेकथ्रु समारोहमा नेपालस्थित चिनियाँ दुतावासका मिनिस्टर काउन्सिलर झाओ पानले नेपालसँगको पूर्वाधार सहकार्यलाई थप गहिरो बनाउने बताएका हुन् । उनले चीन र नेपालबिचको सम्बन्ध असल छिमेकी तथा साझेदारका रूपमा स्थापित रहेको उल्लेख ...

टक्सार
नेपालको पूर्वाधार विकास र आर्थिक समृद्धिमा सहकार्य विस्तार गर्ने चीनको प्रतिबद्धता
Latest NewsJust now

नेपालको पूर्वाधार विकास र आर्थिक समृद्धिमा सहकार्य विस्तार गर्ने चीनको प्रतिबद्धता

काठमाडौँ । चीनले नेपालको पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि सडक, जलविद्युत्, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । बुधबार काठमाडौँ–तराई–मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ‘ब्रेकथ्रु’ समारोहमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play